कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
साउन ३०, २०७७
शुक्रवार बिहानको भीषण पहिरोले सिन्धुपाल्चोक जुगल गाउँपालिकास्थित लिदी गाउँ पुर्दा ३८ जना बेपत्ता भएका छन्, ४ जनाको शव फेला परेको छ ।
निरन्तर परेको पानीसँगै खसेको पहिरोले लामा गाउँका ३७ घर पूर्ण रूपमा पुरिएका छन् । घटनास्थलमा अहिले प्रहरी, सेना तथा स्थानीय उद्धारमा खटिएका छन् ।
सिन्धुपाल्चोक सदरमुकाम चौताराबाट करीब एक दिनको पैदल यात्रापछि मात्रै पुगिने साबिक गोल्चे गाविसको लिदी गाउँ जिल्लाकै विकट गाउँको रूपमा परिचित छ ।
७२ घरपरिवार रहेको लिदी गाउँमा गत माघ १६ गते पहिलोपटक बिजुली बत्ती पुगेको थियो । यस गाउँले गत हिउँदमा मात्रै सडकसँग नाता जोड्न पाएको थियो ।
बिजुली बत्तीले ल्याएको उत्साह र सडक जोडिएसँगै छाएको उमंग लिदीवासीका लागि धेरै समय टिकेन ।
पानी रोकिएपछि बिहानको मिरमिरेमै आएको पहिरोले धरै वर्षपछि साकार भएको सडक र बिजुलीसँग घुलमिल हुने सपना चुडेर लग्यो भने पुरै लिदी गाउँ शोकमा डुबेको छ ।
हिउँदको समयमा मात्रै ट्रक र मोटरसाइकल आवतजावत हुने लिदी गाउँमा अहिलेसम्म नियमित यात्रुबाहक सवारीसाधन चल्न सकेको छैन ।
सोलार बत्ती हटाएर बिजुली बत्तीसँग राम्ररी परिचित हुन नपाउँदै यहाँका ३७ घर परिवारले ठूलो क्षति बेहोरेका छन् ।
निम्न आर्थिक अवस्था भएका यहाँका स्थानीयसहित वडा अध्यक्षले बस्ती जोखिममा रहेको भन्दै केही महिनादेखि पटक–पटक बस्ती स्थानान्तरणको माग राख्दै जिल्लादेखि प्रदेश हुँदै केन्द्रसम्म निवेदन दिएका थिए ।
केही हप्ताअघि मात्रै सोही ठाँउमा आएको पहिरोले चार घरमा क्षति पुर्याएको वडा अध्यक्ष प्रताप लामाले बताए । पहिरोले चार घरमा क्षति पुर्याएपछि बस्ती जोखिममा परेको भन्दै गाउँलेले स्थानान्तरणको माग राखेका थिए ।
निम्न आर्थिक अवस्था भएका सर्वसाधारणले आफ्नै पहलमा तत्काल बस्ती सार्न सक्ने सम्भावना थिएन । वडाध्यक्ष लामाले भावुक भावुक हुँदै भने, ‘जाने ठाउँ कतै नभएपछि पटक–पटक जोखिम भयो, बस्ती सारिदिनुपर्यो भन्दै जिल्ला हुँदै केन्द्रसम्म निवेदन दियौँ कसैले सुनेन र आज यो क्षति बेहोर्नुपर्यो ।
लिदीवासीले समयमै गराएको जानकारीका बेवास्ता गर्दा यहाँका स्थानीयले ठूलो प्राकृतिक विपत्तिको सामना गर्नु परेको लामाको गुनासो छ ।
पहिरो खसेको ठाँउमा हालसम्म कुनै पनि मेसेनरी औजारको प्रयोग नभएको भन्दै पहिरो जानुमा बलेफी ‘ए’ हाइड्रोले खनेको सुरुङप्रति पनि स्थानीयले आशंका गर्न थालेका छन् ।
केही वर्षअघि हाइड्रोले सुरुङ खन्न गरेको ब्लास्टिङका कारण पूरै गाउँ नै कम्पन हुँदा यसबाट क्षति हुने भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा ज्ञापनपत्र समेत बुझाएका थिए ।
तस्वीर : सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपाने ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...