×

NMB BANK
NIC ASIA

लोकान्तर स्टुडियोमा गगन थापा

वैशाखमा चुनाव नगरे संविधानको अपव्याख्या हुन्छ : गगन थापा [भिडियो अन्तर्वार्ता]

माघ ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी वैशाखमा स्थानीय तहको चुनाव हुने बताएका छन् । 

Muktinath Bank

लोकान्तर डटकमसँगको अन्तर्वार्तामा थापाले संविधान अनुसार वैशाखमा जसरी पनि चुनाव गर्नैपर्ने र त्यसलाई कुनै पनि बहानामा सार्न नमिल्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विभिन्न कारण देखाएर चुनाव सार्न खोजियो भने त्यो संविधानको अपव्याख्या हुन्छ । हामी त्यसो हुन दिनेछैनौं । कांग्रेस वैशाखमा चुनाव गर्ने पक्षमा छ । गठबन्धनलाई पनि त्यसअनुसार तयार गरिन्छ’, महामन्त्री थापाले भने । 


Advertisment
Nabil box
Kumari

गठबन्धनमा रहेका केही दलहरूले तत्काल चुनाव नचाहेको भए पनि संविधान अनुसार वैशाखमा स्थानीय तहको चुनाव गर्नैपर्ने उनले बताए ।

Vianet communication
Laxmi Bank

‘प्रधानमन्त्री वैैशाखमा स्थानीय तहको चुनाव गर्ने कुरामा स्पष्ट हुनुहुन्छ । मैले भर्खरै उहाँसँग चुनाव र सरकारको कामको बारेमा विस्तृतमा छलफल गरेको छु । कांग्रेसकै कारण चुनाव सर्छ भन्ने कुरामा सत्यता छैन । त्यो हावादारी हो’, थापाले लोकान्तरसँग भने । 

स्थानीय तह एक दिन पनि जनप्रतिनिधिविहीन नहोस् भन्ने उद्देश्यले संविधान र कानूनमा सोही अनुसारको व्यवस्था गरिएकाले त्यसलाई पालना गर्नुपर्ने थापाले बताए । 

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारको काममा सन्तोष गर्ने ठाउँ नभएको स्वीकार्दै कार्यशैली सुधार गर्न पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको उनले बताए ।

यसअघि प्रधानमन्त्री देउवा कांग्रेसको महाधिवेशन सम्पन्न गराउन लाग्नुभएकाले सरकारको काममा कम ध्यान गएको र आगामी  दिनमा देउवाले पार्टीभन्दा बढी सरकारको काममा ध्यान दिने थापाले बताए । 

‘हामीले एक दुई घण्टा मात्रै पार्टी सभापति बन्नुहोस्, १८/२० घण्टा प्रधानमन्त्री भइदिनुहोस् भनेका छौं । अबको केही सातामा प्रधानमन्त्रीको काम गर्ने शैली, तरिका बदलिनेछ भनेर अपेक्षा गरेर बसेको छु’, थापाले अन्तर्वार्तामा भने ।

अहिलेको जटिल परिस्थितिमा सरकार जसरी चल्नुपर्ने हो त्यसरी चलिरहेको छैन भन्नेकुरा प्रधानमन्त्रीले ख्याल गर्नुपर्ने थापाले बताए । अबको केही दिनमा प्रधानमन्त्रीको कार्यशैली फेरिने पनि थापाले बताए । 

‘त्यसका योजना बनेका छन् । प्रधानमन्त्रीले गरेको कामको बारेमा जनताले थाहा पाउनुपर्छ भनेर देशवासीको नाममा सम्बोधन गर्ने लगायतको योजना बनेको छ’, उनले भने । 

आगामी दिनमा पार्टी सञ्चालनका क्रममा सभापतिसँग सहकार्य र संघर्ष दुवै हुने थापाले स्पष्ट पारे । 

उनले भने, ‘पार्टी सभापतिसँग कतिपय ठाउँमा सहकार्य होला, कतिपय ठाउँमा संघर्ष पनि होला, उहाँलाई मैले इन्करेज नै गर्ने हो । सभापतिले विवेक पनि पुर्‍याउनुभयो, न्याय पनि गर्नुभयो भन्ने अवस्था बनोस भन्ने मेरो चाहना छ ।’

हेर्नुहोस्,करेन्टअफेयर्सका लागि लोकान्तर डट्कमका सम्पादक विमल गौतमले कांग्रेस महामन्त्री थापासँग लिएको अन्तर्वार्ता :

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x