×

NMB BANK
NIC ASIA

सडक मानवप्रति समर्पित कल्पना : जसले २० हजार जरिवाना तिर्न बेच्नुपर्‍यो बुवाको औंठी

भदौ २०, २०७७

NTC
Premier Steels

असहाय र बेसहारालाई सहारा मिल्ने ठाउँ हो दृष्टि फाउन्डेसन । जसको सारथी छिन् कल्पना भट्ट ।

Muktinath Bank

जसले कोरोना कहरबीच पनि आफ्ना मानवता पथका पाइला डगमगाउन दिएकी छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–६ दमडा घर भएकी भट्टको नेतृत्वमा ११ जनाले दृष्टि फाउन्डेसन सञ्चालनमा ल्याएका हुन् । जनही १०–१० हजार उठाएको रकमले २ वर्षदेखि सो फाउन्डेसन धनगढीमा सञ्चालनमा आएको हो । फाउन्डेसन मानवता पढाउने पाठशालाको रुपमा स्थापित हुँदै गएको हो । 


Advertisment
Nabil box
Kumari

पछिल्लो ५ महिनायता दृष्टि फाउन्डेसन अनेकौं चुनौतीसँग सामना गर्दै अगाडि बढेको छ । कोरोना कहरबीच नयाँ–नयाँ मानसिक रोगीको उद्धारसँगै समाजको असहयोग र तिरस्कार रूपी अवरोधको पनि सामना गर्नुपरेको छ ।

Vianet communication

दृष्टि फाउन्डेसनको लागि धनगढी उपमहानगरपालिकाको नगर कार्यपालिकाले नगरपालिकाको वडा नम्बर ४ स्थित शिवपुरी सामुदायिक वनमा ३ कठ्ठा जग्गा उपलब्ध गराउन सम्बन्धित निकायसँग अनुरोध गर्ने निर्णय गरेको थियो ।

निर्णयपश्चात सोही ठाउँमा आफ्नै घर बनाउने योजना दृष्टि फाउन्डेसनको थियो । तर बस्ती नै पागलहरूले भरिने भन्दै स्थानीयबाट लखेटिएपछि फाउन्डेसनकी अध्यक्ष भट्टलाई अचम्मित तुल्याएको छ । तर आफ्नो लक्ष्यबाट हार भने कदापी मानेकी छैनन् उनले । 

‘नगर कार्यपालिकाको निर्णयपछि ४ किल्ला प्रमाणित गराएर हामीले सुदूरपश्चिम प्रदेश सरकारलाई बुझायौं । प्रदेश सरकारबाट भवन निर्माणको लागि १० लाख बजेट विनियोजन भयो । धनगढी उपमहानगरपालिकाबाट पनि सहयोग हुने प्रतिवद्धता थियो । जेठ ८ गते भवनको जग शिलान्यास नगर प्रमुखबाट भयो,’ उनले भनिन्, ‘तर विडम्बना स्थानीयले पागलखाना खोल्न दिँदैनौं, वडा नै पागलहरूले भरिन्छ भनेर विरोध गर्नुभयो । हामीले बनाउन पाउनुपर्छ भन्दै फाउन्डेसनका सबै दिदीबहिनीसहित २१ दिनसम्म त्यही त्रिपाल टाँगेर बस्यौं ।’ 

शिवपुरी सामुदायिक वनका अध्यक्ष बृद्धि खड्काले ५ ठाउँमा जग्गा देखाएको उनी बताउँछिन् । वनका अध्यक्ष खड्काले देखाएको ठाउँमा वडा नम्बर ४ का वडाध्यक्ष दिपक थापाको समर्थनमा काम थालेको सुनाउँछिन् । उनीहरूबाटै पछि सहयोग नभएपछि अवरोध सिर्जना भएको उनको आरोप छ ।

‘इँटा र ढुंगा झारेर जग्गामा काम थालेपछि जसले जग्गा देखायो, उसैले यो जग्गा वडा नम्बर ५ मा पर्छ भनेर धोखा दिए । उनैको पहलमा तारानगर सामुदायिक वनले हामीलाई २० हजार रुपैयाँ जरिवाना गर्‍यो,’ भट्टले पीडा पोखिन्, ‘जरिवाना तिराउनलाई पनि धेरै ताकेता गरे । मसँग पैसा पनि थिएन । बुवा बित्नुभन्दा पहिले आफ्नो औंलाबाट झिकेर छोरीलाई दिनु भनेर आमालाई दिनुभएको थियो । त्यही औंठी लगाएकी थिए । त्यही औंठी ३२ हजारमा बेचेर २० हजार जरिवाना तिरें ।’ यस्तै झमेलामा फस्दा फाउन्डेसनका लागि छुट्याइएको बजेट बजेट खर्च नभई फ्रीज भएको उनले बताइन् ।

