असोज १०, २०८०
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
‘हत्केलामा अट्ने मनुवा’ जीवन यात्रा पुस्तक नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर लेखनाथ भुसालद्वारा लिखित उनको जन्मदेखि हालसम्म करीब साढे ७ दशकको जीवन भोगाइलाई यथार्थ रूपमा प्रस्तुत गरिएको जो कोहीको जीवनलाई सत्मार्गमा डोर्याउने सान्दर्भिक लेखहरूको संगालो हो ।
पुस्तकमा रहेका जम्मा १२ वटा शीर्षकमा नेपाली भाषामा लेखिएका लेखहरू ७८ पानामा समावेश गरिएका छन् । पुस्तकको अन्त्यमा निष्कर्षसहित अनुसूचीमा केही पारिवारिक फोटाहरू र दोस्रोमा अर्घा दरबार क्षेत्रका केही ऐतिहासिक र धार्मिक फोटाहरू समावेश गरिएका छन् ।
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरको पदबाट अवकाशपछि केही रचनात्मक कार्य गर्ने र युवा पिँढीलाई थोरै भए पनि आफ्नो जीवन यात्रालाई सत्कर्ममा अघि बढाउन प्रेरणा मिल्नेछ भन्ने उद्देश्यबाट शुरू गरिएको पुस्तकभित्र हत्केलामा अट्ने मनुवा, मावली घर, माध्यमिक शिक्षा अध्ययन, उच्च शिक्षा अध्ययन र सोकालका अविस्मरणीय घटना, जागिरे जीवनको अभियान, वैवाहिक जीवन, विदेश भ्रमण, सेवा निवृत्त जीवनका पक्षहरू, स्वदेश–विदेशको संस्मरण लगायतका विषयमा जीवनोपयोगी सामग्री लेखेका छन् ।
आत्म संस्मरणको पहिलो श्रीगणेश लेखकले आफू ७ महिनामा जन्मिँदा आमाको हत्केलाभरि भएको भनी ‘हत्केलामा अट्ने मनुवा’बाट वर्णन गरिएको छ । २००२ चैत्र २२ गते बिहीवार जन्मेका उनले आफ्नो पुख्र्यौली थलो अर्घाखाँची जिल्लाको ‘अर्घाकोट’को ऐतिहासिक महत्त्वको चर्चा गरेका छन् ।
समयभन्दा बलवान् कोही नहुने र आमाको मायाभन्दा निःस्वार्थ माया कसैको नहुने तर्क गर्दै लेखकले आफ्नो स्वर्णिमकाल भनेर बाल्यकाल तथा जन्मभूमिको रोचक वर्णन गरेका छन् ।
आफ्ना जेठा मामा जीवनारायण बेल्बासेको शिक्षाप्रतिको उच्च अनुरागका कारण माध्यमिक शिक्षा तथा आईएसम्म मामाघर कृष्णनगरमा बसेर दैनिक २ कोस पैदल यात्रा गरी गान्धी आदर्श इन्टरमिडियट कलेजमा पूरा गरेको कथा प्रेरणादायी छ । पढाइकै क्रममा पहिलोपटक भारतको बाटो हुँदै पटना ‘डकोटा’ हवाइ सेवाबाट काठमाडौं आएको कुराले अहिलेका युवा पुस्तालाई अचम्मित तुल्याउँछन् ।
काठमाडौंको त्रिचन्द्र कलेजबाट विक्रम संवत् २०२४ सालमा बीए उत्तीर्ण गरी जागिरे जीवनको अस्थायी शुरूआत २०२६ सालदेखि गरेर २०३३ सालबाट नेपाल राष्ट्र बैंकको सहायक अनुसन्धान अधिकृत भएर जीवनलाई स्थायित्वतर्फ जोडेको घटनाक्रमले निजामतीबाट वित्तीय संस्थाको जागिर प्रतिआकर्षण बढेको कुराले एक ढोका बन्द हुँदा अरु कैयौ ढोका खुल्ने र त्यसले अझ बढी अवसर ल्याउने प्रेरणा पाउन सकिन्छ ।
