×

NMB BANK
NIC ASIA

हिजो दिनभर : अयोध्या विवादबारे नेकपालाई काँग्रेसले सोध्यो प्रश्न, काठमाडौंमा चल्न थाले सार्वजनिक बस

साउन १, २०७७

NTC
Premier Steels

प्रधानमन्त्रीको ‘अयोध्या’ अभिव्यक्तिप्रति कांग्रेसको विमति, नेकपाकाे संस्थागत धारणा मागिने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति र ब्यवहारप्रति विमति प्रकट गर्दै सोबारे सरकार र सत्तारुढ दल नेकपाको संस्थागत धारणा सार्वजनिक गर्न माग गरेको छ।

Muktinath Bank

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार एक विज्ञप्तिमार्फत पछिल्लो समय मुलुकमा देखिएको विविध परिदृश्यमा प्रधानमन्त्रीका अभिव्यक्तिहरुले प्रश्न सिर्जना गरेको उल्लेख गर्दै प्रतिपक्षी दलका तर्फबाट सार्वजनिक प्रश्न गर्नु आफ्नो कर्तव्य भएको बताएका हुन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसले मुलुकभर बाढी–पहिरोमा कयौँको मृत्युु भएको बेला केवल समवेदनाको एक वक्तव्यमा सीमित हुनु नहुने, कोरोना महामारी नियन्त्रणमा युद्धस्तरमा तयारी गर्नुपर्ने, सर्वसम्मतिले देशको नयाँ नक्सा संसद्बाट जारी भएपछि कूटनीतिक पहलकदमी गर्नुपर्ने प्रधानमन्त्रीको दायित्व हुने उल्लेख गरेको छ। 


Advertisment
Nabil box
Kumari

नयाँ नक्सा अनुरुपको जमिनमा हक स्थापित गर्न गम्भीर कूटनीतिक पहलकदमी भन्दा अयोध्याबारे विवादास्पद मत व्यक्त गर्नुको अर्थ विषयको गम्भीरताप्रति प्रधानमन्त्री गम्भीर नभएको भनी प्रवक्ता शर्माले टिप्पणी गरेका छन्।

Vianet communication

प्रधानमन्त्री पद मुलुकको संस्कार, संविधान र संवेदनशीलताभन्दा अलग हुन नहुने संविधानले परिकल्पना नगरेको उल्लेख गर्दै कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकारकै संस्थागत अभिव्यक्ति वा नेकपाको विश्वासबमोजिमको हो कि होइन भनी प्रस्टीकरणको मागसमेत गरेको छ् । 

मेलम्चीमा बेपत्ता इञ्जिनीयरको शव फेला

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा बेपत्ता भएका दुई मध्ये एक जनाको शव भेटिएको छ ।

परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो १२ बजे दुई जना बेपत्ता भएका थिए ।

तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जिनियर सतिस गोहितको शव आज अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापामगरको खोजी जारी रहेको पनि उनले बताए ।

नेकपासँग कांग्रेसको प्रश्न– प्रधानमन्त्रीको शैली र अभिव्यक्ति बदल्ने कि प्रधानमन्त्री नै ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति नेपाल सरकार र नेकपाको मत होइन भने उनले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाएको पुष्टि हुने बताएको छ । 

पछिल्लो समय देशमा देखिएका विविध परिदृश्यमा प्रधानमन्त्री ओलीका अभिव्यक्तिले केही गम्भीर प्रश्न उब्जाएको भन्दै कांग्रेसले यस्तो बताएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधवार विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्रीका अभिव्यक्तिहरूले नेपाल देश र सम्बन्धित दलको प्रतिनिधित्व गर्दैनन् भने प्रधानमन्त्री पद व्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी ? भनी प्रश्न गरेका हुन् । 

आजको परिस्थितिमा प्रधानमन्त्रीको दायित्व एकातर्फ, व्यवहार अर्कातर्फ हुनु देशका लागि दुर्भाग्य भएको कांग्रेसको ठम्याइ छ । 

‘बाढीपहिरोमा कयौंको मृत्यु भएका बेला देशको प्रधानमन्त्रीको दायित्व के हुन्छ र के हुनुपर्दछ ? केबल समवेदनाको एक वक्तव्य ?’ प्रवक्ता शर्माले प्रश्न गरेका छन्, ‘कोरोना महामारीका बेला देशको प्रधानमन्त्रीको दायित्व के हुन्छ, कयौंको मृत्यु र हजारौं संक्रमित भएको विवरण बहिखातामा सारेर बस्ने तर समय सदुपयोग गरेर युद्धस्तरमा तयारी नगर्ने ?’

