×

NMB BANK
NIC ASIA

साेमबारबाट कर्णाली प्रदेशमा राति प्रवेशमा रोक, दिउँसो प्रवेशका लागि पिसिआर रिपोर्ट अनिवार्य

साउन २९, २०७७

NTC
Premier Steels

कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी साेमबार भदौ १ गतेदेखि लागू हुने गरी राति प्रवेशमा रोक लगाएको छ।

Muktinath Bank

कर्णाली प्रदेशको प्रदेश विपद व्यवस्थापन केन्द्र (पिसिएमसी) को बिहीबारको बैठकले स्वदेश तथा विदेशबाट आएका जाे सुकैलाई राति प्रवेश गर्न नदिने र दिउँसाे प्रवेशका लागि पिसिआर परीक्षणकाे रिपाेर्ट अनिवार्य गर्ने निर्णय गरेकाे हाे।याे निर्णयसँगै भदाै १ गतेबाट पैदलयात्रीले पनि राति कर्णाली प्रदेश जान पाउने छैनन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको केन्द्रको बैठकले मुलुकभित्रबाट र विदेशबाट आउने नेपाली नागरिकलाई छुट्टाछुट्टै क्वारेन्टिनमा राख्ने र प्रवेशका लागि कम्तीमा तीन दिन अगाडिको पिसिआर रिर्पोट अनिवार्य रुपमा लिने निर्णय पनि गरेकाे छ।


Advertisment
Nabil box
Kumari

सुर्खेत जिल्लाबाट अतिआवश्यक सरकारी कामले जानुपर्दा र सो बाहिरी स्थानबाट भित्रिँदा सरकारी कर्मचारी र जनप्रतिनिधिले समेत पिसिआर गराई मात्र बाहिर जिल्ला जाने र भित्रिने निर्णय भएको छ। 

Vianet communication

मास्कको अनिवार्य रुपले प्रयोग गर्ने गराउने र समुदायस्तरमा मास्कको व्यवस्था स्थानीय तहले मिलाउने  भनिएको छ। मस्क नलगाए कारबाही हुने भएको छ।

भारतबाट आउने नेपाली नागरिकलाई अनिवार्य रुपमा सीमा नाकाको क्वारेन्टिनमा राख्ने तथा क्वारेन्टिनको क्षमता भन्दाबढी  राख्नु पर्ने अवस्था भएमा मध्यपश्चिम विश्वविद्यालयको भवनलाई पनि प्रयोग गर्ने वैकल्पिक व्यवस्था मिलाउने सम्बन्धमा सामाजिक विकास मन्त्रालयले समन्वय गरी आवश्यक कार्य गर्ने गराउने निर्णय भएको छ। 

सामाजिक विकास मन्त्री दल रावलले एक पालिका एक क्वारेन्टिन वा आइसोलेशन स्थायी प्रकृतिको बनाउन स्थानीय तहसँग सामाजिक विकास मन्त्रालयले आवश्यक कार्य गर्ने गराउने बताए। उनका अनुसार कर्णाली प्रदेशमा प्रवेश गर्ने सल्यान जिल्लाको कालिमाटी काल्चे तथा कपूरकोट, सुर्खेतको बबई र कुइने नाकाबाट आउने नेपाली नागरिकलाई प्रवेशमा कडाईका साथ चेकजाँच गर्ने व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालयले स्थानीय प्रशासनसँग समन्वय गर्ने  निर्णय भएको छ ।

संक्रमितको दर बढि रहेको अवस्थामा कुनै पनि धार्मिक र सांस्कृतिक पर्वका जात्रा मेला, नाचगान नगर्न नगराउन र अत्यावश्यक अवस्थामा पन्ध्र जनाले दुरी कायम गरेर गर्ने बाहेकमा कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेला जस्ता सामूहिक जमघटका कार्य निषेध गर्ने भनिएको छ। निषेधित कार्य भए गरेको पाइएमा प्रभावकारी हस्तक्षेप समेत गर्ने निर्णय पनि बैठकले गरेको छ। 

कोरोनाबाट सिर्जित त्रास र मनोसामाजिक भयबाट जनजीवनलाई सामान्य बनाउन र संक्रमणको नियन्त्रण गर्न हाललाई होटल तथा रेष्टुरेन्ट पूर्णरुपमा बन्द गर्ने नीति लिइने भएको छ। तर, स्थानीय प्रशासनको स्वीकृतिमा सुरक्षा निगरानी प्रबन्ध गरी मापदण्ड पुगेका होटलको सूची बनाई आइसोलेसन तथा क्वारेन्टिनको लागि उपयोग गर्ने व्यवस्था मिलाउने र कुनै व्यक्ति व्यक्तिगत रुपमा होटलमा आइसोलेसनमा बस्न चाहेमा सुरक्षा सहितको प्रबन्ध गरी औचित्यको आधारमा राख्ने व्यवस्था प्रजिअले मिलाउन सक्नेछन्।

गोठीकाँडा र काक्रेबिहार क्षेत्रमा प्रायः शुक्रबार र शनिवार ठूलो संख्यामा मानिस घुमफिरका लागि आवत जावत गरेको पाइएकाले यस्तो आवागमनलाई कडाईका साथ नियन्त्रण गर्ने निर्णय भएको मन्त्री रावलले जानकारी दिए।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x