कात्तिक ३०, २०८०
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
सरकारले स्कूल तहको पाठ्यक्रममा (१ देखि ८ कक्षासम्म) संस्कृत भाषालाई राख्ने निर्णय गरेपछि केही व्यक्ति र समूहले त्यसको विरोध गरेका छन् । पत्रपत्रिकामा लम्बेतानको भ्रामक लेख, निबन्ध प्रकाशित गराएर हुन्छ कि बेतुके अनर्गल सामग्रीले सामाजिक सञ्जालका भित्ता रंग्याएर हुन्छ, जसरी भए पनि समाजमा विद्यमान संस्कृतको साख गिराउनु मकसद रहेको बुझिन्छ ।
ती व्यक्तिमध्ये केहीले सरकारलाई मृतभाषा संस्कृतलाई काखमा राखेर जीवित भाषालाई पाखा लगाउन खोजेको आरोप लगाएका छन् भने केही संस्कृत भाषाको विरोध नगरे आफ्नो पहिचान रहँदैन भन्ने भ्रमको शिकार भएका छन् । हुन सक्छ यसभित्र कतिको दानापानीले काम गरेको छ भने त्यो पनि स्वाभाविकै हुन सक्छ, किनकि संस्कृतको विरोधमा स्वार्थ केन्द्रित आयातीत विचार गन्हाउन थालेको निकै पहिलेदेखि नै हो । जबकि सरकारको वर्तमान निर्णय नयाँ होइन । उसले ५ दशकअघि सरकारले गरेको निर्णय सच्याएको मात्र हो । त्यो पनि अनिवार्य नभई वैकल्पिक पाठ्यक्रममा राखेर । मुलुकमा नयाँ शिक्षाको नाममा शिक्षालाई पाश्चात्यकरण गर्नुअघिसम्म स्कूल तहमा एक विषय संस्कृत अनिवार्य रहेको कसैबाट छिपेको छैन ।
केही वर्षअघि पनि केही बुद्धिजीवीले संस्कृत भाषाको विरोधमा यसैगरी कम्मर कसेका थिए, जतिबेला सरकारले रेडियो नेपालबाट संस्कृत भाषामा समाचार प्रसारण गर्ने निर्णय गरेको थियो । जब संस्कृत भाषाको विरोध गर्नु भनेको आफ्नै नाम र थरकै विरोध गर्नु हो भन्ने चेत खुल्यो, तब ती व्यक्तिको विरोध एकाएक आफैं हराएर गयो । किनकि जो–जसले संस्कृतको जरोकिलो उखेल्नुपर्छ भनिरहेका थिए, कतिको नाम र कतिको थर समेत संस्कृत शब्दबाट बनेका थिए । अहिले जो–जसले संस्कृतलाई मृतभाषा भनेर विरोध गरिरहेका छन्, ती व्यक्तिको अवस्था पनि त्यस्तै छ । केही आफ्ना नामभित्र सीतारामको मन्त्रजप गरिरहेका छन् भने केहीले आफ्नै नामले संस्कृतलाई मृत होइन, अमृत सिद्ध गरिरहेका छन् । आश्चर्य छ यति सुन्दर नामहरूबाट कसरी संस्कृतको विरोध सम्भव भएका होलान् । कतै अर्कै रहश्य छिपेको पो छ कि ? यदि त्यसै हो भने त्यसको समेत खोजीनीति आवश्यक छ । उनीहरूले जुन भाषालाई ‘किलर ल्याङ्वेज’ भनिरहेका छन्, त्यही भाषाले विश्वमा ‘फिटर ल्याङ्वेज’को उपस्थिति देखाइसकेको छ ।
आज सारा विश्व एक स्वरले संस्कृत भाषाको प्रशंसा गरिरहेको छ । संस्कृतबाहेक पृथ्वीदेखि अन्तरिक्षसम्म द्यावाभूमि सर्वत्र फिट हुन सक्ने भाषा अर्को छैन भन्ने विश्व अभिमत भेटिन्छ । सन् १९८५ मा एक विश्व प्रशिद्ध म्यागजिनमा रिक ब्रिग्स नामक अमेरिकी अन्तरिक्ष अनसुन्धान संस्था नासाका वैज्ञानिकको लेख प्रकाशित भएको थियो, जुन लेखमा उनले संसारमा अन्तरिक्ष विज्ञानका लागि उपयोगी कुनै भाषा छ भने त्यो संंस्कृत नै हो भन्ने अभिप्राय व्यक्त गरेका थिए । उनको भनाइको अहिलेसम्म कतै खण्डन भएको पाइएको छैन । वस्तुतः संस्कृत भाषा भनेको यस्तो सीमाहीन भाषा हो, जो कुनै व्यक्ति, समूह वा समाजमा आवद्ध छैन । बरु जात, जाति, धर्म, सम्प्रदाय, राज्य वा राष्ट्रको सीमाबाट माथि उठेर सर्वहित र सर्वकल्याणको कामना गर्ने भाषा हो ।
