×

NIC ASIA

हलुवा वेद नेपालमा एक परिचित फल हो । यो फल व्यावसायिक रूपमा बिक्री नहुँदा खासै प्रबद्र्धन भएको पाइन्न ।

Muktinath Bank

तर पछिल्लो समय यो फलको महत्त्व बुझ्न थालेपछी सबैले खोजीखोजी खान थालेका छन् । अबका दिनमा यो फल होटल रेस्टुरेन्टमा पनि व्यावसायिक रूपमा राख्ने र यसका परिकार बनाउन थालेकाले अब यसको महत्त्व झन् बढ्न थालिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो फलमा ३० भन्दा बढी पोषण तत्व पाइने हुँदा जोकोहीलाई अत्यन्त फाइदाजनक मानिन्छ ।


Advertisment
Rupse Holidays
Nabil box
Kumari

इबोनी उड परिवारको डिओस्पाइरोस वर्गमा पर्ने यो वनस्पतिको हलुवा वेद पाकेपछि हल्का टर्रो र ज्यादा गुलियो स्वादको हुन्छ । प्राचीन ग्रिक माडिओस्पाईरोस  भन्नाले ‘भगवान्हरूको फल’ भन्ने बुझिन्छ ।

Vianet communication

यो वनस्पति पतझर वनस्पति अन्तर्गत पर्दछ । यसको फलको रंग हल्का सुन्तला पहेंलो, गाढा सुन्तला रातो तथा प्रजाति अनुसार फरक हुने गर्छ, जुन १.५ देखि ९ सेन्टीमिटर (०.५ देखि ४ इन्च) व्यास भएको गोलाकार वा फर्सी आकारको हुन्छ ।

हलुवा वेदको फल खानको लागि टिप्ने बेलासम्म पनि यसको पत्रदल फलसँग टासिएको हुन्छ तर फल पाकेपछि पत्रदल सजिलै निकाल्न सकिन्छ । 

हलुवा वेदको फलमा प्रशस्त मात्रामा ग्लूकोज पाइन्छ, ग्लूकोजका अलावा यसमा सन्तुलित मात्रामा प्रोटिन पनि पाइन्छ । यी फलहरू रासायनिक र औषधीय गुणका कारण पनि अत्यन्तै महत्त्वपूर्ण छन् ।

हलुवा वेद एक समशितोष्ण किसिमको फलफूल हो । तर फल फल्ने समयमा तापक्रम पुगेन भने टर्रोपना आउन सक्छ । त्यसैले गर्दा फल लाग्ने समयमा घाम लाग्ने मोहडा भएको जग्गा छनोट गर्नुपर्छ । सुन्तला जातको फलफूल खेती गर्न सकिने स्थानमा हलुवा वेदको खेती गर्न सकिन्छ ।

नेपाली दूतावास जापानको आफ्नो साइडले दिएको जानकारी अनुसार नेपाली विद्यार्थीहरू ३ वर्षको अध्ययन पूरा गरी जापानबाट सन १९०५ मा नेपाल फर्केका थिए । उनीहरू नेपाल फर्कंदा यो फल पनि सँगै ल्याएर नेपालमा रोपेका थिए । जुन त्यसअघि नेपालमा पाइँदैन्थ्यो ।

आज हलुवा वेद नेपालमा फलिरहेका छन्, जसलाई एक शताब्दी पहिले नेपाली विद्यार्थीले समुद्रपारबाट आफ्नो यात्रा संस्मरण स्वरूप ल्याएका थिए । आज यो फललाई २ देशबीचको जनस्तरीय मित्रताको शुरूआतका रूपमा लिन सकिन्छ । ती विद्यार्थीले यो फलको बिउसँगै निललहर, कटुस र गोदावरी फूलका बिउ पनि सँगै ल्याएर नेपालमा रोपेका थिए, जुन त्योभन्दा पहिला नेपालमा पाइँदैन्थ्यो ।

हलुवा वेद फलका स्वास्थ्य सम्बन्धी अचुक फाइदाहरू
 
– फाइटोकेमिकल्सको प्रमुख स्रोत हो हलुवा वेद फल । 

– तौल सन्तुलनका लागि अति नै उपयोगी फल । 

– हलुवा वेद फल एक प्राकृतिक एन्टी हेमोर्रोइड मानिन्छ । जसले कुनै चोट पटक या ब्लिडिङलाई निदान गर्न मद्दत गर्छ । 

– खाना पचाउन राम्रो सहायता पुर्‍याउने फल भनेर चिनिन्छ । 

– डाइबिटिजका लागि उत्तम फल ।

– उच्च रक्तचाप (हाइपर टेन्सन) का लागि पनि राम्रो मानिन्छ । 

– इम्युनिटी पावरलाई शुद्ध बनाउने स्वास्थ्यमैत्री फल हलुवा वेद । 

– क्यान्सरका लागि पनि उत्तम फल हो हलुवा वेद । 

– आँखाको भिजन सुधार गर्नका लागि पनि राम्रो फल हो । 

– शरीरको रेड ब्लड सेल उत्पादन गर्न सहयोगी फल । 

– बेलाबेलामा हिच्की आउने समस्या हुनेका लागि राम्रो फल । 

– कलेजोलाई सहयोग पुर्‍याउने फल पनि हो हलुवा वेद । 

– यो एक शक्तिबद्र्धक फल मानिने हुँदा एक किसिमको इनर्जी फल पनि मानिन्छ । 

– यो फल नियमित खाँदा संक्रमणको समस्या पनि निदान हुन्छ । 

– यो फलमा ३० भन्दा बढी पोषण तत्व पाइने हुँदा जो कोहीलाई अत्यन्त फाइदाजनक मानिन्छ ।

– अत्याधिक मोटोपना भएका व्यक्तिलाई पनि यो फल अमृतसरी मानिन्छ । 

– आहार नली स्वास्थ्य राख्न अचुक फाइदा पुर्‍याउने फल । 

– मुटु सम्बन्धी समस्या हुनेका लागि अत्यन्त लाभदायी फल । 

– मस्तिष्क सम्बन्धी समस्या हुनेका लागि स्वास्थ्यमैत्री फल ।

कसरी खाने हलुवा वेद ? के के परिकार बन्छन् ?

हलुवा वेद फल एक परिकार अनेक भनेर चिन्न सकिन्छ । स्वास्थ्य सम्बन्धी कयौं फाइदा हुँदाहुँदै पनि यो त्यतिकै पाकेको खाँदा पनि मिठो र स्वादिलो फल हो । यो फल पाकेपछि राम्ररी पखालेर ताछेर वा नताछी बोक्रैसँग पनि खान सकिन्छ । यसको स्मुथी, जुस, लस्सी, सलाद जे बनाएर खाँदा पनि हुन्छ । यो फलको जाम र केक पनि निकै प्रसिद्ध मानिन्छ । हलुवा वेद फल ब्रन्डी हालेर बनाएको केक विश्वमा निकै प्रसिद्ध मानिन्छ । 

हलुवा वेदको ताजा जुसलाई शक्तिबद्र्धक र रोगप्रतिरोधात्मक बुस्टर भनेर पनि चिनिन्छ । कुलीनरी युजेजका लागि यो फल काँचो, पाकेको वा सुकाएको सबैखाले प्रयोग गरेको हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

x