×

NMB BANK
NIC ASIA

सार्वजनिक सवारी साधन तत्काल सञ्चालन हुँदैनन्

असार २२, २०७७

NTC
Premier Steels

सरकारले व्यवसायी र मजदुरहरूको माग सम्बोधन गरे तत्कालै आफूहरूले सार्वजनिक यातायात सञचालन गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताएका छन् ।
यो अवस्थामा यातायात सञ्चालन गर्नसक्ने अवस्था नरहेका कारण यातायात व्यवसायीहरूले यथास्थितिमा सार्वजनिक यातायातका साधन चलाउन नसक्ने कर्माचार्यले  बताए ।

Muktinath Bank

सरकारसँग वैशाखदेखि नै आफूहरूकै बैङ्कको किस्ता र मजदुरहरूलाई बाँच्नसक्ने अवस्था सिर्जना गराउन माग गरिरहे पनि सरकारी संयन्त्रबाट आफूहरूलाई जवाफ नै नआएको कर्माचार्यले दाबी गरे।
‘व्यवसायीले अहिलेको अवस्थामा चालकलाई पिपिइ, यात्रुहरूलाई मास्क, सवारी साधनहरूको डिस्इन्फेक्सन गर्न सक्दैनौँ, त्यसको व्यवस्थापन सरकारले गर्नुपर्छ’ अध्यक्ष कर्माचार्यले भने।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले मासिक किस्ता तिर्न सक्ने अवस्था, मजदुरलाई पाल्नसक्ने अवस्था र दैनिक खर्चको व्यवस्थापनको ग्यारेन्टी सरकारले गरे मात्रै तत्कालै सार्वजनिक यातायात सञ्चालन गर्न सकिने उनले स्पष्ट पारे।
बसपार्कमा सवारी साधनहरूको दैनिक रुपमा निर्मलीकरण गर्नको लागि व्यवस्था, राजधानी भित्रने चार नाकामा समेत सुरक्षाको उपाय अपनाउन सक्ने व्यवस्था गरे मात्रै सार्वजनिक यातायात सञ्चालन हुन सक्ने भएकाले सरकारको जवाफ व्यवसायीहरूले कुरेर बसेको अध्यक्ष कर्माचार्यले भने।
लामो, मध्यम तथा छोटा दूरीका सवारी साधन चलाउँदा अपनाउनुपर्ने सावधानीको मापदण्ड बनाएर अघि बढ्न तयार रहेको बताउँदै अध्यक्ष कर्माचार्यले व्यवसायी यस्तो समयमा भाडा बढाउने पक्षमा नरहेको स्पष्ट पारे।


Advertisment
Nabil box
Kumari

‘सरकारले साहुको चिन्ता लिनु परेन, तर मजदुर दैनिक खर्चको व्यवस्थापन गर्न पहल गरिदिनु पर्याे भनेका हौँ ’ अध्यक्ष कर्माचार्यले भने। सरकारले हाम्रो पक्षमा केही सहयोग गरिदिनुपर्यो भनेर अनुरोध गरेका छौँ ।
‘यो अवस्थामा गाडी सञ्चालन हुनु र रोकिनुमा केही फरक नपर्ने भएकाले यही अवस्थामा गाडी गुड्न सक्दैन भनेर सरकारलाई आफ्नो कुरा राखेका छौँ’ अध्यक्ष कर्माचार्यले भने,‘ सरकारले केही गर्ला भन्ने आशा छ ।’

Vianet communication

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल यो विषम परिस्थितिमा सरकारको क्याबिनेटले निर्णय गरेपछि मात्रै यातायात सञ्चालन हुन सक्ने बताउँछन् । कोभिड–१९ को महामारीमा कोरोना नियन्त्रण उच्चस्तरिय समिति र क्याबिनेटले निर्णय गरेपछि मात्रै यातायात सञ्चालन हुन सक्ने र त्यो निर्णय भएपछि मात्रै आफूहरूले कसरी सार्वजनिक यातायात सञ्चालन गर्ने भनेर भन्न सक्ने बताए । सरकारले यातायात सञ्चालन गर्न सकिन्छ भनेर निर्देशन दिएमा आफूहरूले समेत कसरी चलाउन सकिन्छ भनेर तयारी थाल्ने उनले स्पष्ट पारे।

स्वास्थ्य मन्त्रालयले अब सार्वजनिक यातायात चलाउँदा हुन्छ भनेर भनेपछि मात्रै सार्वजनिक यातायात सञ्चालन गर्न सकिने र त्यसको बारेमा तयारी गरिने हमालले बताए । तर आफूहरूले त्यसको तयारी थाले पनि सरकारको निर्णय तथा स्वास्थ्य मन्त्रालयले दिने जोखिमको मूल्याङ्कनको आधारमा सार्वजनिक यातायातका साधन कसरी चलाउने भन्ने थाहा पाउने बताए । सरकारले निर्णय गरेपछि सुरक्षा, भाडा दरका विषयमा छलफल गरिने उनले बताए। केशवराज पौडेलले गोरखापत्र दैनिकमा खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x