संस्कृत भाषाको महत्त्व हिजो जति थियो, आज पनि उत्तिकै छ । यस भाषाको बनोट नै यस्तो छ कि जसको प्रत्येक अंग संस्कार गरिएको छ । यसै अर्थमा यसको नाम संस्कृत रहेको हो । यस सम्बन्धमा बेलायती भाषाशास्त्री (सन् १७४६–१७९४) सर विलियम जोन्सका भनाइ निकै चासो पर्दो देखिन्छ । उनले संस्कृत भाषाको विशेषता बखान गर्दै भनेका छन्, ‘संस्कृत भाषाको प्राचीनत्व जेजस्तो भए पनि यसको संरचना आश्चर्यलाग्दो छ । यो ग्रीसेलीभन्दा अधिक पूर्ण छ भने ल्याटिन भाषाभन्दा ज्यादा शब्द भण्डारले युक्त छ अनि यी दुवै भाषाभन्दा धेरै परिष्कृत छ । यति हुँदाहुँदै पनि यी दुवै ग्रीक र ल्याटिन भाषाबीचमा यसको बलियो सजातीयता अर्थात् घनिष्ट सम्बन्ध स्थापित छ । एकातर्फ क्रियाका मूल र अर्कातर्फ व्याकरणका कोटीहरू हेर्दा यी साम्यहरू सांयोगिक अर्थात् आकस्मिक मात्र होइनन् भन्ने प्रस्ट हुन्छ । यी सम्बन्धहरू कति सुदृढ छन् भने कुनै पनि दार्शनिकले यी दुवै भाषा पुराकालमा एउटै स्रोतबाट उत्पत्ति भएका हुन् भन्ने कुरामाथि विश्वास नगरेसम्म यी भाषाको परीक्षण गर्नै सक्दैनन् ।’ (पूर्वीय सभ्यता सलील ज्ञवाली, नेपाली अनुवाद प्रा.डा. गोविन्दराज भट्टराई पृष्ठ १३९)
तथापि आफ्नै घरमा भने यस भाषाले यथोचित स्थान पाउन सकिरहेको छैन । बाहिरकाले यति ठूलो प्रशंसा गर्दागर्दै अफ्नै घरभित्र बेवास्ता हुनु भनेको साह्रै लाज मर्दो कुरा हो । यो भनेको नजिकको तीर्थ हेला मात्र होइन, त्यस्तो कस्तुरी मृगको जस्तो गए गुज्रेको अवस्थामा उभिनु हो, जसलाई आफ्नै साथमा रहेको सुगन्ध थाहा छैन । विषयलाई यसरी पनि बुझौं संस्कृतको विरोध गर्नु भनेको आफूलाई त्यस्तो भार वाहकको अवस्थामा उभ्याउनु हो, जसले दिनभर श्रीखण्डको भार बोकेर पनि उसको गन्ध थाहा पाउन सकेको छैन । संस्कृत भाषा भनेको वसुधैव कुटुम्बकम् भन्दै द्यावाभूमि सर्वत्र शान्ति, समुन्नति र सद्भाव वृद्धिको कामना गर्ने भाषा हो । यसबाट कसैले डराउनु पनि पर्दैैन र आफ्नो भाग खोसिन्छ कि भनेर चिन्तित हुनु पनि पर्र्दैन । उल्टै केही न केही सहयोग नै मिल्ने छ सबै मातृभाषाका पठनपाठनमा । यसको पठन पाठन हुनु भनेको अन्य भाषाको महत्त्व घटाउनु होइन, बरु बढाउनु हो भन्ने कुरालाई बिर्सनु हुँदैन । जो भाषा आफैंमा विश्वभाषाको पंक्तिमा उभिएको छ, त्यस्तो भाषाले अरुको भाग खोस्छ कि भन्ने सोच्नु भनेको बालापनबाहेक केही होइन । त्यसैले विरोध गर्न छाडी १ कक्षादेखि स्नातकोत्तरसम्म एक विषय संस्कृत त्यो पनि वैकल्पिक होइन, अनिवार्य पठनपठनको माग गर्नु बुद्धिमानी हुनेछ ।
यद्यपि विरोध गर्न पाउनु संवैधानिक अधिकार हो । मन नपर्नेले गर्न सक्छन् तर विरोध पनि त्यस्तो कुराको गरौं जसको कुनै अर्थ छ । यस्ता खाले विरोधको न कुनै तुक छ न कुनै अर्थ राख्छ । विरोधका लागि विरोध नै गर्ने भए त जे पनि गर्न सकिन्छ । होइन भने यसका पछाडि मनगढन्ते एकलकाटे तर्कबाहेक मरिकाटे केही पाउन सकिन्न । त्यसैले आशा गरौं पहिले जस्तै अहिले पनि सबै पक्षबाट यथाशीघं्र वास्तविकता बोध गरी आफ्नो उचाइ र गरिमा कायमै राख्ने काम हुनेछ ।
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...