×

NMB BANK
NIC ASIA

गगन थापालाई कति कमरेडहरूले मन पराउँछन्, त्यो त मलाई थाहा हुन सकेन। तर गगनले भाषण गर्दा घाँटीको नसा फुलेको मलाई साह्रै मन पर्छ । त्यो नसामा मैले युवाको सपना देख्छु । त्यो नसामा मैलै देशको जीवन देख्छु । त्यो नसामा मैले एउटा जागरण देख्छु । र, त्यो नसामा मैले एउटा गगनचुम्बी पहलकदमी देख्छु । 

Muktinath Bank

२०६२/०६३ सालको जनआन्दोलनमा गगन थापाको फुलेको घाँटीको नसाको निकै महत्त्व थियो। सबैले दौरा सुरुवाल सिलाएर दरबारतिर दौडिने अवसरवादी याममा गगन थापा निधारमा कफन बाँधेर सडकमा आएका थिए। त्यो दृश्य निकै रोचक देखिन्थ्यो। समयक्रममा कतिलाई दरबारले सक्षम/असक्षम बनाइरहेको थियो। तर गगन थापा सधैँ निरंकुशताविरुद्ध उभिएको प्रतीत हुन्थ्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो पंक्तिकार पनि जनआन्दोलनमा उभिएको एउटा पात्र भएकाले होला गगन थापाप्रति सदैव सकरात्मक चिन्तन छ । मलाई यस्तो लाग्छ कि गगन थापासँग नेपालका सम्पूर्ण गणतन्त्रवादी युवाहरूको साइनो प्रगाढ हुनुपर्छ । जुनसुकै पार्टीमा किन नहोस्, त्यहाँ सयौं गगन थापाहरू जन्मिनुपर्छ । गगन थापाको आरिस गरेर उनको तुलना 'मामुली बाख्रापालन'सँग गरियो भने त्यो आधुनिक नेपाली इतिहासको सबैभन्दा ठूलो भद्दा मजाक हुनेछ । 


Advertisment
Nabil box
Kumari

भनिन्छ, कांग्रेसमा आशीर्वादको राजनीति चर्को छ। 'दाइ जय नेपाल' शब्द आफैंमा प्रिय छ । तिनै दाइ र काकाहरूको आशीर्वाद नपाएकै कारण कांग्रेसका कैयौं होनाहार नेता विस्थापित भैसकेका छन् । आशीर्वाद पाएकै कारण सुझबुझ नै नभएका अल्छीहरू नेता कहलिएका छन् । गगन थापालाई कुन- कुन काकाले धाप मारेका छन्, वा मारेकै पो छैनन् कि त्यो त थाहा छैन, तर उनको जीत निश्चित हुनुपर्छ ।

Vianet communication
Laxmi Bank

१५ बुँदे अवधारणा पत्र सार्वजनिक गर्दै थापाले २०७८ सालपछि कांग्रेसले समुन्नत नेपाल, सम्मानित नेपाली गराउने गरी कार्यक्रम बनाउनुपर्ने बताएका छन्। ती सबै कार्यक्रमको पीडीएफ फाइल मजासँग पढियो । चितवनबाट आएको उखान टुक्केभन्दा हजार गुणस्तरीय उनको महान कार्यक्रमहरूलाई स्थापित गर्न सके बीपीको सपना पूरा हुनेछ । बीपीको बाटोमा हिँड्ने हैन कि बीपी आजसम्म बाँचेको भए कस्तो बाटोको निर्माण गर्थे होला, त्यो पनि गगन थापाले स-विस्तार खुलाएका छन् । 

म गगन थापाको फ्यान हुनुमा केही प्रमुख कारण छन् । ती कारणहरू सर्सर्ती राख्छु । पहिलो त गगन थापा 'राइट विङ' एक्ट्रिमिस्ट कन्जरभेटिभ धारभन्दा फरक राष्ट्रवादी युवा हुन् जस्तो लाग्छ। काजीसाहेब र बाबुसाहेबभन्दा अलिक फरक, जसले धर्म, जात र सम्प्रदायको विषयलाई राष्ट्रवादसँग दाँजेर हेर्दैनन् । हाम्रो देशमा राष्ट्रवाद भन्नाले कुनै एक सम्प्रदायको चिनारीलाई बुझिन्छ। 

गगन थापालाई नेपालको विविधता राम्रोसँग थाहा छ भन्ने लाग्छ । विभिन्न संस्कृतिहरूको अन्तरघुलनलाई उनले राम्रोसँग बुझेका छन् भन्ने लाग्छ । कांग्रेसभित्र कहिले काहीँ हिन्दूराष्ट्रको बहस चल्दा समावेशी नेपाल बुझेका गगन थापाहरूले प्रतिवाद गर्नेछन् भन्ने अर्को अपेक्षा हो। धर्म निरपेक्ष, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल तबसम्म स्थिर रहन्छ, जबसम्म हरेक पार्टीमा हजारौं गगन थापाहरूको जन्म हुन्छ । 

गगन थापा कुशल आन्दोलनकारी पनि हुन् । ०६२/०६३ को जन आन्दोलनमा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । लाखौं युवाहरू सडकमा उत्रिएका थिए ।

