×

NMB BANK
NIC ASIA

उत्तर कोरियाले थर्काएपछि दक्षिण कोरियाले सीमामा विरोधका गतिविधि रोक्ने

जेठ २२, २०७७

NTC
Premier Steels

दक्षिण कोरियाले उत्तरसँगको सीमामा प्योङयाङविरोधी पर्चाहरू उडाउनबाट अभियन्ताहरूलाई रोक्नका लागि नयाँ कानून तर्जुमा गर्ने बिहीवार बताएको छ । सीमाक्षेत्रमा भइरहेका विरोध रोक्न सौल विफल भएमा सन् २०१८ मा गरिएको अन्तर्कोरियाली सैन्य सम्झौतालाई अन्त्य गर्ने धम्की उत्तरले दिएपछि दक्षिणले यस्तो कदम चालेको हो । 

Muktinath Bank

दक्षिण कोरियाले सुस्त बन्दै गएको कूटनीतिलाई जीवितै राख्ने गरेको प्रयासले त्यहाँ अभिव्यक्ति स्वतन्त्रताको विषयमा बहस जन्माउने निश्चित देखिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दक्षिण कोरियाबाट सीमापारि बलूनमा प्योङयाङविरोधी कुरा राखेर फाल्ने कार्यक्रम अभियन्ताहरूले लामो समयदेखि गर्दै आएका छन् । तर उत्तर कोरियाले यसलाई आफ्नो सरकारमाथिको आक्रमणका रूपमा लिने गरेको छ ।्


Advertisment
Nabil box
Kumari

उत्तर कोरियाबाट भागेर आएका मानिस तथा अन्य अभियन्ताले हालैका हप्ताहरूमा उत्तरका नेता किम जोङको आणविक महत्त्वाकांक्षा र मानवअधिकारको खराब रेकर्डका विषयमा आलोचना गर्दै लेखेका पर्चाहरू बलूनमा राखेर उडाएका थिए । 

Vianet communication

किमकी बहिनी यो जोङले बलून उडाउनेहरूलाई आफ्नो देश छोडेर दक्षिणतिर भागेका तल्लो स्तरका मानिस र भुस्याहा कुकुर नाम दिएर आलोचना गरेको बयान त्यहाँको सरकारी सञ्चारमाध्यमले प्रसारण गरेको छ । ती भगुवाहरूलाई पाल्ने पनि जवाफदेही हुने भन्दै उनले सौलमा रहेको सरकारको पनि आलोचना गरिन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x