×

NMB BANK
NIC ASIA

सङ्कटको घडीमा नै मानवताको परीक्षण हुन्छ- प्रधानमन्त्री ओली

असार २४, २०७७

NTC
फाइल फोटो।
Premier Steels

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को प्रभाव कम गर्न असुरक्षित वर्गका साथै आप्रवासी कामदार र अनौपचारिक क्षेत्रका मजदुरको सुरक्षा महत्वपूर्ण भएको बताएका छन्।

Muktinath Bank

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)द्वारा बुधबार आयोजित ‘कोभिड–१९ र श्रमको संसार : उन्नत श्रमको निर्माण’ विश्व सम्मेलनलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्दै उनले पर्याप्त सामाजिक सुरक्षा र स्वास्थ्य सेवाको प्रावधान पनि उनीहरुको सुरक्षाका निम्ति उत्तिकै महत्वपूर्ण हुने बताएका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा लगानी र व्यापारमा भएको गिरावट तथा यात्रा उद्योगमा उत्पन्न व्यवधानले विश्व अर्थतन्त्रलाई ठूलो आघात पुगेको बताउँदै त्यसबाट दशौँ लाख श्रमिक र उद्योग प्रभावित भएको यथार्थ प्रस्तुत गरे। 'कोभिड-१९ को प्रभाव कम आय भएका र अल्पविकसित राष्ट्रमा अधिक परेको छ,' उनले भने।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री ओलीले मानव केन्द्रित सम्मानजनक श्रमप्रति ऐक्यबद्धता जाहेर गर्दै राष्ट्रसङ्घ र आईएलओजस्ता त्यसका विशिष्टिकृत निकायहरुले विश्वव्यापी महामारीलाई मुख्य मुद्दा मानेर विश्वव्यापी रुपमा नै सुदृढ प्रतिकार्य अघि बढाउन अपरिहार्य भएको बताए।

Vianet communication

रोजगारी र आम्दानीको सुरक्षाबिना नै महामारीबीच निराश भएर श्रमिकहरु घर फर्किएका बताउँदै उनले विश्व स्वास्थ्य सङ्गठनका मान्यताको पालना गरेको भए त्यस्तो परिस्थिति उत्पन्न हुँदैनथ्यो भने।  'सङ्कटको घडीमा नै मानवताको परीक्षण हुन्छ, अति कठिन क्षणमा हाम्रो विवेकले नै न्याय र निष्पक्षतालाई मार्ग निर्देश गर्छ,' उनले भने।

प्रधानमन्त्रीले ओलीले अन्तर्राष्ट्रिय ऐक्यबद्धताले रोजगारीको क्षयलाई बचाउने, आप्रवासी कामदारको फिर्ती र दिगो विकासका लक्ष्य हासिलका दिशामा भएका प्रगतिलाई पछाडि धकेलिदिँदा गरिबी बढ्ने बताए। 

उनले कोभिड–१९ को महामारीको प्रभावको रोकथाम तथा औपचारिक एवं अनौपचारिक क्षेत्रका श्रमिकहरुको सुरक्षाका निम्ति नेपाल सरकारले अपनाएका तत्कालिन र मध्यकालीन उपायका साथै दिगो रोजगारीका अवसर सृजनाबारे पनि जानकारी दिए।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x