मूलधारका केन्द्रीय बैंकिङ कार्य तथा सरकारको आर्थिक सल्लाहकारको रूपमा गरिने आर्थिक, वित्तीय, मौद्रिक, अनुसन्धानकर्ताका लागि अर्थशास्त्र, व्यवस्थापन विषयमा ज्ञान हुनुपर्ने तर कानून विभागको सहयोगी भूमिका हुने भन्ने सुनेपछि ‘सर्पमा विष र मानिसमा ईख’ भएन भने त्यसले जीवनमा केही गर्न नसक्ने ठानी अर्थशास्त्रमा एमए डिग्री हासिलपश्चात् बैंकको मूल प्रवाह अनुसन्धान विभागमा काम शुरू गरेको यथार्थले आफ्नो क्षमता निरन्तर बढाउनुपर्छ, केवल इच्छा मात्र गरेर हुँदैन भन्ने प्रेरणा प्रदान गर्छ ।
तत्पश्चात् निरन्तर रूपमा प्रगतिउन्मुख हुँदै कार्यकारी निर्देशक हुँदै संस्थाकै दोस्रो उच्च पद डेपुटी गभर्नरको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवा निवृत्त हुनुमा आफ्नो इमान्दारिता, मेहनत, धैर्यता र नैतिकता रहेको लेखकले पुस्तकमा धेरै ठाउँमा झल्को दिएका छन्, जुन अहिलेका युवा पिँढीलाई उत्प्रेरणा बन्ने कुरामा दुइमत छैन । (पेज २४) आफू कम बोल्ने र अरुको कुरा बढी सुन्ने क्षमताका व्यक्तित्व गभर्नर स्व. श्री कूलशेखर शर्माबाट पाएको प्रेरणाले हामीलाई सत्मार्गमा डोर्याउने असल अभिभावक बनाउन प्रेरित गर्दछ । तत्कालीन राजा महेन्द्रको बर्मा भ्रमणका क्रममा नेपालीलाई स्वदेश फर्केर आफ्नो देशमै सीप, परिश्रम र पसिनाबाट विकासमा समर्पित हुन आह्वान गरेको हालको समयमा अझ बढी सान्दर्भिक हुन्छ ।
लेखकले आफ्नो वैवाहिक जीवन पनि बर्माबाट फर्किएको परिवारसँग भएको, जागिर तथा परिवारको साथले कसरी एक्लो ज्यान समय क्रमसँगै हाल १० सदस्यीय हुन पुग्यो भनी रमाइलोसँग वर्णन गरेका छन् । नेपाली समाजमा देखापरेको युवा पलायनको समस्यालाई यथार्थपरक रूपमा केलाएका छन् । आफ्ना सन्ततीको उज्जवल भविष्य र आफ्नै लौरो हुने आशामा उच्च शिक्षाका लागि विदेश पठाउने र कालान्तरमा त्यतै भाँसिने प्रवृतिले आमाबुवाको सपनामा तुषारापात भइरहेको अवस्थाप्रति चिन्तित देखिन्छन् उनी । तथापी तिनै सन्तानका शिशु (नाति–नातिना) लाई हेरचाह गर्न जान वृद्धवृद्धा अभिभावकले पाउने पर्यटक भिसालाई ‘तेले भिसा’ नामकरण गरेका लेखकले आफूलाई पनि यस भिसाले राहत भएको भन्दै रमाइलो पारामा यथार्थ वर्णन गरेका छन् ।
