माघ २४, २०८०
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
काठमाडाैं | फागुन ४, २०८०
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोप लागेका नेपाली कांग्रेसका सांसद तथा डलर अर्बपति विनोद चौधरी केही दिनअघि भारत हानिए ।
५ दिनअगाडि उनले भारतका केन्द्रीय जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावतसँग गण्डकको बाढीबाट नेपालले बेहोर्नुपरेको क्षतिबारे छलफल भएको भन्दै तस्वीरसमेत पोस्ट गरे ।
भारतका केन्द्रीय मन्त्रीसँग भेटेपछि नवलपरासीवासीले भोग्दै आएको समस्या न्यून गर्न सकिने विश्वास लिएको उनको दाबी थियो । तर, यथार्थमा विनोद चौधरी भारतीय मन्त्री या अन्य कुनै अधिकारीसँग द्विपक्षीय औपचारिक छलफलका लागि भारत पुगेका होइनन् ।
लोकान्तरले 'जलस्रोतसम्बन्धी कुनै विषयमा छलफल गर्न कांग्रेस सांसद विनोद चौधरीलाई औपचारिक रूपमा भारत पठाइएको हो र ?' भन्दै प्रधानमन्त्री कार्यालयमा प्रश्न गरेको थियो ।
प्रधानमन्त्री कार्यालयले विनोद चौधरी भारत गएको/या नगएकोबारे अनविज्ञता प्रकट गर्यो । 'कुनै सांसदलाई भारत पठाएर जलस्रोतसम्बन्धी छलफल गर्ने कुनै कार्यक्रम छैन । विनोद चौधरी आफैंले पनि म भारत गएर औपचारिक भेटवार्ता गर्छु भनेर प्रधानमन्त्री कार्यालय या परराष्ट्र मन्त्रालयमा जानकारी गराएका छैनन् । उनी आफ्नो हिसाबले गए होलान्, त्यसबारे थाहा भएन,' प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने ।
यद्यपि केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको विषयमा विनोद चौधरीको बयान लिने तयारी गरिरहेका बेला उनी सुटुक्क भारत छिरेर त्यहाँ राजनीतिक भेटघाट गर्नुले केही शंका उब्जाएको छ ।
सीआईबीका एक अनुसन्धान अधिकृतले भने, 'उहाँको बयान लिने तयारी भइरहेको छ तर उहाँ अहिले नेपालमा नरहेको हाम्रो प्रारम्भिक निष्कर्ष छ । उहाँको मुभमेन्ट हामी पनि हेर्दैछौं ।'
सीआईबीकै अनुसन्धान अधिकृतको भनाइलाई आधार मान्ने हो भने पनि चौधरी बयान छल्न शक्तिकेन्द्रलाई प्रभाव पार्ने उद्देश्यले भारत गएर राजनीतिक भेटघाट गरिरहेको पुष्टि हुन्छ ।
स्रोतका अनुसार विनोद चौधरीले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणलाई लिएर मात्र त्रसित छैनन्, देशैभर करिब आधा दर्जन ठाउँमा सरकारी जग्गा हडपेको आरोप उनीमाथि छ ।
'जुनसुकै जग्गाको मुद्दालाई लिएर पक्राउ पर्न सक्ने भय उहाँमा देखिन्छ,' नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने, 'जतिसुकै हाइप्रोफाइल भए पनि सरकारी जग्गा हिनामिनामा कसैलाई नछोड्न हाम्रो महामन्त्रीले संसदबाटै अनुरोध गरिसक्नुभएको छ । उनले गरेको हिनामिनाको छानबिन गर्नेबारे गठबन्धन सरकारमा दुईमत छैन ।'
विनोद चौधरीले कहाँ–कहाँ हडपेका छन् जग्गा ?