हाल दृष्टि फाउन्डेसनमा ४० जना असहाय तथा सहाराविहीन व्यक्ति छन् । जसमध्ये ४ जना बच्चा, ३६ जना महिला रहेका छन् । कोरोना महामारीको बेला पनि ६ जना महिलाहरू थपिएको भट्ट सुनाउँछिन् । 

‘मैले राख्न सक्दैन भन्दाभन्दै पनि प्रहरी प्रशासन, मानव अधिकारकर्मी लगायतको अनुरोधपछि राखेको छु । यहाँसम्मकी यो महामारीको बीच कोरोना परीक्षण विना नै राखेको छु । कसैले परीक्षण समेत गर्न मान्दैनन्,’ उनी भन्छिन्, ‘मानसिक रोगी पनि यही समाजका व्यक्ति हुन् । जसलाई यो समाजले बेघर बनाएपछि के गर्नु ? हाम्रो ढोकामा आइसकेकालाई फर्काउन सकिन्न ।’

फाउन्डेसनको उद्देश्य र अभियानबारे प्रकाश पार्दै उनले लोकान्तरलाई सुनाइन्, ‘हाम्रो गाउँशहरका गल्लीमा बेवारिसे अनगिन्ती सडक मानव छन् । हामी घर परिवारमा बस्नेको दुःखको अगाडि उहाँहरूको पीडा केही पनि होइन । एउटी महिला मानसिक सन्तुलन गुमाएर घरबाट निस्किसकेपछि उसको घर परिवार कोही हुन्न । रोगी हुन्छ । बेसहारा हुन्छ । उ समाजका नरपिपासुहरूबाट पटक–पटक बलात्कृत हुन्छे । उसको अस्मिता पलपलमा लुटिएको हुन्छ । उहाँहरूको लागि धेरै गर्न नसकिए पनि कम्तिमा पनि सानो छानोभित्र मिठो निन्द्रा, एक गाँस खाना र अस्मिता लुटिनबाट जोगाउनका लागि पनि लागेका छौं ।’

फाउन्डेसनले २ वर्ष पहिले ८ जनालाई विभिन्न स्थानबाट उद्धार गरेर आफ्नो कार्यको थालनी गरेको थियो । हालसम्म दर्जनौं महिलाहरू पुनर्जीवन पाएर फर्किसकेका छन् ।

महिलाको दागबत्ती महिलाबाटै

फाउन्डेसनले मानसिक सन्तुलन गुमाएका बेघर भएका असहायलाई आश्रय दिँदै आएको छ । औषधोपचारसँगै मनोपरामर्शकर्ताको सहयोगमा काउन्सिलिङ गर्दै आएको छ । फाउन्डेसनको आश्रयमै ज्यान गुमाएकाहरूको अन्त्यष्टि फाउन्डेसनले नै गर्दै आएको हो । हालसम्म ३ जनालाई आफूहरूले नै दागबत्ती दिएको भट्ट बताउँछिन् ।

निश्चित आर्थिक स्रोत केही नभएको फाउन्डेसन विभिन्न संघसंस्था तथा व्यक्तिबाट प्राप्त हुने दान र मुठी दानबाट सञ्चालन हुँदै आएको छ ।

अवसरलाई तिलाञ्जली

खुशी हुनका लागि कल्पनासँग धेरै उपाय छन् । उसैपनि उनी राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेकी छिन् । राजनीति शास्त्रमा एमफिल गर्दैछिन् । कुनै बेला एनजीओ, आईएनजीओमा जागिरे थिइन् । त्यसलाई तिलाञ्जली दिई उनी मानसिक रोगीको सेवामा समर्पित भएकी हुन् ।

उनैको मानवीय कर्मको प्रतिफल स्वरुप उनलाई गणतन्त्र दिवसको अवसरमा समाज सेवा रत्नबाट सम्मान प्रदान गरिएको छ । उनी मुलुकभरमै कान्छो समाजसेवीका रूपमा समाजसेवा रत्नबाट सम्मानित महिला बनेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x