मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं. पाँचको जनता माध्यमिक विद्यालय बस्तेकोट राजनीति गर्ने अखडा बनेको छ ।
नगर कार्यसमितिका सचिव जय बहादुर कार्की विद्यालयका सहायक लेखापाल तथा उनकै दाजु जनकबहादुर कार्की विद्यालयको प्रधानाध्यापक भएका कारण उनीहरुले सार्वजनिक सम्पतीको दुरुपयोग गर्दै विद्यालयमै निरन्तर कार्यक्रम गर्दै आइरहेका छन् ।
भदौ २० गते नेपाली काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धीको बैठक पनि विद्यालय भित्रै गरेपछि स्थानीय आक्रोशित भएका हुन । नगर कार्य समिति सदस्य प्रेमबहादुर विष्ट र कार्की दाजुभाइका कारण उक्त विद्यालयमा काँग्रेसले राजनीति गर्दै आइरहेको छ । बारम्बार उक्त विद्यालयमा राजनीतिक कार्यक्रम हावी भइरहेको स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा लोकान्तरलाई बताए ।
हिजो चुनावी र्याली निकाल्दा पनि विद्यालय बन्द गरेर विद्यार्थीलाई लैजाने विद्यालय यहि हो । श्रोत भन्छ, नेपाली काँग्रेसका अधिकांश कार्यक्रम विद्यालय समयमा, विद्यालयमा नै हुने गरेका छन् । यसले त्यहाँ भित्रको चर्को राजनीति र नातावाद प्रष्ट देखिएको छ ।
यता, प्रधानाध्यापक जनकबहादुर कार्कीले भने गल्ती भएको स्वीकार गरे । विद्यालयमा राजनीतिक आस्थाका आधारमा कार्यक्रम गर्न नपाइने नै हो । कानूनी रुपमा त्यस्तो व्यवस्था छैन । म सुर्खेत तिर भएका कारण त्यस्तो भएको होला । दाजुसँग पनि कुरा गरेको हो । सामाजिक सञ्जालमा तस्वीर राखिएको रहेछ । उनले भने, आगामी दिनमा त्यस्तो गल्ती दोहोरिदैन । यो दोश्रो पटक यस्तो गल्ती भएको हो । उनले बैठक कार्यालयमा नबसेर हलमा बसेको दाबीसमेत गरे ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...