×

NMB BANK
NIC ASIA

सुधारिँदै प्रादेशिक अस्पताल : विपन्नलाई आउजाउ खर्चसहित निःशुल्क उपचार

जेठ २१, २०७७

NTC
Premier Steels

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा बुधवारदेखि ओपीडी (बहिरंग विभाग) सेवा शुरू भएको छ ।

Muktinath Bank

कोरोना भाइरस (कोभिड–१९) त्रासका कारण मुलुकमा ‘लकडाउन’ शुरू भएसँगै बन्द भएको ओपीडी सेवा सामाजिक दूरी कायम गर्दै सञ्चालन थालेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लकडाउनमा अस्पतालमा आकस्मिक र प्रसुति सेवा मात्रै सञ्चालनमा थियो । बन्दाबन्दीमा सरकारी र निजी अस्पतालले ओपीडी सेवा बन्द गर्दा बिरामीले चरम समस्या भोग्दै आएका थिए ।


Advertisment
Nabil box
Kumari

ओपीडी सेवाका लागि प्रादेशिक अस्पतालले छुट्टै संरचना निर्माण गरेको छ । ओपीडी कक्षमा बिरामीको चाप हुने र भौतिक दूरी काम हुन नसक्ने भएपछि नयाँ संरचना तयार गरिएको छ । अस्पतालका पुराना संरचना हटाउन मिल्ने गरी संरचना बनाएको छ । अस्पतालको नयाँ भवनका लागि गुरुयोजना बनेको छ ।

Vianet communication

अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले ‘फिवर क्लिनिक’ सहित १० वटा बहिरंग सेवा कक्ष बनाएर एकसाथ उपचार सेवा थालिएको बताए । ज्वरोका बिरामीका लागि अलग्गै क्लिनिक बनाइएको छ । ज्वरो आएका व्यक्तिमा कोरोना भाइरसको जोखिम हुनसक्ने भन्दै त्यसका लागि अलग्गै इमर्जेन्सी विभागतर्फको छुट्टै ठाउँमा राखिएको छ । ‘फिवर क्लिनिक’मा आएका बिरामीको पीसीआर पनि जाँच हुनेछ । पीसीआरको रिपोर्ट आउने समयसम्म त्यहीँ राखिने छ । सो स्थानमा १०–१२ शय्याडको आइसोलेसन कक्ष सहितको संरचना तयार भइरहेको छ । संक्रमण देखिएकालाई धागो कारखानाको आइसोलेसनमा पठाइनेछ ।

पीसीआर मशिन खरिदका लागि अस्पतालले टेन्डर प्रक्रिया समेत अगाडि बढाइएको अध्यक्ष भट्टराईले बताए । अस्पतालले कोरोना परीक्षण समेत आफैं गर्ने तयारी थालेको छ । अस्पतालमा अहिले भएको कामले केही आशा जगाएको छ ।

अस्पतालको मुख्य गेटको उत्तरतर्फ ‘ट्रस्ट’ निर्माण गरेर भीडभाड कम गर्दै सेवा शुरू हुनेछ । सामान्य अवस्थामा अस्पतालबाट दैनिक १ हजार जनाले सेवा लिने गर्छन् । अध्यक्ष भट्टराई भन्छन्, ‘लकडाउनकै समयमा ओपीडी चलाउन २ महिना काम गरेर संरचना पुनर्निमाण गरियो । यसका लागि अस्पताल विकास समितिबाट झण्डै ५० लाख रुपैयाँ खर्च गरिएको छ । निर्माण पूरा गरी सेवाको तयारी थालेका छौं । ‘सोसल डिस्टेन्स’ सहित बुधवारदेखि सेवा दिँदैछौं ।’

कोरोना बाहेकका रोगका बिरामीले सहज उपचार पाउनुपर्छ भनेर ओपीडी सेवा अगाडि बढाइएको अध्यक्ष भट्टराईले बताए । ‘कोरोना महामारीको सामना गर्दै सबै सेवा सञ्चालन गर्ने योजना प्रादेशिक अस्पतालले बनाएको छ,’ उनले भने ।

पुरानो पाकिङलाई बिरामी पालो पर्खिने ठाउँ बनाइएको छ । बिरामीलाई भौतिक दूरी कायम हुने गरी बस्ने व्यवस्था मिलाइएको छ । ओपीडीका चिकित्सक समेत एउटा/एउटा क्याभिनमा बस्नेछन् । सबै क्याभिनमा शौचालयको व्यवस्था गरिएको छ । अस्पतालमा पार्किङ गेट बाहिर राखिएको छ ।

