फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
रूपन्देही दैनिक सरदर ६५ जनामा कोरोनाभाइरस (कोभिड– १९) संक्रमण पुष्टि भइरहेको छ, त्यसमध्ये सरदर ३५ जना प्रदेश राजधानी बुटवलकै हुन्छन् ।
यो संक्रमण दर प्रदेशका सबै जिल्लामा संक्रमितको ६० प्रतिशतसम्म हुन आउँछ । शुक्रबारसम्म प्रदेश राजधानी बुटवलमा मात्रै संक्रमितको संख्या १ हजार ७२ जना पुगेको छ ।
जिल्लाभरमा २ हजार ७०२ जनामा संक्रमण देखिएको छ ।
त्यसका अलावा बुटवलको कोभिड अस्पतालमा दैनिकजसो एक जनाको कोरोना संक्रमणबाट मृत्यु हुन थालेको छ । प्रदेशका अन्य जिल्लामा संक्रमण दर कम देखिए पनि रुपन्देहीमा संक्रमितको संख्याले दिनहुँ थपिइरहेको छ ।
कोरोना संक्रमितको संख्या तीव्र हुँदै गए पनि बजारमा कुनै स्वास्थ्य सावधानी अपनाइएको देखिँदैन ।
बजार र यातायात पूर्ण रूपमा खुलेपछि थप सतर्कता अपनाउन आवश्यक रहे पनि असुरक्षित तबरले भीडभाड र आवागमन भइरहँदा कोरोना नियन्त्रणको कुनै छाँटकाँट देखिँदैन ।
संक्रमितको सम्पर्कमा पुगेकाको परीक्षणमा प्रदेश सरकार र स्थानीय तहले ध्यान दिएका छैनन् ।
यही असोज १ गतेदेखि बजार पूर्ण रूपमा खुलेर जनजीवन सहज बनेपछि सर्वसाधारणले कोभिड— १९ लाई हल्का रूपमा लिएको देखिन्छ ।
सपिङ मल, व्यापारिक केन्द्रमा सर्वसाधारणको असुरक्षित भीड थामि नसक्नु हुन थालेको छ ।
सेवाग्राही र यात्रुको सम्पर्कमा आउने व्यापारी र यातायात व्यवसायीले नै स्वास्थ्य सुरक्षा मापदण्डलाई बेवास्ता गरेका छन् ।
मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, नियमित हात धुने र स्यानिटाइजरको प्रयोग गर्ने जस्ता स्वास्थ्य सावधानी कतै अपनाएको देखिँदैन । असुरक्षित चहलपहलले स्थिति नियन्त्रणबाहिर जाने चिकित्सकहरूको चिन्ता छ ।
बुटवलस्थित कोभिड अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले अबको अवस्थामा व्यक्ति आफैँ सचेत र सावधान हुनुपर्ने बताए ।
जनस्वास्थ्यको मापदण्डलाई बेवास्ता गर्दा संक्रमण अझै बढ्ने थापा बताउँछन् ।
‘अब व्यक्ति आफैं सचेत नहुने हो भने संक्रमण रोकिने देखिँदैन । भौतिक दुरी कायम गर्ने, मास्क अनिवार्य लगाउने, नियमित हात धुने र हात धुने अवस्था नभए स्यानिटाइजरको प्रयोग गर्नुपर्छ । यति गर्न सकेमा संक्रमण फैलिनबाट धेरै रोक्न सकिन्छ,’ थापाले भने ।
संक्रमण कारण बढिरहेको छ, नियन्त्रण के गरी गर्न सकिन्छ भन्ने योजना प्रदेशको सामाजिक विकास मन्त्रालय र बुटवल उपमहानगरपालिकाले कुनै रणनीति बनाउन सकेको देखिँदैन ।
लक्षण देखिएकाहरूले आफै जाँच गरेर पुष्टि भएकाहरू गणना गर्नमा मात्र स्थानीय तहहरू केन्द्रित छन् । प्रदेश पाँचका १२ जिल्लामा १० हजार ९१८ संक्रमित पुगेका छन् ।
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका डा. सागर न्यौपानेले कोरोना संक्रमण समाजमा डढेलो जस्तै फैलिएको बताए । ‘कोरोना निकै महंगो सावित हुँदैछ, हाम्रो समाजका लागि । समाज असहिष्णु बन्दैछ ।
वृद्धवृद्धा र रोगीहरूलाई संक्रमण आफ्नैले सारिरहेका छन् । हामी सबै सचेत नहुने हो भने बजार खुलेपछि सोच्न पनि नसकिने अवस्था आउन सक्छ,’ न्यौपानेले भने ।
प्रदेशमा अहिलेसम्म ७७ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । अहिले यस प्रदेशमा संक्रमितको ६० प्रतिशत होम आइसोलेसनमा बस्दै आएका छन् ।
सरकारले होम आइसोलेसनमा बस्न सक्ने प्रावधान ल्याएपछि संक्रमण देखिएका तर, लक्षण कम भएकाहरू घरमै बस्न थालेका हुन् ।
प्रदेशमा झण्डै १ हजार ५ सय जना होम आइसोलेसनमा छन् । घरमा बस्दा अरूलाई संक्रमण सर्ने सम्भावना बढी हुन्छ ।
पछिल्लो समय परिवारका एक व्यक्तिमा कोरोना देखिए परिवारका सबैमा संक्रमण फैलिएको देखिँदै आएको छ ।
सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले प्रदेशका नागरिकहरूलाई सचेतनासँगै सावधानी अपनाउनका लागि निरन्तर सूचित गरिरहेको दाबी गरे ।
अहिलेसम्म प्रदेश पाँचमा १ लाख १३ हजार ६३३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...