×

NMB BANK
NIC ASIA

ठूला पार्टीको हिसाब-किताब

धनी पार्टी एमाले सवा करोड घाटामा, कांग्रेस नाफामा उक्लियो, माओवादीको कमाइ जम्मा ७६० रुपैयाँ

फागुन २५, २०७८

NTC
Premier Steels

झन्डै २२ करोड रुपैयाँ बचतमा रहेको नेकपा एमालेले गत आर्थिक वर्षमा सवा करोड रुपैयाँ घाटामा व्यहोरेको पाइएको छ  ।

Muktinath Bank

आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदनअनुसार एमालेको वचत १ करोड २७ लाख २० हजार ५०९ रुपैयाँले घटेर २१ करोड ६६ लाख २७ हजार २९० रुपैयाँ कायम भएको हो  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७६/०७७ मा  नेकपा एमालेसँग २१ करोड ६६ लाख २७ हजार २९० रुपैयाँको खुद बचत/सम्पत्ति रहेको थियो  ।


Advertisment
Nabil box
Kumari

आर्थिक वर्ष २०७७/०७८ मा १ करोड २७ लाख २० हजार ५०९ रुपैयाँ घाटा भए पनि एमालेसँग हाल कुल २१ करोड ६६ लाखभन्दा बढी रुपैयाँको सम्पत्ति छ  ।

Vianet communication

२०७८ पुस ७ गते के. खरेल एन्ड कम्पनीका रजिस्टर्ड अडिटर कमल खरेलले आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण गरेर दिएको प्रतिवेदन एमालेको केन्द्रीय कमिटीबाट पारित गरिएको थियो ।

उक्त प्रतिवेदनमा एमालेका महासचिव शंकर पोखरेल, पार्टीको केन्द्रीय कार्यालयका लेखा प्रमुख राजेन्द्रकुमार श्रेष्ठ र अडिटर खरेलसहित तीन जनाको हस्ताक्षर छ  ।

आर्थिक वर्ष २०७७/०७८ मा एमालेले ५४ लाख ७५ हजार ४३० रुपैयाँ आम्दानी गरेको छ  । सदस्यता, लेभी र नवीकरण शुल्कबाट ७ लाख १४ हजार २५५ रुपैयाँ आम्दानी भएको छ  ।​

स्वदेशबाट व्यक्तिगत रूपमा १८ लाख ६२ हजार ८४३ रुपैयाँ आर्थिक सहयोग चन्दाबाट प्राप्त भएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 प्रकाशन बिक्री गरेर २० हजार ४२० रुपैयाँ, ब्याजबाट २८ लाख ७७ हजार ९१२ रुपैयाँ आम्दानी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ  ।

२५ हजार रुपैयाँभन्दा बढी चन्दा भने उक्त वर्षमा कुनै पनि व्यक्ति वा संस्थाबाट नलिइएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी कार्यालय सञ्चालनमा १ करोड ३४ लाख ९ हजार २६९ रुपैयाँ, प्रकाशनमा १३ लाख ४ हजार ६ सय रुपैयाँ, पूँजीगत खर्च र लगानीमा २५ लाख ६८ हजार ४६७ रुपैयाँ खर्च भएको पार्टीको अडिट रिपोर्टमा उल्लेख गरिएको छ  ।

आर्थिक वर्ष २०७६/०७७ मा भने एमालेले ४ करोड ३० लाख ९९ हजार १३१ रुपैयाँ आम्दानी गरेको थियो । त्यसैगरी सोही वर्षमा पार्टीको प्रशिक्षण तथा कार्यक्रममा ४९ लाख ३० हजार ७५५ रुपैयाँ, निर्वाचनमा ८० लाख ४० रुपैयाँ, कार्यालय सञ्चालनमा २ करोड ६६ लाख ७५ हजार २८३ रुपैयाँ, प्रकाशनमा १२ लाख १९ हजार ८१५ रुपैयाँ र पूँजीगत खर्च तथा लगानीमा ४ लाख ८८ हजार ५९ रुपैयाँ खर्च गरिएको थियो  ।

