कात्तिक २९, २०८०
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
कश्मीरमा बुधवार बिहान सुरक्षाकर्मी र आतंकवादीहरूका बीच भएको भिडन्तमा तीन वर्षीय एक बालक आफ्ना मृत हजुरबुवाको शवमाथि बसेको कारुणिक तस्वीर सार्वजनिक भएको छ ।
भिडन्त भइरहँदा बीचमा फसेर ती ६० वर्षीय हजुरबुवाको मृत्यु भएको हो ।
सोपोरमा आतंकवादीहरूले गोली चलाएपछि सुरक्षाकर्मीहरूले जवाफी फायरिङ गरे । त्यतिखेरै हजुरबुवा र नाति त्यही बाटो भएर गइरहेका थिए । हजुरबुवालाई दुई गोली लाग्यो र उनी घटनास्थलमै मारिए । रनभुल्ल परेका नाति रक्तरञ्जित हजुरबुवाको शरीरमाथि बसेर रोइरहेका देखिन्थे ।
घटनास्थलमा प्रहरी पुग्यो अनि बालकलाई सुरक्षित स्थानमा लग्यो । बालक आफ्ना हजुरबुवाको शरीरमाथि बसेर ग्वाँग्वाँ रोए । एक प्रहरी अधिकृतले उनलाई बोके अनि भिडन्त भएको स्थानबाट अन्तै लगे ।
तस्वीरमा बालकले सडकमा लडेका हजुरबुवालाई उठाउन खोजेको कारुणिक दृश्य देखिन्छ । अर्को तस्वीरमा एकजना सैनिकले एउटा संरचनापछाडि लुकेर बालकलाई सुरक्षित स्थानतिर आउन भनेको र बालक हजुरबुवाको शव छोडेर हिँडेको देखिन्छ ।
उक्त भिडन्तमा ती सर्वसाधारण सहित सीआरपीएफका एक अधिकृतको मृत्यु भएको छ भने एक जवान घाइते भएका छन् । घटना बारामुल्ला जिल्लाको सोपोर शहरमा भएको हो ।
#WATCH सोपोर में आतंकवादी हमले के दौरान बचाए गए 3 साल के बच्चे को जम्मू-कश्मीर पुलिस बच्चे की मां के पास लेकर जाते हुए, इस दौरान वो रोते हुए बच्चे को चुप कराने की कोशिश कर रहे हैं। बच्चा हमले के दौरान अपने मृत रिश्तेदार के पास बैठा हुआ था। pic.twitter.com/MI1xTZGuMs
— ANI_HindiNews (@AHindinews) July 1, 2020
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...