गेटबाट भित्र छिर्दा बिरामी वा बिरामीका आफन्तले अनिवार्य मास्क लगाउन सुरक्षा गार्डले निर्देशन गर्छन् । गेटबाट प्रवेश गरेलगत्तै स्यानिटाइनजर प्रयोग गरेर हात सफा गर्ने व्यवस्था मिलाइएको छ । अस्पताल परिसरभर १५ स्थानमा साबुन पानीले हातधुने व्यवस्था मिलाइएको छ । ८ वटा नयाँ शौचालय पनि थपिएका छन् । ओपीडीमा आउने बिरामीलाई शौचालय नहुँदा इमर्जेन्सी विभागमा जानुपर्ने अवस्था थियो ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डन डा. राजेन्द्र खनालले लकडाउनको समयलाई सदुपयोग गरी अहिलेको अवस्थामा आएको बताए । डा. खनालले छुट्टै ओपीडी कक्ष तयार भइरहेकाले सहज रुपमा सुरक्षित उपचार सेवा प्रदान गर्न सकिने बताए । ‘कोरोनाका सम्भावित बिरामीको स्वाब संकलन, एक्सरेसहित आईसीयू शय्या समेत त्यहीँ व्यवस्थापन हुनेछन् । कोरोना जोखिम क्षेत्रका गर्भवतिलाई निजी अस्पतालले सेवा नदिएपछि प्रादेशिक अस्पतालले सेवा दिएको छ । विपन्न र गरीब व्यक्ति अस्पताल आएर उपचारपछि आउँदा–जाँदा लागेको गाडी भाडा समेत दिने गरी अगाडि बढेका छौं,’ अध्यक्ष भट्टराईले भने । 

भौतिक पूर्वाधारको काम समेत अस्पतालले गर्दै आएको छ । अस्पतालको उत्तरतर्फको जग्गा खाली गराइएको छ । एउटा पेट्रोल पम्प र रक्तसञ्चार केन्द्र बाहेकका संरचना हटाइएको छ । बाँकी संरचना समेत छिट्टै हटाइने तयारी छ । तत्कालका लागि सो स्थानमा पार्किङ व्यवस्थापन गरिने छ । सो स्थानमा २० तलाको व्यापारिक भवन बनाउने दीर्घकालीन योजना रहेको छ ।

अस्पतालले आईसीयू र भेन्टिलेटर सहितको एम्बुलेन्स समेत खरिद प्रक्रिया अगाडि बढाएको छ । रक्तसञ्चार केन्द्रलाई अस्पताल परिसरमा व्यवस्थित गर्नेदेखि बिरामी र तिनका कुरुवालाई स्वस्थ र गुणस्तरीय खानाको प्रबन्ध मिलाउने गरी चमेना गृह बनाइँदैछ । 

गत माघमा प्रदेश सरकारले भट्टराईलाई अध्यक्ष र खनाललाई मेसुमा नियुक्त गरेको थियो । २ जनाको सहकार्य र अस्पतालको विकासमा देखिएको खटाइबाट सेवाग्राहीले सहज सेवा पाउने अपेक्षा गरिएको छ । १०९ वर्ष पुरानो अस्पताल लामो समयदेखि राजनीतिको चेपुवामा परेर विकास हुन नसक्दा सर्वसाधारण जनताले सर्वसुलभ सेवा पाउन सकेका छैनन् । अस्पतालमा चिकित्सक, प्राविधिक र कर्मचारीसहित ५७० जना कार्यरत छन् । 

प्रदेश सरकार मातहतमा रहेका अस्पतालको १० तले भवन निर्माण हुने र त्यसमा सबै सेवा उपलब्ध गराउने गुरुयोजनामा उल्लेख छ । गुरुयोजनाको लागत ६ अर्बको छ । भवनको माथि हेलिप्याड समेत रहनेछ । हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट समेत बन्नेछ । 

गुरुयोजनाअनुसार अस्पतालको संरचनाका लागि ६ अर्बको लागत अनुमान गरिएको छ । जसमा १ हजार २०० शैया हुनेछन् । अस्पतालको अगाडिपट्टि रहेका व्यावसायिक सटर डोजर लगाएर भत्काइएको छ । सटर रहेको ठाउँमा पर्खाल निर्माण गरी बगैंचा बनाइने छ । अस्पतालमा साविक पश्चिमाञ्चल क्षेत्रका १६ जिल्लादेखि भारतबाट पनि बिरामी उपचारका लागि आउने गर्छन् ।

(यो रिपोर्ट फ्रीडम फोरमको सहकार्यमा तयार पारिएको हो ।)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x