हालसालैको उदाहरण दिऊँ, केपी ओलीले संसद् विघटन गर्दा उनले खतरनाक भाषण गर्दै आए । सदनमा होस् वा सडकमा उनले केपी ओलीको प्रतिगमनका विरुद्ध हुँकार निकालिरहे । लाजै नमानेर संसद् विघटन सही हो भन्ने युवाहरू उनको गर्जन टाढैबाट हेरेर बसे । मानौं कि सडकमा रमिता छ । केपी ओलीले 'त्यो केटा' भनेर अपमान गरे पनि गगन थापा नेपाली राज नीतिमा देखिएको एउटा अदम्य साहस बोकेको युवा नेता हो नै हो । 

गगन थापा चरित्र कसैको चाकडीभन्दा पनि सदाबहार प्रतिपक्षी आवाज हो । त्यो आन्तरिक पार्टीको जीवनमा होस् वा, संसद भवनभित्र होस्, विद्यार्थी राजनीतिमा होस् वा सडकमा, ऊ सधैँ प्रतिपक्ष भएर उभिएको देखिएको छ । उसले कांग्रेसको लोकतान्त्रिक जीवनका बारेमा प्रतिपक्ष भएर उभिँदै गर्दा त्यसले देशको लोकतन्त्रको जीवनमा सिधा अर्थ राख्छ । त्यसले प्रतिक्रान्ति र निरंकुशताका बाछिटाहरूलाई टाउको उठ्न दिँदैन । यसकारण गगन थापा एक प्रतिपक्षी आवाज हो ।

गगन थापाको भाषण गर्ने शैली कताकता प्रचण्डसँग पनि मिल्छ। विचार मिल्नु र शैली मिल्नु फरक कुरा हो । युद्ध र आन्दोलनले नै संसारमा नेताको जन्म गराएको छ । इतिहासको जन्म गराएको छ । देशको नै जन्म गराएको छ । गगन थापाको भाषण उनी विद्यार्थी नेता हुँदादेखि नै सुनिँदै आएको छ । उनको भाषणमा जादु हुन्थ्यो ।

आज उप्रान्त त्यो छ । चर्कोचर्को स्वरमा सुनिने गरी अलिअलि अराजक, अलिअलि आलोचनात्मक, अलिअलि उत्तेजक, अनि आजकल धेरै विचारक । उनको भाषणले मानिसहरूलाई साँच्चै कन्भिस गर्न सक्छ। 

गगन थापा गणतन्त्रको सिपाही त हुँदै हुन्, उनी समाजवादको सपना देख्ने युवा पनि हुन् । अबको यात्रा समाजवाद हो भनेर कम्युनिस्ट नेताहरूले भन्दै आएका छन् । गगन थापाजस्ता जुझारु युवाहरूको काँधमा अब समाजवादको पक्षमा जनमत निर्माण गर्नुपर्ने जिम्मेवारी आउन सक्छ । नेपालको कुनैपनि राजनीतिक परिवर्तन राणा, राजाको विचार मात्र हैन, कांग्रेस र कम्युनिष्टको विचार समेत मिलेर भएको छ । एक्लै-एक्लै भिडेर कतै पुगिन्न ।

गगन थापा मिडिया फेमिलियर नेता हुन् । उनी मिडियासँग सहजै उपलब्ध हुन्छन्। एकपटक अन्तर्वार्ताको सन्दर्भमा मैले उनीसँग साक्षात्कार गर्ने अवसर पाएको थिएँ । उनी हामीजस्तो पढ्ने, लेख्ने, बोल्ने मानिसहरूलाई रुचाउने नेता हुन् । आलोचनात्मक चेत भएका अध्ययनशील नेता गगन थापा वैचारिक डिस्कोर्षहरूमा खरो उत्रिन पुच्छर लुकाउँदैनन् ।

यसकारण गगन थापा कांग्रेसको महामन्त्री बन्न सके कांग्रेसमा युवाको हस्तक्षेप अझै बढ्नेछ । देशको सबैभन्दा पुरानो र ठूलो पार्टीमा युवाहरूको उपस्थिति बलियो हुनसके पक्कै पनि देशको राजनीतिक प्रणालीमा युवाहरूको भावना, विचार र योजनाले स्थान पाउने नै छ । कांग्रेसभित्रको लोकतन्त्र र देशको लोकतान्त्रिक जीवनमा गगन थापाजस्ता सुझबुझ भएका युवा नेताहरूले पहलकदमी लिन सक्नेछन् । 

अन्तिममा, 'डेफिनेट्ली ही लुक्स नाइस' । नेताको पर्सनालिटीले पनि देशको सांस्कृतिक जीवनमा धेरै अर्थ राख्छ। उनले विद्यार्थीकालदेखि नै आफ्नो पर्सनालिटी मेन्टेन गर्दै आएको देखिन्छ । पाकिस्तानको इमरान खानजस्तो 'प्ले ब्वाइ' नेता नेपालमा त कोही छैनन्, तर यो नेता हुन नसकेको स्तम्भकारको कुनै भरोसा छैन । 

काका जय नेपाल ! 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x