×

NMB BANK
NIC ASIA

जेठ पाँच गते कर्णालीमा पहिलो कोरोना संक्रमण भेटियो । उक्त संक्रमण भारतबाट आएका दैलेखको आठबीस नगरपालिका वडा नं. एक का एक युवामा देखिएको थियो ।

Muktinath Bank

कर्णालीमा कोरोना संक्रमण त्यसअघि देखिएको थिएन । चैत ११ गते भन्दा पहिले नेपालमा कोरोना संक्रमण देखिए तापनि कर्णालीमा कोरोना संक्रमण नदेखिनु कर्णाली सरकारले सफलताको रुपमा लिइरहेका समयमा एक्कासी भारतबाट आउने नागरिकहरुको संख्या एक्कासी बढ्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतबाट आएका नागरिकहरुको संख्या धेरै हुँदा पालिकाले निर्माण गरेका क्वारेन्टाईन अभाव भए । हुलका हुल नागरिकलाई विद्यालयको कोठामा राख्नुपर्ने बाध्यता आयो । दैलेखलगायतका जिल्लामा कोरोना संक्रमितहरु आन्दोलन नै गर्न बाध्य भए भने कतिपय स्थानबाट संक्रमित भागे । कतिपय स्थानमा क्वारेन्टीनमै बसेकाहरु आपसमा लडाई गर्न थाले । 


Advertisment
Nabil box
Kumari

तर अहिले कर्णालीमा कोरोना संक्रमितको संख्या विस्तारै आरोलो लाग्दैछ भने कोरोना संक्रमित भएकाहरुमा ८० प्रतिशत भन्दा बढि नागरिक घर फर्किसकेका छन् ।

Vianet communication

देशभरिमै सबैभन्दा बढि संक्रमित डिस्चार्ज हुनेमा कर्णाली पहिलो बनिरहेको छ । कर्णालीमा विहीबार दिउँसोसम्म जम्मा १५६१ जनामा कोरोना देखिएको छ भने ती मध्ये १३२१ जना घर फर्किसकेका छन् । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार असार २५ गतेसम्म कर्णालीमा मृत्यू भएका ६ जनामा कोरोना पुष्टि भएको छ । 

कर्णालीको कोरोना हबको जिल्लाको रुपमा दैलेख देखियो । ७८७ जना दैलेखमा कोरोना संक्रमित पुष्टि भयो भने दोस्रोमा सुर्खेत देखियो । सुर्खेतमा ४०२ जनामा कोरोना देखिदा सल्यानमा दुइ सय जनामा कोरोना देखिएको शाखाले जनाएको छ । कालिकोटमा ५०, रुकुममा १४, जुम्लामा ३२, मुगुमा पाँच, हुम्लामा २, जाजरकोटमा १७ जना र डोल्पामा तीन जनामा कोरोना पुष्टि भयो । अन्य प्रदेशका ४९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा जम्मा १४०७ जना पुरुषमा तथा १५४ जना महिलामा कोरोना पुष्टि भयो । यसरी हेर्दा आजको मितिसम्म कर्णालीमा २३४ वटा मात्र एक्टिभ केसहरु रहेका छन् ।

कर्णालीमा चार वटा स्थानमा पिसिआर जडान भएको छ भने तीन वटा स्थानबाट कोरोना पुष्टि भएको प्रमाणित हुँदै आएको छ । जिल्ला अस्पताल दैलेख, प्रदेश अस्पताल कालागाउँ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट नियमित रुपमा कोरोना परिक्षण भइरहेको छ भने रुकुम पश्चिमबाट पनि परिक्षण भइरहेको महाशाखाले जनायो ।

महाशाखा प्रमुख डा. तिवारीका अनुसार आगामी दिनमा भारतबाट नागरिक आउन रोकिएको खण्डमा कर्णाली कोरोनाको खतराबाट मुक्त भन्न सकिने बताए ।

‘अहिले १८ सय जना जति क्वारेन्टाईनमा बसिरहनु भएको छ । ती मध्ये धेरैको जाँच पनि भइसकेको छ । कोही १४ दिन पुग्दैछन् । १४ दिन पुगेकाहरुको स्वाव जाँच भइरहेको छ,’ उनले भने, ‘क्वारेन्टीन बेडहरु अधिकांश खाली भइसकेका छन् । आइसोलेसन सेन्टरपनि खाली भइरहेका छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x