×

NMB BANK
NIC ASIA

चुनावी चर्चा

स्थानीय चुनाव : धनगढी उपमहानगरमा पुरानै आकांक्षी, कुन दलबाट को-को दौडमा ?

माघ २७, २०७८

NTC
Sarbottam
बायाँबाट वड, हमाल, चन्द र अधिकारी
Premier Steels
Marvel

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेशको एक मात्रै उपमहानगरपालिका धनगढीमा निर्वाचन केन्द्रित गतिविधि तीव्र बनेका छन् ।

Muktinath Bank

दलहरूले धनगढी उमहानगरपालिकामा चुनावी तयारी थालेका हुन् । दलहरूबाट उम्मेदवारको टुंगो लाग्न बाँकी नै छँदा नेताहरू टिकट हत्याउन लबिङमा लागिसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसपटक  धनगढीमा अधिकांश पुरानै अनुहार दोहोरिनसक्ने चर्चा छ । कोही आफ्नो विरासत जोगाउने कसरतमा छन् भने कोही विगतको हारलाई उल्ट्याउँदै जीत निकाल्ने गृहकार्यमा छन् ।


Advertisment
Nabil box
Kumari

वर्तमान मेयर नृपबहादुर वडका प्रत्यासी उम्मेदवार रहेका धनगढीका व्यवसायी एवं समाजसेवी गोपाल (गोपी) हमाल पुनः उम्मेदवार बन्ने ध्याउन्नमा छन् । 

Vianet communication
Laxmi Bank

उनी सामाजिक सञ्जाललाई भरपुर उपयोग गर्दै आफ्नो पक्षमा माहोल सिर्जनामा जुटेका हुन् ।

सल्लाह गर्न बाँकी नै छ, तर उम्मेदवारी दिन्छु– हमाल

उनले गत निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए ।

हालका मेयर वडले १४ हजार ३२४ मत प्राप्त गरी निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी रहेका हमालले ११ हजार ५२७ मत प्राप्त गरेका थिए ।

गत निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका उम्मेदवार क्रमशः तेस्रो र चौथो स्थानमा सीमित रहे ।

अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका हमाल आगामी निर्वाचनमा भने विवेकशील साझा पार्टीबाट उम्मेदवारी दिने तयारीमा छन् । तर अझै स्वतन्त्र रूपमा उम्मेदवारी दिने वा विवेकशील साझा पार्टीबाट उम्मेदवारी दिनेबारे औपचारिक निर्णयमा पुग्न नसकेको उनको भनाइ छ । 

उनी विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक हुन् ।

हमालले भने, ‘अझै केही भन्न सकिने अवस्था छैन । अझै साथीहरूसँग छलफल गर्न बाँकी नै छ । तर उम्मेदवारी त दिइन्छ नै ।’

उनी सुन्दर सुदूरपश्चिमका अभियन्ता पनि हुन् ।

कांग्रेसबाट मेयरमा वड दोहोरिने चर्चा

नेपाली कांग्रेसका नेता समेत रहेका धनगढी उपमहानगरपालिकाका मेयर वडले अझै एक कार्यकाल दोहोरिन पाउनुपर्ने भन्दै सार्वजनिक रूपमै लबिङ गर्न थालेका छन् ।

आफूले धेरै विकास निर्माणको कार्य शुरू गरेको बताउँदै उनले केही सम्पन्न भएको र केही अधुरै रहेकाले त्यसको सफलताका लागि आगामी कार्यकाल समेत आफू उम्मेदवार हुन पाउने पर्ने उनको जिकिर छ ।

‘मेरो कार्यकाल संघर्षमय बित्यो । १९ वर्षपछि स्थानीय सरकार आएको अवधि हो । कानून निर्माणसँगै सबै वडाहरूमा भौतिक संरचनादेखि अन्य विकास निर्माणको जिम्मेवारी रहेको कार्यकाल हो । महामारीका बीच कार्यकाल बित्दैछ । विकास निर्माण धमाधम भइरहेका छन् । केही सम्पन्न भएका छन्, केही भर्खर शुरू भई सञ्चालनका अवस्थामा छन् । त्यसलाई सफलतापूर्वक सम्पन्न गर्न पनि मेरो उम्मेदवारी हुनेछ ।’