१. बाँसबारीछालाजुत्ताकारखानाको १० रोपनी जग्गा
पछिल्लो समय सबैभन्दा बढी चर्चित प्रकरण हो, बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा ।
विनोद चौधरीले उक्त जग्गा हडप्न आफ्नै सक्रियतामा २०४३ सालमा आफू, आफ्नो बुवा र परिवारका अन्य सदस्यहरू सेयर होल्डर रहने गरी च्याम्पियन फूटवेयर कम्पनी खडा गरेका थिए ।
कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई प्रभावमा पारी १० रोपनी जग्गा च्याम्पियन फूटवेयरको नाममा नामसारी गर्ने र बदलामा २५ सय कित्ता सेयर कारखानालाई दिने गैर-कानूनी सम्झौता गरियो ।
जग्गा हडपेपछि च्याम्पियन फूटवेयरले जुत्ता उत्पादन बन्द गर्यो । २०५४ सालमा नाटकीय ढंगबाट च्याम्पीयन फूटवेयर लिमिटेडलाई प्रालि बनाइयो र बाँसबारीको नाममा रहेको २५ सय कित्ता गायब पारियो ।
२०७४ सालमा चौधरी परिवारको अंशबन्डा हुँदा उक्त च्याम्पियन फूटवेयर कम्पनी विनोद चौधरीका सहोदर भाइ अरुण चौधरी र उनकी श्रीमती शीला चौधरीको नाममा पर्यो ।
२०७८ सालमा कम्पनीको नाम नै परिवर्तन गरेर सीजी चाँदबाग रेजिडेन्सी प्रालि राखियो ।
गैर-कानूनीरूपमा जग्गा हडपेर विनोद चौधरीले अंशबन्डाका क्रममा भाइको भागमा पारे पनि सो जग्गामा आफैंले सीजी चाँदबाग स्कूल चलाइरहेका छन् ।
सोही कसूरमा सीआईबीले गत माघ १८ गते अरुण चौधरी, बाँसबारीका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र अम्रपाली कन्स्ट्रक्सनका सञ्चालक सञ्जय ठाकुरलाई गिरफ्तार गरी ५ दिन हिरासतमा राखेको थियो ।
जिल्ला अदालतले पक्राउ परेका अभियुक्तहरूलाई हिरासतबाहिरैबाट मुद्दा लड्ने सुविधा दिएको छ ।
२. भैँसेपाटीस्थित सीजी हिल्सको नाममा पनि सरकारी जग्गा !
विनोद चौधरीको कम्पनी सीजी हिल्सले ललितपुरको भैँसेपाटीमा निर्माण गरिरहेको हाउजिङ परियोजनासम्म पुग्ने बाटोको जग्गा कब्जा गरिएको छ । यसको विरोधमा स्थानीय आन्दोलनमा छन् ।
भैँसेपाटीको भित्री र भिरालो ठाउँमा सस्तोमा जग्गा किनेको चौधरी स्वामित्वको सीजी हिल्स नामक कम्पनीले त्यहाँसम्म पुग्ने बाटो नभएपछि सरकारी जग्गा कब्जा गरेको हो ।
अहिले त्यही सरकारी जग्गालाई चाहिँ 'बाटो चौडा भएको' भन्दै प्रचार गरेर हाउजिङअन्तर्गत निर्माण गरिएका घरहरू बेच्न शुरू गरिएको छ ।
एक स्थानीयले लोकान्तरसँग भने, 'हाउजिङ त बनायो तर त्यहाँ सरकारी जग्गा हुँदै जानुपर्छ । विनोद चौधरीले एकजना व्यक्तिको ८ आना २ पैसा जग्गा किनेर बाटो खोल्यो । त्यससँगै जोडिएको ५ रोपनी २ आना सरकारी जग्गा पनि कब्जा गरियो ।'
उनले उक्त सरकारी जग्गा कब्जा गर्न रातारात मालपोत, नापी कार्यालय र जनप्रतिनिधिले पनि साथ दिएको उनको आरोप छ । २०७६ को पुसमा फास्ट ट्रयाकबाट कित्ता नम्बर ६५ रहेको उक्त सरकारी जग्गा विनोद चौधरीको स्वामित्व रहेको सीजी हिल्सको नाममा ल्याइएको थियो ।
