कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
सिन्धुपाल्चोक जिल्ला प्राकृतिक विपत्ति र दुर्घटनाको केन्द्रबिन्दु नै बनेको छ ।
जुरे पहिरो, भोटेकोशी बाढी, भूकम्पबाट क्षति, हवाई दुर्घटना र सडक दुर्घटना सिन्धुपाल्चोकको चिनारी नै बनेका छन् ।
२०७१ सालपछि सिन्धुपाल्चोक जिल्लाले धेरै ठूला प्राकृतिक प्रकोप र दुर्घटनाको सामना गरिरहनुपरेको छ ।
भूकम्प, बाढी, पहिरोजस्ता दुर्घटना मात्रै होइन पछिल्लो समय विश्वव्यापी महामरीको रूपमा फैलिएको कोभिड– १९ को संक्रमणबाट ज्यान गुमाउने पहिलो नेपाली (नेपालभित्रै मृत्यु भएको हकमा) पनि सिन्धुपाल्चोककै थिइन् ।
हिजो रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबीसेस्थित जम्बुलगायतका ठाउँका दुई दर्जनभन्दा बढी घर बगाएको छ । २० जना बेपत्ता भएका छन् भने दुई जनाको शव फेला परेको छ ।
बाढीले अरनिको राजमार्गअन्तर्गतको खुर्सानीबारी, खागदलस्थित पक्की पुल, जुरे लगायतका ठाउँको सडक पूर्णरूपमा कटान गरेको छ । खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरूपमा बन्द भएको छ ।
त्यस्तै ठाडो खागदल खोलाले ग्यारेजसहित एउटा स्कारपियो गाडी, पानी बोक्ने ट्याङ्कर र सडक विभागको पानि बोक्ने ट्रक र बस बगाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
माथि उल्लेख गरिएको घटना अहिलेको ताजा अवस्थाको घटना हो । यी यस्तै धेरै प्राकृतिक विपत्तिका घटना तथा ठूल्ठूला दुर्घटना सिन्धुपाल्चोकले वर्षौं अघिदेखि झेल्दै आएको छ ।
जुरे पहिरो
२०७१ साउन १७ गते साविकको राम्चे गाविस वडा नं. ५ को इटिनी पहरो फुटेर गएको पहिरोले ३१ जना स्कूले बालबालिका सहित १ सय ४५ जनाले ज्यान गुमाउनुपरेको थियो । नदी थुनिएपपछि घर, विद्युत् गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्मलगायत गरी १ सय ५३ घर पूर्णरूपमा ध्वस्त भएका थिए ।
भोटेकोशी नदी नै थुनिने गरी आएको कहालिलाग्दो पहिरोमा परी धेरैको आवास गुम्यो, धेरै बेसहारा बने । अझै पनि उपचार र राहत नपाउँदा धेरै घाइतेको गुनासो सकिएको छैन । पहिरोले कतिको घरजग्गा गुम्दा गाउँबाटै पलायन भए । जुरोको यो ठूलो प्राकृतिक विपत्तिले धेरैलाई बिर्सनै नसक्ने छाप छोडेर गयो ।
२०७२ सालको भूकम्प
गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर २०७२ साल वैशाख १२ गते शनिबार मध्याह्न गएको ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्पबाट देशमै सबैभन्दा ठूलो जनधनको क्षति सिन्धुपाल्चोक जिल्लामा भयो ।
दिउँसो ११ बजेर ५६ मिनेटमा आएको भूकम्पमा परी ३ हजार ५ सय ७१ जनाले ज्यान गुमाए । ८० हजार निजी घरसंरचना माटोमा मिले ।
सरकारी तथा सामुदायिक भवन संरचना ढले, विद्यालय भवनहरू भग्नावशेषमा परिणत भए । नेपालकै सबैभन्दा बढी मानवीय र भौतिक क्षति बेहोरेको सिन्धुपाल्चोक अझै पनि पूर्ण रूपमा तंग्रिएको छैन ।
हेलिकप्टर दुर्घटना
सिन्धुपाल्चोकमा २ ठूला हेलिकप्टर दुर्घटना हुँदा १२ जनाको ज्यान गएको थियो ।
जिल्लाको घोर्थली र यमुनाडाँडामा भएका दुर्घटनामा ५ जना नेपालीसहित ६ जना अमेरीकी र एक डच नागरिकको मृत्यु भएको थियो ।
२०७२ सालको वैशाख १२ गतेपछि २९ गते आएको पराकम्पबाट क्षति पुगेको दोलखा जिल्लामा मानवीय सहायताका लैजाँदै गर्दा अमेरिकी हेलिकप्टर दुर्घटनामा परेको थियो । नेपालमा खोजी तथा उद्धारमा सघाउन आएको अमेरिकी सेनाको हेलिकप्टर यूएच वानवाई ह्यु हराएको चौथो दिन जेठ १ गते शुक्रवार सिन्धुपाल्चोकको विकट गाउँ घोर्थलीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
शक्तिशाली पराकम्पपछि ६ जना अमेरिकी र २ जना नेपाली सेना लिएर मंगलवार दिउँसो त्रिभुवन विमानस्थलबाट दोलखाका लागि उडेको उक्त हेलिकप्टर सिन्धुपाल्चोकको सुनखानीमा पुगेपछि सम्पर्कविहीन भएको थियो ।
त्यस्तै २०७२ साल जेठ १९ गते भूकम्पपीडितका लागि काठमाडौंबाट राहत सामग्री लिएर दोलाखातर्फ उडेको माउन्टेन एयरको हेलिकप्टर सिन्धुपाल्चोकको साविक यमुनाडाँडा– ८ शिला पर्वतको जंगलमा दुर्घटना भएको थियो ।
9N AJP कल साइन भएको उक्त हेलिकप्टरमा क्याप्टेन सुवेक श्रेष्ठसहित ४ यात्रुको ज्यान गएको थियो । हेलिकप्टरमा ३ नेपाली र १ डच नागरिक थिए ।
तीन महिनामा तीन ठूला सडक दुर्घटना
घटना नं. १ : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० गत असोज २४ गते बिहान बस दुर्घटना हुँदा मृत्यु १४ जनाको मृत्यु भएको थियो ।
इन्द्रावती गाउँपालिकाको भोटसिपाबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटना परेको थियो ।
एकसय २० भन्दाबढी यात्रुले भरिएको बस झिल्के मोडको आरोलो बाटोमा टायर पञ्चर भएपछि भई दुर्घटना भएको थियो ।
घटना नं. २ : गत साल कात्र्तिक १७ गते सिन्धुपाल्चोकको सुकुटेनजिकै सुनकोशी नदीमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो ।
शैलुङ्गेश्वर यातायातको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गर्दा सुकुटेनजिक दुर्घटना भएको थियो ।
चालकको लापरबाहीको कारण बस दुर्घटना भएको भन्दै प्रहरीले प्रतिवेदन निकालेको थियो ।
घटना नं ३ : दोलखाको कालिञ्चोकबाट भक्तपुरका लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा पल्टिँदा १५ जनाको ज्यान गएको थियो ।
दोलखास्थित कालिञ्चोक दर्शन गरेर फर्किएका तीर्थयात्रीहरू चढेको बस गत साल मंसिर २९ गते ६ किलो भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...