कार्यालय सञ्चालनमा १ करोड ४२ लाख खर्च

उक्त आर्थिक वर्षमा कार्यालय सञ्चालनमा १ करोड ४२ लाख १८ हजार ७४ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

घर बहालमा १६ लाख ६७ हजार ५०० रुपैयाँ, सञ्चारमा ४ लाख ६६ हजार ५० रुपैयाँ, छपाई तथा स्टेसनरीमा ५ लाख १२ हजार २७९ रुपैयाँ, बिजुली तथा इन्धनमा ८ लाख १५ हजार ३३९ रुपैयाँ खर्च गरिएको छ ।

यातायात तथा भ्रमणमा २ लाख ५८ हजार ४०० रुपैयाँ, जलपान तथा पाहुनामा १९ लाख २० हजार ११३ रुपैयाँ, मर्मत सम्भारमा ४१ लाख ३७ हजार १९ रुपैयाँ, कार्यकर्ताको उपचारमा ८ हजार रुपैयाँ खर्च भएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

ह्रासकट्टीमा ८ लाख ८ हजार ५ रुपैयाँ, सरसफाइमा १ लाख ६१ हजार ४०० रुपैयाँ, कर्मचारीको तलब भत्तामा ३४ लाख ६३ हजार १५५ रुपैयाँ र कार्यालय सञ्चालनमा १ करोड ७ लाख ५४ हजार ९१९ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ  ।

पूँजीगत लगानीमा २५ लाख ६८ हजार खर्च

एमालेले पूँजीगत खर्च तथा लगानीमा २५ लाख ६८ हजार ४६७ रुपैयाँ खर्च गरेको छ ।

१४ लाख ७० हजार ६७२ रुपैयाँको फर्निचर खरिद, १० लाख ९७ हजार ७९५ रुपैयाँको कार्यालयका उपकरण खरिदसहित कुल २५ लाख ६८ हजार रुपैयाँ पूँजीगत खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ  ।

गत वर्षसम्म जम्मा ९ लाख ५२ हजार ४४४ रुपैयाँको सवारी साधन खरिद गरिएको भए पनि आर्थिक वर्ष २०७७/०७८ मा सवारी साधनमा खरिदमा खर्च गरिएको छैन  ।

बैंकमा १८ करोड ९२ लाख नगद मौज्दात

एमालेको खातामा १८ करोड ९२ लाख १५ हजार ६२५ रुपैयाँ बैक मौज्दात रहेको छ  ।

आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्ममा उक्त पार्टीले कृषि विकास बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक, नेपाल बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक, प्रभु बैंक र नवयुग सहकारीसहितका बैंक तथा वित्तीय संस्थामा रकम मौज्दात राखेको छ  ।

आर्थिक वर्ष २०७६/०७७ मा भने १८ करोड ४९ लाख ५४ हजार १२४ रुपैयाँ मात्र बैंक खातामा मौज्दात रहेको थियो ।  

नाफामा उक्लियो कांग्रेस

अघिल्लो आर्थिक वर्षमा १ करोड १० लाख रुपैयाँ घाटामा गएको कांग्रेस सरकारमा उक्लिएको वर्ष आव २०७७/०७८ मा भने ८ करोडभन्दा बढी नाफामा गएको छ ।

नेपाली कांग्रेसको लेखा परीक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/०७७ मा १ करोड १० लाख ४४ हजार १९० रुपैयाँ घाटामा रहेको कांग्रेस आर्थिक वर्ष २०७७/०७८ मा ८ करोड १६ लाख ६२ हजार ११६ रुपैयाँ नाफामा गएको हव ।

आर्थिक वर्ष २०७७/०७८ मा कांग्रेसले ११ करोड २१ लाख ११ हजार १२१ रुपैयाँ कुल आम्दानी गरेकोमा ३ करोड ४ लाख ४९ हजार १०५ रुपैयाँ मात्र खर्च हुँदा ८ करोड १६ लाख ६२ हजार रुपैयाँ बचत भएको छ ।