उक्त कार्यविरुद्ध स्थानीय सुरेश थापा, परमेश्वर थापा, तारा बराल र रामभक्त पाण्डेले उच्च अदालत पाटनमा मालपोतका कर्मचारीविरुद्ध मुद्दासमेत हालेका थिए ।
अदालतमा उक्त मुद्दा विचाराधीन छ भने त्यतिबेलै अख्तियारमा परेको मुद्दा पनि अहिले तामेलीमा राखिएको एक स्थानीयको भनाइ छ ।
३. चौधरीले झ्वाम पारेको बाटो फिर्ता गर्न संघर्षरत सतुंगलबासी
विनोद चौधरीले तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहसँग मिलेर एपोलो स्टील कारखाना खोल्ने नाममा सतुंगलको तत्कालीन गाउँ पञ्चायत वडा नम्बर ८ का ८१ वर्षीय गणेशबहादुर श्रेष्ठबाट २ लाख १२ हजारमा ४ कित्ता जग्गा खरिद गरेका थिए । चारै कित्तामा पूर्व र दक्षिणतर्फ गोरेटो बाटो थियो ।
जग्गा किनेको एक वर्षपछि चौधरीले चारवटै कित्ताको पूर्वतर्फ रहेको बाटो बन्द गरिदिए ।
एक स्थानीय भन्छन्, 'अहिले विनोद चौधरीले हडपेको बाटो करोडौं रुपैयाँ मूल्य बराबरको जग्गामा छ । पैसा भन्दा पनि हामी हिँड्दै आएको बाटो बन्द नगरिदिन माग गरेर हामी अड्डा अदालत, मालपोत धायौं, तर चौधरी समूहले उक्त बाटो फिर्ता गरेको छैन ।
विनोद चौधरीले हडपेको उक्त बाटो फिर्ता ल्याउन ४ दशकदेखि सतुंगलवासी संघर्षरत छन् ।
ललितपुर पुल्चोकस्थित जग्गाबारे उल्लेख भएको प्रसंगमा थप तथ्य र प्रमाणहरू 'भेरिफाई' गर्नुपर्ने भएकाले तत्कालका लागि हटाइएको छ । - सम्पादक
यसबाहेक नवलपरासीको देवचुली नगरपालिका-२ मा रहेको सीजी इन्डस्ट्रियल पार्कले पनि सार्वजनिक जग्गा अतिक्रमण गरेको आरोप लागेको छ ।
चौधरी समूहले उल्लेखित मात्र नभएर देशैभरि अन्य धेरै ठाउँमा सरकारी जग्गा अतिक्रमण र कब्जा गरेर आफ्नो व्यापारिक साम्राज्य फैलाएको नेपाल सरकारका एक पूर्व सचिवले दाबी गरे ।
'तपाईंले जम्मा ६/७ ठाउँको जग्गा देख्नुभएको छ,' उनले लोकान्तरसँग भने, 'त्यो बाहेक खोज्ने हो भने पचासौं ठाउँमा विनोद चौधरी र उनको परिवारले सरकारी जग्गा हडपेको छ । तपाईंहरू खोज्दै जानुस्, योभन्दा धेरै भेट्नुहुनेछ ।'
हेर्नुहोस्, सम्बन्धित समाचार :
बयान छल्न अनेक तिकडम गर्दै विनोद चौधरी, जसरी पनि बोलाउने सीआईबीको तयारी [भाग- ५]
चौधरी समूहले जालसाजी गरेर हडपेको जग्गाको मूल्य झण्डै २ अर्ब [भाग- ४ ड्रोन भिडियोसहित]
ललितानिवासमा स्थापित तथ्य : बाँसबारी जग्गा घोटालामा विनोद चौधरी उम्किने ठाउँ छैन [भाग- ३]
बाँसबारीको जग्गा हडप्दा शेयरमा अरुण बराबरकै हिस्सेदार थिए विनोद चौधरी [प्रमाणसहित] भाग- २
बाँसबारी जग्गा प्रकरण– हडपेको जग्गा भाइलाई सुम्पेर विनोद चौधरी उम्किन मिल्छ ? [भाग- १]
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...