×

NMB BANK
NIC ASIA

कोरोनाभाइरसको तीव्र म्युटेसन

अफ्रिकामा भेटियो कोरोनाभाइरसको नयाँ प्रजाति, बेलायतको भन्दा खतरनाक – डा. रवीन्द्र पाण्डे

पुस २१, २०७७

NTC
Premier Steels

कोरोनाभाइरसको उत्परिवर्तन अर्थात् म्युटेसन छिटोछिटो भइरहेको छ । यसै क्रममा अफ्रिकामा हिजोमात्र अर्को नयाँ प्रजातिको कोरोनाभाइरस पत्ता लागेको छ ।

Muktinath Bank

अफ्रिकाको नयाँ प्रजाति 501.V2 २-३ पटक म्युटेसन भइसकेको, एकदम छिटो फैलिने, उच्च भाइरल लोड भएको तथा युवा तथा वयस्कलाई गम्भीर असर गर्ने तथा छिटोछिटो म्युटेसन हुने प्रकृतिको भएको हुँदा एन्टिबडीको प्रभावकारितालाई द्रुतगतिमा घटाउने आंकलन गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भाइरसको खतरनाक प्रजाति अफ्रिकामा देखिएको बेलायतका स्वास्थ्य सचिव ह्यानककले हिजो सोमबार बताएका छन् । उनका अनुसार बेलायतको भन्दा अफ्रिकाको प्रजाति धेरै खतरनाक छ । उनले अफ्रिकाबाट हुने उडान बन्द गर्नुपर्ने कुरा हिजो सोमबार बिबिसी रेडियोमा भनेका छन् ।


Advertisment
Nabil box
Kumari

अफ्रिकाको नयाँ प्रजातिलाई हाल विकास भएको कोरोना खोपले काम गर्न नसक्ने बताइएको छ । यसरी कोरोना भाइरस म्युटेसन हुँदै जाने हो भने भविष्यमा खोपले काम नगर्ने वा छोटोछोटो समयमा खोप लगाइरहनु पर्ने हुनसक्छ । यसले गर्दा खोपमा ठूलो धनराशी खर्च गरिरहनुपर्ने हुन्छ । वैज्ञानिकहरूले बताएका छन् कि दक्षिण अफ्रिकामा म्युटेसन भएको प्रजाति अन्य प्रजातिभन्दा यसकारण फरक छ, यो प्रजातिको स्पाइक प्रोटिनमा पटकपटक म्युटेसन भएर मानव कोषमा सजिलै प्रवेश गर्नसक्छ ।

Vianet communication

यो प्रजातिको भाइरल लोड उच्च भएको हुँदा एकदम छिटो फैलिने आशंका गरिएको छ । अफ्रिकामा देखिएको नयाँ प्रजाति बेलायत लगायत अन्य देशहरूमा पुगेको बताइएको छ ।

विज्ञहरूले आकस्मिक रूपमा यसको अध्ययन शुरू गरेका छन् । दक्षिण अफ्रिकाको नयाँ भाइरसलाई 501.V2 नाम दिइएको छ । यसको अर्को प्रजातिको नाम E484K दिइएको छ । अहिले यो प्रजातिको भाइरस केप टाउनको पूर्वी र पश्चिमीक्षेत्रमा फैलिएको छ । बेलायत, अष्ट्रिया, नर्वे र जापानमा पनि यो नयाँ प्रजाति देखिएको छ ।

हाल बेलायतले दक्षिण अफ्रिकासँग हवाइसम्पर्क विच्छेद गरेको छ । शंकास्पद व्यक्तिलाई क्वारेन्टीनमा राखिएको छ । युनिभर्सिटी अफ अक्सफोर्डअन्तर्गत मेडिसिनका प्रोफेसर, जो सरकारी खोपको टास्क फोर्समा काम गरिरहेका छन्, उनले भनेका छन् कि हाल विकास भएको खोपले बेलायतको नयाँ प्रजातिलाई काम गर्न सक्छ तर अफ्रिकाको नयाँ प्रजातिलाई काम गर्छ कि गर्दैन भन्ने ठूलो प्रश्न चिह्न छ ।

उनले टाइम्स रेडियोमा भनेका छन्, वर्तमान खोपले अफ्रिकाको नयाँ प्रजातिलाई काम गर्दैन । खोप लगाएपनि प्रत्येक महिना वा ६ \ ६ महिनामा लगाउनुपर्ने हुनसक्छ । यो प्रजातिको भाइरस केन्याको नैरोबी र नाइजेरियामा पनि देखिएको छ त्यस्तै बेलायत, फिनल्याण्ड, स्विट्जरल्यान्ड, जापान र अस्ट्रेलियामा  देखिएको छ ।

त्यस्तै नाइजेरियामा अर्को प्रजातिको भाइरस पत्ता लागेको अफ्रिका सीडीसीले बताएको छ । यो नयाँ प्रजातिको कोरोना भाइरस अगस्त ३ र अक्टोबर ९ गते नाइजेरियाको ओसुन स्टेटमा लिइएको नमूनामा  देखिएको असोसिएट प्रेसले लेखेको छ । नाइजेरियामा यो प्रजातिको नाम P681H दिइएको छ ।

अफ्रिकाले खोपको विकास गर्न नयाँ प्रजातिले बाधा नपार्ने भनेको छ । साउथ अफ्रिकामा गत बुधबारमात्र १४ हजार नयाँ केस देखिएका थिए भने ४०० जनाको मृत्यु भएको थियो । अफ्रिकामा भएका नयाँ संक्रमणमध्ये ८० – ९० % नयाँ प्रजातिको देखिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार बेलायत र साउथ अफ्रिकामा म्युटेसन भएका प्रजाति फरक–फरक हुन् । नयाँ प्रजातिमध्ये बेलायतको प्रजातिलाई हाल विकास भएका खोपले काम गर्ने तर नाइजेरिया र दक्षिण अफ्रिकामा देखिएका नयाँ प्रजातिलाई काम गर्ने / नगर्नेबारे अनुसन्धानपछि मात्र भन्न सकिने जनाइएको छ ।

कोरोना भाइरसको यो म्युटेसनले पहिले संक्रमित भएका व्यक्तिको एन्टीबडीले काम गर्न नसक्ने तथा खोपलाई पनि छिटोछिटो ताजगी गरिरहनुपर्ने कुरा वैज्ञानिकहरूको चिन्ताको विषय बनेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x