दस्तुर तथा नवीकरणबाट ९ करोड २४ लाख ९४ हजार ९४४ रुपैयाँ, चन्दा तथा सहयोगबाट १ करोड ३ लाख ४१ हजार ६५७ रुपैयाँ, कुपन तथा पब्लिकेसनबाट ८ लाख ३९ हजार ५० रुपैयाँ र अन्य आयबाट ८४ लाख ३५ हजार ५६९ रुपैयाँ आम्दानी भएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कांग्रेससँग १७ करोडको खुद सम्पत्ति

नेपाली कांग्रेससँग १७ करोड ३ लाख १८ हजार १७० रुपैयाँको खुद सम्पत्ति छ ।

साधारण जगेडा कोषमा ९ करोड ९७ लाख ४३ हजार २५९ रुपैयाँ, निश्चित प्रयोजन कोष (भवन निर्माण)मा ७ करोड ५ लाख ७४ हजार ९१० रुपैयाँ रहेको देखिन्छ ।

स्पर्श गर्न सकिने सम्पत्ति ५ करोड ५४ लाख ४३ हजार ४१० रुपैयाँ, लगानी ६ करोड ५० लाख रुपैयाँ, बैंकमा नगद मौज्दात ३ करोड ११ लाख ३९ हजार ८६२ रुपैयाँ रहेको छ ।

त्यसैगरी अन्य चालू सम्पत्ति ३ करोड ६८ लाख ५ हजार २८० रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

१ करोड ७८ लाख साधारण तथा प्रशासनिक खर्च

नेपाली कांग्रेसले आर्थिक वर्ष २०७७/०७८ मा १ करोड ७८ लाख ८८ हजार ३२९ रुपैयाँ प्रशासनिक तथा साधारणतर्फ खर्च गरेको छ ।

टेलिफोन तथा इन्टरनेटमा ४ लाख २१ हजार ६८ रुपैयाँ, अतिथि सत्कारमा १ लाख ५४ हजार ११४ रुपैयाँ, छपाई तथा मसलन्दमा १३ लाख ४४ हजार १६९ रुपैयाँ खर्च भएको छ ।

भ्रमण, ट्याक्सी तथा गाडी भाडामा २२ हजार ६०० रुपैयाँ, चिया, जलपानमा १७ हजार ६३० रुपैयाँ, पानीमा १ लाख ३१ हजार २१५ रुपैयाँ, विद्युतमा ४ लाख ४८२ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

मर्मत सम्भारमा ३ लाख ५८ हजार ४१५ रुपैयाँ, इन्धनमा १ लाख ५५ हजार २८४ रुपैयाँ खर्च भएको छ ।

सबैभन्दा बढी कोरोनाको लागि आर्थिक सहयोगमा १ करोड २८ लाख ५४ हजार ५०० रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

विभिन्न कार्यक्रममा ६५ हजार रुपैयाँ, खाजा तथा किचेनमा १ लाख ६७ हजार ५४५ रुपैयाँ, बैठकमा १ लाख ६२ हजार ५३३ रुपैयाँ खर्च भएको छ ।

कांग्रेसले सोसलिस्ट इन्टरनेसनलको सदस्यता लिँदा शुल्कमा ३ लाख ३१ हजार ३४० रुपैयाँ, सरसफाइमा १ लाख ५७ हजार ४९१ रुपैयाँ, पत्रपत्रिका तथा पुस्तकमा ५ हजार १०० रुपैयाँ, श्रद्धाञ्जलीमा ३२ हजार ५९४ रुपैयाँ, बीमामा ३८ हजार २४४ रुपैयाँ, विविधमा १ लाख २ हजार ४०१ रुपैयाँ खर्च भएको छ ।

उपचारमा ३ लाख १७ हजार ४२८ रुपैयाँ, केन्द्रीय समितिको बैठकमा २ लाख रुपैयाँ, सवारी नवीकरणमा २ लाख २२ हजार १० रुपैयाँ र वेबसाइट सम्भारमा १ लाख ५० हजार रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