कांग्रेसले भगवान् श्रीरामको जन्मभूमि अयोध्याबारे ओलीको अभिव्यक्तिप्रति पनि आपत्ति जनाएको छ ।

‘सर्वसम्मतिले देशको नयाँ नक्सा संसदबाट जारी भएपछि प्रधानमन्त्रीको दायित्व के हुन्छ ? गम्भीर कूटनैतिक पहलकदमी गर्ने कि नक्सालाई सत्ता राजनीतिको व्यक्तिगत हतियारका रूपमा उपयोग गर्ने ?’ विज्ञप्तिमा भनिएको छ, ‘नक्सा अनुरूपको जमिनमा हक स्थापित गर्न गम्भीर कुटनैतिक पहलकदमी भन्दा अयोध्याबारे विवादास्पद मत व्यक्त गर्नुको अर्थ विषयको गम्भीरताप्रति प्रधानमन्त्री गम्भीर हुनुहुन्न भन्ने पुष्टि त भएको छ नै अपरिपक्व टिप्पणीमार्फत उहाँले संवेदनशील विषयमा असंवेदनशील व्यवहार प्रस्तुत गर्नुभएको छ ।’

कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्ति र शैली बदल्ने कि प्रधानमन्त्री नै बदल्ने भनी नेकपासँग प्रश्न गरेको छ ।

‘प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलताभन्दा पर व्यक्तिगत सनकको कैदी बन्न मिल्दैन । संस्थागत जिम्मेवारीभन्दा अलग निर्दलीय आधिपत्य प्रधानमन्त्री पदमा संविधानले परिकल्पना गरेको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः प्रधानमन्त्रीको सोच, शैली, अभिव्यक्ति र व्यवहार सम्पूर्ण रूपले बदल्ने या प्रधानमन्त्री नै बदल्ने, उहाँकै दल नेकपाको विषय हो, तर २ प्रश्न– देशको प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकारकै संस्थागत अभिव्यक्ति हो कि होइन ? अनि उहाँको दल नेकपा पार्टीको विश्वास बमोजिमको हो कि होइन ? संस्थागत प्रस्टीकरण अनिवार्यसँग आवश्यक भएको छ ।’

कांग्रेसले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र व्यवहारप्रति गम्भीर विमति प्रकट गर्दै यसबारे सरकार र नेकपाको संस्थागत धारणा सार्वजनिक हुनुपर्ने माग गरेको छ । 

पछिल्लो २४ घण्टामा थपिए १ सय १६ कोरोना संक्रमित, ६ सय ९७ डिस्चार्ज
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १ सय १६ मा कोरोना संक्रमण देखिएको जनाएको छ ।

बुधवार नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १ सय १६ मा संक्रमण देखिएको बताएका हुन् ।

यससँगै नेपालमा जम्मा संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ भने हालसम्म ११ हजार २५ ले कोरोना जितेर डिस्चार्ज भइसकेका छन् ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु

कोभिड १९ का कारण थप १ जनाको मृत्यु भएको छ । रौतहट जिल्लाको परवाह नगरपालिका वडा नम्बर ७ का ३६ वर्षीय पुरुषको कोरोनाका कारण निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

बुधवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आज दिउँसो साढे २ बजे उनको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

डा. गौतमले दिएको जानकारीअनुसार उनी आफ्नो आफन्तको अन्तिम संस्कारका लागि भारतको बैंगलोर पुगेका थिए । उनका आफन्त पनि कोरोनाबाट संक्रमित थिए ।

गत असार २४ गते नेपाल फर्केका उनी त्यसपछि रौतहटमै क्वारेन्टाइनमा बसेका थिए । २९ गते रुघा खोकी र ज्वरो आएपछि उनलाई नारायणी अस्पताल वीरगंजमा भर्ना गरिएको थियो ।

उनको सोही दिन स्वाब संकलन गरेर परीक्षण गर्दा आज कोरोना भएको पुष्टि भएको हो । डा. गौतमले उनलाई आज बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको र उपचारकै क्रममा मृत्यु भएको बताए ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

काठमाडौंमा चल्न थाले सार्वजनिक बस

साढे ३ महिनादेखि ठप्प सार्वजनिक सवारीसाधन खुल्न थालेका छन् ।

मयूर, संयुक्त यातायात, सुन्दर यातायात लगायतले सेवा शुरू गरिसकेका छन् भने कतिपय खुलाउनका लागि आवश्यक तयारी गरिरहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x