प्रत्येक वडाहरूमा ३ करोडको भौतिक संरचना, फाप्ला क्रिकेट अन्तर्राष्ट्रिय रंगशालाको व्यवस्थापन, वडा नं. ३ मा १० बिघा क्षेत्रफलमा बसपार्क र ७ बिघा क्षेत्रफलमा प्रदर्शनी स्थल निर्माणको डीपीआरको तयारी भइररहेको मेयर वडको भनाइ छ ।

वडा नं. ७ मा ल्यान्डफिल्ड साइड निर्माण, प्रत्येक वडामा खानेपानी, सडक निर्माणको प्रक्रिया अगाडि बढेको बताउँदै मेयर वडले वडा नं. १६ स्थित बेहडाबाबा मन्दिर क्षेत्रमा विभिन्न खण्डसहितका करीब २० करोड बजेटको निर्माण कार्य भइरहेको दाबी गरे ।

नेपाली कांग्रेसबाट हालका मेयर वड मात्रै होइनन्, धनगढीका व्यवसायी कृष्ण महरा, धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्टको नाम पनि मेयरको आकांक्षी उम्मेदवारको रूपमा चर्चामा छ ।

पार्टीले जिम्मेवारी दिए उम्मेदवारी दिन्छु– अधिकारी

गत निर्वाचनमा माओवादी केन्द्रबाट उपमेयर पदका लागि उम्मेदवारी दिएकी शान्ति अधिकारी क्षेत्रीले आगामी निर्वाचनमा मेयरका आकांक्षी उम्मेदवारको रूपमा आफूलाई प्रस्तुत गर्न थालेकी छिन् ।

पार्टीले आवश्यक ठानेको अवस्थामा आफूले विगतको अनुभवबाट सिक्दै नयाँ रणनीतिका साथ उम्मेदवारी दिने अधिकारी सुनाउँछिन् ।

उनले भनिन्, ‘पार्टीले आवश्यक ठानेको अवस्थामा मेरो तयारी स्वाभाविक रूपमै रहन्छ । हामी विगतको अनुभवबाट पाठ सिक्दै नयाँ रणनीतिका साथ उपमहानगरको विकासका लागि मेरो तयारी रहन्छ । हामी पनि केही गर्न सक्छौं भन्ने लाग्छ । तर अझै टुंगो लाग्न बाँकी नै छ ।’

अन्य दलका उम्मेदवार पनि तयारीमा जुट्न थालेका छन् । 

एमालेबाट चन्द, खातीलगायत

नेकपा एमालेबाट रणबहादुर चन्द, राजेश खाती, यज्ञराज बास्तोला, दुर्गा जोशीलगायतको नाम चर्चामा आउन थालेको छ ।

त्यस्तै एकीकृत समाजवादीबाट राजेश भण्डारीलगायतको नाम पनि चर्चामा रहेको छ ।

‘अहिलेसम्म राजनीतिक दलको सत्ता गठबन्धन कायमै रहेको छ । यसले निरन्तरता पनि पाउँछ ।

राजनीतिक दलबाट आकांक्षी देखिनु राम्रो कुरा हो । तर गठबन्धनले निर्णय गरेपछि आधिकारिक होला, एकीकृत समाजवादीबाट मलाई सार्ने कुरा हुँदैछ,’ भण्डारीले भने ।

हाल दलगत रूपमा आकांक्षी उम्मेदवारहरूको नाम सार्वजनिक हुन थाले पनि उम्मेदवारहरूको अन्तिम टुंगो भने गठबन्धनको भविष्य र महत्त्वपूर्ण राष्ट्रिय राजनीतिक मुद्दाहरूको टुंगो लागेपछि हुनेछ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेपाली कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धनलाई कुनै पनि हालतमा तोड्ने रणनीतिमा छ । 

अर्कातिर गठबन्धनलाई निरन्तरता दिई निर्वाचनमा होमिने सत्तारुढ दलहरूको तयारी छ । गठबन्धनकै कारण हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा भोगेको हारले नेकपा एमाले थेरै तर्सिएको देखिन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x