×

NMB BANK
NIC ASIA

नक्कली फाइल खडा गरी मिर्गौला प्रत्यारोपण गरेको आरोपमा डाक्टर, प्रहरी र वडाध्यक्षसहित १२ जना पक्राउ

असार २८, २०७७

NTC
Premier Steels

नक्कली मानिस खडा गरेर मृगौला प्रत्यारोपण गरेको आरोपमा ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष गोपाल महर्जन र २ जना प्रहरी सहित १२ जना पक्राउ परेका छन् ।

Muktinath Bank

नेपाल प्रहरीको मानव बेचविखन ब्यूरोले आइतवार पत्रकार सम्मेलन गर्दै अवैध मिर्गौला प्रत्यारोपण गर्नेलाई पक्राउ गरेको जानकारी दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीले दिएको जानकारीअनुसार वडाध्यक्ष महर्जन, चितवन जिल्लाका प्रशासकिय अधिकृत रामचन्द्र ढकाल, कलेज अफ मेडिकल साइन्सका टिचिङ अस्पताल भरतपुरका कानूनी सल्लाहकार रमेश काफ्ले, कलेज अफ मेडिकल साइन्सका टिचिङ अस्पताल भरतपुरका प्रमुख संचालक डा. सुप्रभात श्रेष्ठ, अस्पतालकै डा. बालकृष्ण कालाखेती, नोबल अस्पतालका डा. राकेश कुमार बर्मा, भक्तपुर नगरपालिका ६ की जमुनाराज भण्डारी, टोखा नगरपालिका बस्ने गुल्मी रेसुङ्गाका प्रहरी सहायक निरीक्षक भिमप्रसाद खनाल, काठमाडौं रानीबारी बस्ने झापा कन्काई नगरपालिका २ का निलम्बित प्रहरी नायब निरीक्षक योगेनद्रराज थपलिया, भोजपुर हसनपुरकी रेश्मा राई र जिल्ला प्रशासन कार्यालय ललिपुरका तत्कालीन खरिदार नवराज केसीलाई पक्राउ गरिएको हो ।


Advertisment
Nabil box
Kumari

उनीहरुले विदेशमा रहेका मिर्गौला लिने व्यक्तिका भान्जा रिजनविर जोशीको नक्कली काजपत्र तयारी गरी मिर्गौला प्रत्यारोपण गरेको मानब बेचविखन व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।

Vianet communication

उनीहरूमाथि २०७६ जेठ २७ गते नक्कली मानिस खडा गरेर भरतपुर मेडिकल कलेज चितवनमा मिर्गौला प्रत्यारोपण गरेको आरोप लागेको छ ।

उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन–२०६४ को दफा (१) (ग) को कसुरबमोजिम कारबाही हुने व्यूरोले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x