कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
संघीय पुनःसंरचना हुनुअगाडि मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राजधानी रहेको वीरेन्द्रनगरमा ठूला सभाहरू आयोजना गर्नका लागि विभिन्न होटलका सभा हलको प्रयोग गर्नु पर्ने बाध्यता थियो ।
प्रदेश सरकार निर्माण भइसकेपछि पनि यो समस्या ज्यूँकात्यूँ रह्यो तर अहिले भने अवस्था फेरिने संकेत देखिएको छ ।
शहरी विकास तथा भवन निर्माण विभाग संघीय योजना कार्यान्वयन इकाइ वीरेन्द्रनगर कार्यालय सुर्खेतसँग २०७३ चैत २४ गते समानान्तर–चक्रेश्वरी–शिवशक्ति जेभीले निर्माण कार्यका लागि सम्झौता गरेको चार वर्ष नपुग्दै सुर्खेतमा अत्याधुनिक सभा हल निर्माण कार्य पूरा भएको छ ।
अहिले त्यहाँ सभा हलको वरिपरि बगैंचा निर्माणको काम मात्रै बाँकी रहेको छ । बगैंचा निर्माण सक्नेबित्तिकै इकइलाई भवन हस्तान्तरण गर्ने तयारी भइरहेको निर्माण कम्पनीले जनाएको छ । यो हल निर्माण भएसँगै प्रदेश राजधानीमा ठूला कार्यक्रम आयोजना गर्नका लागि होटल धाउनुपर्ने अवस्था अन्त्य हुने छ भने होटलमा हुने अनावश्यक खर्च पनि कम हुनेछ ।
भ्याटबाहेक २० करोड ५४ लाख ८६ हजार रुपैयाँमा सम्झौता गरी काम थालेको निर्माण कम्पनीले २०७६ चैत २३ गते सभा हल हस्तान्तरण गर्नुपर्ने थियो तर लकडाउनका कारण समयमै कामदार र सामग्री पाउन नसकेपछि त्यो समयमा हस्तान्तरण गर्न नसकिएको कम्पनीको दाबी छ ।
निर्माण कम्पनीका प्रतिनिधि चन्द्रनारायण पण्डितले लकडाउनका कारण निर्माण कार्य समयमै पूरा गर्न नसकिएको बताए ।
‘हामीसँग भएका दक्ष जनशक्ति लकडाउनका कारण बिदामा जानुपर्ने अवस्था आयो । निर्माण सामाग्री पनि जुटाउन समस्या भयो,’ उनले भने, यही कारणले यही असोजमा नै हस्तान्तरण गरिसक्ने योजना तुहिएको हो ।’
यता, कार्यालयका सूचना अधिकारी इञ्जिनीयर रामकृष्ण आचार्यले सिटीहल निर्माणको भौतिक र वित्तीय प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको बताए ।
उनका अनुसार भवन निर्माणको काम सम्पन्न भइसकेको छ भने रंगरोगन गर्न थोरै बाँकी छ । अब साउण्ड व्यवस्थापन को काम बाँकी छ । यस्तै जमिन व्यवस्थापन गरेर पार्किङ तथा बगैँचा निर्माणको काम भइरहेको छ ।
उनले भने, ‘उनीहरूलाई लकडाउनले समस्या पारेको थियो । यो असोजमा ६ महिनाका लागि हामीले म्याद थप गरेका छौं । नयाँ वर्षमा हामी कर्णालीलाई अत्याधुनिक सभा हल हस्तान्तरण गर्छौं ।’
उनले सिटी हलमा ७८० जनाको सिट अट्ने बताए ।
‘यो कर्णालीकै सबैभन्दा ठूलो हल हो । यहाँ ७५० जनाको सिट डिजाइन गरेको भएपनि ७८० जनाको सिट अट्ने देखिएको छ,’ उनले भने, एक सय पचास जनाभन्दा बढी अट्ने दुईवटा मल्टिप्रपोज हल पनि तयार भएका छन् ।’
उनका अनुसार चीनबाट मार्बल आयात गर्न निर्माण कम्पनीले अर्डर गरिसकेको छ भने भारतबाट मिस्त्री ल्याउने काम भइरहेको छ । चीनबाट सामाग्री आउन र भारतीय जनशक्तिले काम सम्पन्न गर्न तीन महिना लाग्नेछ । अबको तीन महिनामा सामग्री सुर्खेत आइपुग्ने छ । सामग्री आएको तीन महिनामा नै हल तयार भएर नगरपालिकालाई हस्तान्तरण गरिने बताइएको छ ।
उनले हल तयार भइसकेपछि त्यसको रेखदेख र सञ्चालनका काम नगरपालिकाको हुने बताए । ‘हामीले निर्माण गर्ने मात्र हो’, उनले भने, ‘यसको रेखदेखदेखि सबै व्यवस्थापन वीरेन्द्रनगर नगरपालिकाले गर्नेछ ।’
झण्डै साढे तीन बिगाहा क्षेत्रफलमा फैलिएको नमूना सभा हलको क्षमता ७ सय ८० जनाको छ ।
यसमा सातवटा बैठक कक्ष हुनेछन् । सभा हल परिसरमा ४ सय मोटरसाइकल र दुई सयवटा गाडी पार्किङ गर्न मिल्ने बताइएको छ ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...