कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
अछाम जिल्लाको बयालपाटा अस्पतालले जागिरबाट निकालेपछि १ जना कर्मचारीले आत्मदाहको प्रयास गरेका छन् ।
अस्पतालको सरसफाइको काममा कार्यरत साँफेबगर नगरपालिका–६ का २७ वर्षीय सिद्धार्थ आउजीले सोमवार बिहान अस्पताल परिसरमा आत्मदाहको प्रयास गरेका हुन् ।
उनले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी नन्दकिशोर यादवले जानकारी दिए ।
संकटको बेला आफूहरूलाई कामबाट नहटाउन माग गरेका उनलाई अस्पतालले पदबाट हटाएको पत्र थमाएपछि आत्मदाहको प्रयोग गरिएको बताइएको छ ।
अस्पतालले आर्थिक संकट परेको भन्दै आउजीसहित ३३ जना कर्मचारीलाई हटाइएको बताइएको छ । २ महिनाअघि नै अस्पतालले हटाएको चिठी दिएपछि उनी तनावमा रहेका अर्का कर्मचारी विशाल पण्डितले बताए ।
‘म अस्पतालमा चौकीदारको काम गर्थे । सिद्धार्थ ट्वाइलेट सफा गर्थे । पुरानो नियुक्ति सकिन २ महिना बाँकी रहेको थियो । हामी काम गर्न अस्पताल गयौं,’ उनले भने, ‘तिमीहरूलाई हटाइसकेको हो । फेरि किन अस्पताल आयौ भन्दै हाकिमले थर्काए । प्रहरी लगाएर बाहिर निकाले ।’
सूचना अधिकारी यादवले आफ्नो शरीरमा आगो लगाएका आउजीलाई आउन सक्ने जटिलतालाई मध्यनजर गर्दै थप उपचारको लागि हेलिकप्टरमार्फत नेपालगञ्ज पठाइएको बताए । घटनाबारे अनुसन्धान समेत गरिने प्रशासनले जनाएको छ ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...