लेखक आफ्नो डेपुटी गभर्नरको कार्यकाल निकै फलदायी भएको र यसकालमा केन्द्रीय बैंकको उच्च व्यवस्थापनबाट गरिने आर्थिक, मौद्रिक तथा वित्तीय नीतिगत प्रक्रिया र कार्यान्वयन पक्षबारे निर्णय सहभागिताले व्यावहारिक ज्ञान खारिएको बताएका छन् । (पेज ३७) कर्मचारीमा व्यावसायिकता, सीप विकास तथा कार्यशैलीमा चुस्तताका साथै समष्टिगत उत्पादन वृद्धिमा तालिमप्राप्त कर्मचारीको योगदान रहने हुँदा नेपाल राष्ट्र बैंकले उच्च प्राथमिकता दिने बताएका छन् । विदेशमा उच्च शिक्षा, तालिम, अनुभव आदानप्रदान तथा अवलोकन भ्रमणबाट प्राप्त ज्ञान सैद्धान्तिक तथा व्यावहारिक पक्षबाट उपयोगी रहेको बताउँदै लेखकले देश, आयोजक संस्थाको नाम र उद्देश्यबारे वर्णन गरेका छन् ।
नेपाली मुद्रा छपाइका क्रममा जर्मनमा गरिएको सुपरिवेक्षण, फिडिरल रिजर्ब बैंक अमेरिकामा भएको तालिम, विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषहरूका सेमिनार लगायतका सहभागितामा गरिने काम कुराले विषयवस्तुबारे जो कोही जिज्ञासुलाई पुस्तक पढ्न फलदायी हुने देखिन्छ । (पेज ४९)
२०६२ सालदेखि ३३ वर्षे जागिर बिताएर अवकाश जीवन बिताइरहेका ७७ वर्षीय लेखकले सेवानिवृत्त भएपछि आफ्नो घर बनाउँदाका चर्चा तथा सामाजिक सेवा हुन् या उनले अध्ययन गरेका साहित्य, उपन्यास तथा धार्मिक ग्रन्थबारे विचार पढ्दा उनको सक्रिय तथा स्वस्थ जीवनको आभास पाइन्छ ।
‘सेवा नै धर्म हो’ भन्दै सकेको सहयोग आर्थिक, भौतिक वा परामर्श सहयोग गर्नुमा नै आनन्द हुने शाश्वत सत्यमा लेखकले पर्याप्त समय खर्चेका छन् । असल मान्छे जति दुःख पर्दा पनि अविचलित रही आफ्नो कर्तव्यमा लागिरहँदा सफल भइने उदाहरण पात्र विनोदमार्फत पेश गरेका छन् । कोभिड–१९ महामारीका कारण वर्तमान सभ्यता, आहारविहार, रहनसहनमै आमूल परिवर्तनकर्ताका रूपमा कोरोना कहरले राजा– रंकलाई समान रूपमा निरीह तुल्याएकाले विश्वबाटै कोरोना निर्मूल गर्न सबैको योगदान अनिवार्य रहेको तर्क गर्दछन् उनी ।(पेज ७८)
अन्त्यमा, आर्थिक क्षेत्रमा सरोकार राख्ने आमपाठक वर्ग लगायत बैंक, वित्तीय संस्थामा काम गर्ने कर्मचारीलाई सत्कर्मले जीवन जीउने उत्प्रेरणा जगाउन यो पुस्तक सफल छ । दोस्रो संस्करण निकाल्दा लेखकले केन्द्रीय बैंकको उच्च व्यवस्थापनबाट गरिने आर्थिक, मौद्रिक तथा वित्तीय नीतिगत प्रक्रिया र कार्यान्वयन पक्षबारे व्यावहारिक ज्ञान प्रदान गर्ने खालका अनुभव सहितका खुराकहरूमा प्राथमिकता दिन सके पुस्तक अर्थशास्त्र र व्यवस्थापनका अवयवमा रुचि राख्ने, बैंकिङ सेवामा जान चाहने, लोक सेवाको तयारी गर्ने विद्यार्थीका लागि सन्दर्भ सामग्रीको रूपमा पनि प्रयोग हुनसक्ने देखिन्छ ।
पुस्तकको नाम : हत्केलामा अट्ने मनुवा (जीवन यात्रा)
लेखक : लेखनाथ भुसाल
प्रकाशक : निर्मला भुसाल, टोखा नगरपालिका–५ काठमाडौं ।
मूल्य : व्यक्तिगत रु. १५१/–
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...
दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...