×

NMB BANK
NIC ASIA

पूर्वसचिव मैनालीको निबन्ध संग्रह 'घाउ आफैंलाई दुख्छ' सार्वजनिक

पुस १७, २०७८

NTC
Premier Steels

नेपाल सरकारका पूर्व सचिव एवम् वरिष्ठ साहित्यकार गोपी मैनालीको निबन्ध संग्रह 'घाउ आफैंलाई दुख्छ' विमोचन गरिएको छ । 

Muktinath Bank

शनिवार सुरभि साहित्य प्रतिष्ठानले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी निबन्ध संग्रह लोकार्पण  गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रमका प्रमुख अतिथि एवम् इतिहासविद् दिनेशराज पन्तले पुस्तकको लोकार्पण गरे ।


Advertisment
Nabil box
Kumari

पुस्तकको समीक्षा गर्दै  वरिष्ठ पत्रकार एवम् साहित्यकार विजय चालिसेले पुस्तकका लेखक मैनाली सरकारी क्षेत्रमा मात्रै नभई साहित्य क्षेत्रमा समेत अब्बल रहेको पाइएको बताए । बौद्धिकतालाई कलात्मक भाषामा ढाली विचारसमेत स्पष्ट पार्न सक्ने खुबी उनको कलममा रहेको चालिसेले बताए ।

Vianet communication

प्रा.डा. खगेन्द्रप्रसाद लुईटेलले पुस्तकको समीक्षा गर्दै साहित्यप्रति पूर्ण लगाव भएका कमै प्रशासकहरूमध्ये लेखक मैनाली एक भएको बताए ।

उनले भने, 'पूर्वाग्रह नराखी तटस्थ हेर्ने हो भने उहाँले लेखनमा निकै धेरै लेख्नुभएको छ, ती सबै अब्बल छन् ।'

लेखक मैनालीले आफ्ना लेखाइमा लेखकीय पहिचान बनाएको उनले प्रतिक्रिया दिए । उनले कृतिमा कतिपय शब्द निकै जटिल रहे पनि यो गहन बौद्धिकता भएको टिप्पणी गरे ।

संग्रहमा लेखक मैनालीले 'मनको वह बाट उम्किन खोज्नेहरूप्रति !' समर्पण गरेका छन् । प्रा.डा. लुईंटेलले यो पुस्तक अहिलेको निकै उत्कृष्ट निबन्ध संग्रह भएको टिप्पणी गरे ।

कार्यक्रममा लेखकीय मन्तव्य राख्दै  पुस्तकका लेखक मैनालीले निबन्धमा आफूले लेखेको पुस्तकमा सबैको भावना समेट्ने प्रयास गरेको बताए ।

'मैले  निबन्ध संग्रहमा उन्मुक्त भएर मेरा कुनै परिवेशका घटना उठाएको छु । तर त्यो मेरो मात्र हैन सबैको हो,' उनले भने।

कार्यक्रममा प्रमुख अतिथि एवम् इतिहासविद् दिनेशराज पन्तले मैनाली सत्यप्रति उन्मुख व्यक्ति भएको बताए । उनले भने,'मैनालीज्यू सत्यप्रति उन्मुख मान्छे हुनुहुन्छ, उहाँको लेखनमा पनि त्यो शक्ति झल्किन्छ ।'

मैनालीको लेखाइ सलल बगेको र पढ्दा आनन्द आउने प्रकृतिको भएको उनले बताए । उनले भने, 'पुस्तक पढ्दा आनन्द आउँछ भने धेरै नै सूचना तथा जानकारीमूलक पनि छ ।'

पन्तले  पुस्तक भोलिको नेपालको शैक्षिक, प्रशासनिक इतिहासमा दस्तावेज हुने समेत उल्लेख गरे ।

कार्यक्रममा पूर्व प्रशासक विमल कोइराला, प्रा.डा. तुलप्रसाद कोइराला, प्रा.डा. खेम कोइराला बन्धु, लीला लुइँटेललगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवम् कार्यक्रमका सभापति बाजुराम पौडेलले मैनालीको पुस्तक निकै  उत्कृष्ट  रहेको र यसलाई सार्वजनिक गर्न पाउनु गर्वको कुरा भएको बताए । यसअघि मैनालीका ४ वटा पुस्तक प्रकाशित छन् भने अन्य फुटकर रचनाहरू प्रकाशित छन् ।

शनिवार सार्वजनिक निबन्ध संग्रह सन्तोषी माता सञ्चार प्रालिले प्रकाशन गरेको हो । पुस्तकको मूल्य ४०० रूपैयाँ राखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x