पुस २८, २०८०
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको ‘भेरो सेल’ खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ । यो खोप बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकलबाट अनुसन्धान तथा विकास भएको हो । चीन सरकारले नेपाललाई ५ लाख डोज खोप सहयोगस्वरूप प्रदान गर्ने घोषणा गरेको छ । यो खोप ४ हप्ताको अन्तरालमा २ पटक लगाउनुपर्दछ । तसर्थ यो खोप २ लाख ५० हजार जनालाई दिन सकिन्छ ।
कस्तो हो त योचिनियाँखोप ?
चीनको सिनोफार्मले विकास गरेको खोप निस्क्रिय कोरोना भाइरसबाट बानाइएको खोप हो । युएईमा भएको अध्ययनअनुसार यो खोपको प्रभावकारिता ८६ प्रतिशत रहेको छ । यसको तेस्रो चरणको क्लिनिकल ट्र्याल युएईमा १२५ देशका ३१ हजार स्वयंसेवकमा गरिएको थियो । यो अध्ययनमा १५ देखि ६० वर्षका व्यक्तिलाई समावेश गरिएको थियो र २८ दिनको अन्तरमा २ मात्रा खोप लगाइएको थियो । यो खोप लगाएका व्यक्तिलाई सामान्य प्रतिअसर मात्र देखिएको थियो ।
यो खोपलाई चीन, युएई, बहराइन, इजिप्ट र जोर्डन, पेरु, अर्जेन्टिना, मोरक्कोलगायत देशले आपतकालीन प्रयोगका लागि अनुमति दिइएका छन् । हालसम्म १० देशमा यो खोप लगाउने क्रम चलिरहेको छ भने विश्वमा धेरै देशले खोपको माग गरेका छन् । चीनमा यो खोप करीब १ करोडभन्दा धेरै व्यक्तिलाई लगाइएको छ । यो खोप १८ वर्षदेखि ६० वर्षसम्मका व्यक्तिलाई लगाउन सुरक्षित छ ।
यसकोमूल्यकति छ ?
यो खोप अलि महंगो छ । शुरूमा दुई मात्राका लागि १४५ अमेरिकी डलर राखिएको यो खोपको नेपालमा प्रति डोज करीब ८ हजार पर्न सक्ने देखिन्छ । अल्पविकसित देशका लागि केही छूट हुने चीन सरकारले जनाएको छ ।
यो खोप कसरी बनाइएको छ ?
खोप विकास गर्दा निम्न लिखित ५ वटा चरण पार गर्नुपर्ने हुन्छ । -
भाइरसको प्रजाति, कोष र प्रतोरोधात्मक शक्तिको अधिग्रहण अध्ययन
मान्छेमा प्रयोगको ३ वटा चरण पार गर्नुपर्ने हुन्छ ।
खोपकोविकासभएपछि निम्न लिखित मापदण्ड पुरा गर्नुपर्दछ।
यो खोप निष्क्रिय भाइरसलाई प्रयोग गरेर परम्परागत विधिबाट बनाइएको हो जसरी पोलियो लगायतका धेरै खोप बनाइएको छ । स्थापित विधिबाट उत्पादन भएकाले यो सुरक्षित रहेको कम्पनीको दाबी छ ।
१ करोडभन्दा धेरै जनालाई यो खोप लगाउँदा कुनै पनि गम्भीर असर नदेखिएको खोप उत्पादक सिनोफार्मले जनाएको छ । सामान्य असरका रूपमा खोप लगाएको ठाउँमा दुख्ने, टाउको दुख्ने, शरीर दुख्ने, ज्वरो आउने लगायत हुन्छ ।
सिनोफार्मले यो वर्षको अन्त्यसम्म १ अर्ब डोज खोप उत्पादन गर्ने दाबी गरेको छ । यो खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण तथा परिवहन गर्न मिल्छ ।
यो खोपमा के-के तत्व छन् ?
यो खोपको मुख्य घातक भनेको निष्क्रिय कोरोना भाइरस हो । यसलाई संरक्षण गर्नका लागि तथा रासायनिक प्रक्रिया कायम राख्नका लागि डाइसोडियम हाइड्रोजन फोस्फेट, सोडियम क्लोराइड, सोडियम डाइहाइड्रोजेन फोस्फेट र अल्मुनियम हाइड्रोक्साइड मिलाइएको छ ।
अन्त्यमा
चीनको सिनोफार्मले विकास गरेको यो कोभिड खोप अन्य खोपजस्तै सुरक्षित र प्रभावकारी देखिएको छ । विज्ञान, प्रविधि तथा अनुसन्धानमा चीनले ठूलो फड्को मारेको छ । तसर्थ चीनको उत्पादन भनेर डर मान्नु वा अविश्वास गर्नु पर्दैन । यो खोप ठूलो अनुसन्धान र प्रयोगबाट उत्पादन भएको हो । औषधि व्यवस्था विभागले सम्पूर्ण तथ्यांक तथा सामग्री प्राप्त गरेर मात्र आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको छ ।
हेर्नुहोस्, अनुमति दिएको सम्बन्धी जानकारी :
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...