एन.एस.ए. एन्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्टसका लेखापरीक्षक सीए आभास गौतमले गरेको लेखा परीक्षण प्रतिवेदन २०७८ मंसिर २२ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिसमक्ष प्रस्तुत गरिएको थियो ।

उक्त अडिट रिपोर्टमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कोषाध्यक्ष सीता देवी यादव, मुख्यसचिव कृष्णप्रसाद पौडेल, लेखाका सह–सचिव रविन बज्राचार्य र अडिटर आभास गौतमले हस्ताक्षर गरेका छन् ।

निरन्तर सरकारमा रहेको माओवादीको खातामा १६ लाख मात्र 

पछिल्लो केही वर्षदेखि निरन्तर सरकारमा सहभागी रहेको नेकपा माओवादी केन्द्रको बैंक खातामा भने १६ लाख १२ हजार ४५४ रुपैयाँ मात्र देखिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदन अनुसार उक्त वर्षमा २८ लाख ४७ हजार ४१९ रुपैयाँ आम्दानी गरेको माओवादीले २८ लाख ४६ हजार ६५० रुपैयाँ खर्च गरेको छ ।

गत आवमा माओवादीको जम्मा नाफा ७६० रुपैयाँ रहेको देखिन्छ ।

त्यसअघि अघिल्लो आर्थिक वर्षको मौज्दात रहेको १६ लाख ११ हजार ६९४ रुपैयाँ जिम्मेवारी सरी आएकोमा हालसम्मको जम्मा बचत १६ लाख १२ हजार ४५४ रुपैयाँ मात्र रहेको देखिएको छ ।

चालू दायित्व ३० हजार समेत जोडेर माओवादीको बैंक खातामा जम्मा खुद बचत १६ लाख ४२ हजार ४५४ रुपैयाँ छ ।

आर्थिक वर्ष २०७७/०७८ मा सदस्यता लेभी र नवीकरण शुल्कबाट २८ लाख २६ हजार रुपैयाँ, बहाल आयबाट १३ हजार रुपैयाँ, बैंकको बचत तथा मुद्दती खाताबाट आएको बैंक ब्याजबाट ८ हजार ४१९ रुपैयाँ मात्र आम्दानी भएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

पार्टीको कार्यालय सञ्चालनमा  २८ लाख २२ हजार ८०९ रुपैयाँ, पूँजीगत खर्च र लगानीमा २३ हजार ८५० रुपैयाँ खर्च भएको उल्लेख छ । कार्यालय सञ्चालन गर्दा सञ्चारमा ७७ हजार ३७० रुपैयाँ, बिजुली तथा इन्धनमा १ लाख २९ हजार १४ रुपैयाँ, यातायात तथा भ्रमणमा ६६ हजार २८५ रुपैयाँ, लेखापरीक्षण शुल्कमा ३० हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।

जलपान तथा पाहुनामा १ लाख ८६ हजार ४७६ रुपैयाँ, मर्मत सम्भारमा १ लाख ५० हजार ८६७ रुपैयाँ, पुस्तक तथा पत्रपत्रिकामा ६३ हजार ११७ रुपैयाँ खर्च गरिएको छ ।

त्यसैगरी अर्धकालीन कार्यकर्तामा २० लाख ८० हजार ९२० रुपैयाँ, कार्यकर्तासम्बन्धी अन्य खर्चमा १५ हजार रुपैयाँ सहित कार्यकर्तामा कुल २० लाख ९५ हजार रुपैयाँ खर्च गरिएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

भानु एसोसिएट्सका चार्टर्ड एकाउन्टेन्ट भानु कंडेलले हस्ताक्षर गरेको उक्त प्रतिवेदनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), मुख्य सचिव श्रीराम ढकाल र लेखा प्रमुख एविन्द्र पराजुलीले हस्ताक्षर गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

फागुन ४, २०८०

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोप लागेका नेपाली कांग्रेसका सांसद तथा डलर अर्बपति विनोद चौधरी केही दिनअघि भारत हानिए । ५ दिनअगाडि उनले भारतका केन्द्रीय जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावतसँग ...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x