×

NMB BANK
NIC ASIA

मृतकको अन्त्यष्टिपछि कोरोना पुष्टि, टोल नै सील गरेर मलामीको खोजी

जेठ २४, २०७७

NTC
सेती प्रादेशिक अस्पताल।
Premier Steels

कैलालीमा मृतकको अन्त्यष्टिपछि कोरोना संक्रमण भएको पुष्टि भएपछि मलामी तथा अत्येष्टीमा सहभागीको खोजी थालिएकाे छ।    

Muktinath Bank

सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा शुक्रबार ज्यान गुमाएकी धनगढी उपमहानगरपालिका ४ की ५५ वर्षीया महिलाको शनिबार बिहान अन्त्यष्टि गरिएको थियाे। तर अन्त्यष्टिपछि मृतकको रिपोर्ट कोरोना पोजिटिभ देखिएपछि परिवार तथा स्थानीयमा त्रास फैलनुको साथै सहभागीहरुको कन्ट्क्याक्ट ट्रेसिङको लागि खोजी भैरहेको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले अन्त्यष्टि अघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा कोरोना पुष्टि भएकोे जानकारी दिए।


Advertisment
Nabil box
Kumari

धनगढी उपमहानगरपालिका ४ का वडा अध्यक्ष दीपककुमार थापा क्षेत्रीले मृतकको अन्त्यष्टि शनिबार बिहान गरिएको बताए। वडा अध्यक्ष क्षेत्रीका अनुसार वडा नम्बर ४ महिमा टोलकी मृतकको अन्येष्टीमा करिब ४५ जनाको सहभागिता थियो।

Vianet communication

स्वास्थ्य कार्यालय कैलालीले अहिले ट्रेसिङमा जुटेको छ। कन्ट्क्याक्ट ट्रेसिङका लागि अन्त्यष्टिमा सहभागी सबैलाई खोज्न थालिएकाे हो।

कोरोनाको रिपोर्ट नआउँदै परिवारका सदस्यलाई शव दिएर अन्त्यष्टि भएपछि अहिले मृतकको घर भएको महिमा टोलमा त्रास फैलिएको छ। क्षेत्रीले भने, ‘अस्पतालले रिपोर्ट आउनुअघि मृतकको शव आफन्तलाई दिएर ठूलो कमजोरी गरेको छ। जुन कमजोरीका कारणले आफन्त र टोलमै त्रास फैलिएको छ ।’

लामोसमयदेखि मृगौलासम्बन्धी रोगबाटपीडित उनी पहिलो पटक डायलासिस गराउनका लागि सेती अस्पताल पुगेका थिइन्। डायलासिस अघि उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो।

मृतकमा कोरोना पुष्टि भएपछि डायलासिस वार्ड सिल गरिएको छ। त्यस्तै महिमा टोल पनि सिल गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले टोललाई सिल गर्ने प्रक्रियामा रहेको र मलामीमा सहभागी भएका सबैलाई होम क्वारेन्टाइनमा बसाउने पहल भैरहेको जानकारी दिए।

यसँगै सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ। यसअघि जेठ १८ गते सुदूरपश्चिममा पहिलो पटक कोरोना भाइरसबाट बाजुराकी २ वर्षीय बालिकाको मृत्यु भएको थियो।

भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकी बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर १ की २ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भएको थियो। मृतककी आमामा समेत कोरोना संक्रमण पुष्टि भएको थियो। उनको बाजुरा अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x