×

NMB BANK
NIC ASIA

नेपाललाई स्टार होटल दिलाएको एउटा तारा, जो सदाका लागि अस्ताए

चैत ९, २०७८

NTC
Premier Steels

नेपालमा ‘पायोनियर होटलियर’को पहिचान बनाएका राधेश्याम सराफ भौतिक दुनियाँबाट सदाका लागि बिदा भएका छन् तर उनले हस्पिटालिटी क्षेत्रमा यस्तो पदचाप छाडेका छन्, जसले उनलाई चीरस्मरणीय बनाउने छ । 

Muktinath Bank

९२ वर्षको उमेरमा मंगलवार साँझ उनले भारतको मेदान्त अस्पतालमा देहत्याग गरेका थिए । उनको पार्थिव शरीरलाई बुधवार काठमाडौं ल्याएर पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालमा होटल सञ्चालन र सामाजिक कार्यमा अग्रपंक्तिमा रहेका राधेश्याम सराफ दक्षिण एसियामै परिचित नाम हो । 


Advertisment
Nabil box
Kumari

नेपालका २ चर्चित पाँचतारे होटल ‘याक एण्ड यति’ र ‘ह्यात रिजेन्सी’का संस्थापक तथा सञ्चालक उनै सराफ हुन् ।  

Vianet communication

भारतबाट नेपाल आएर उनले २ वटा पाँचतारे होटल स्थापना र सञ्चालन गरेका थिए । उनी सन् १९६३ मा भारतबाट नेपाल (काठमाडौं) आएका थिए ।  
 
उनले सराफ होटल इन्टरप्राइजेजको नामबाट सन् १९७७ मा पहिलो होटलका रूपमा काठमाडौंको दरबार मार्गमा ‘याक एन्ड यति’ होटल सञ्चालनमा ल्याएका थिए । अहिले भने भिन्न कम्पनी याक एन्ड यति होटल प्राइभेट लिमिटेडअन्तर्गत सञ्चालनमा छ ।
  
याक एन्ड यति होटल सञ्चालनमा ल्याएपछि सराफले काठमाडौंको बौद्धमा ह्यात रिजेन्सी सञ्चालन गरेका थिए । यो सन् १९९७ देखि निरन्तर सञ्चालनमा छ । ह्यात रिजेन्सी नेपालमा निजी क्षेत्रबाट सञ्चालनमा रहेको सबैभन्दा ठूलो ५ तारे होटलका रूपमा रहेको व्यवसायीहरू बताउँछन् । यो होटल करीब ३०५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
  
होटल व्यवसायमा एकछत्र राज

सराफले नेपालमा मात्रै नभएर भारतमा पनि होटलमा एकछत्र राज गरेका थिए । भारतमा एसियन होटल्स लिमिटेडको नामबाट उनले नयाँदिल्लीमा ह्यात रिजेन्सी होटल सन् १९८२ मा सञ्चालनमा ल्याएका थिए । त्यस होटलको पनि उनी संस्थापक सञ्चालक हुन् । 

यति मात्रै नभएर एसियन होटल्स समूहले सन् १९९६ मा ग्राण्ड ह्यात (हाल द ग्रान्ड) होटल सार्वजनिक गर्‍यो । सो होटल सन् २००० बाट औपचारिक रूपमा सञ्चालनमा आएको थियो । यस्तै सोही समूहले ग्राण्ड ह्यात मुम्बई सन् २००४ बाट सञ्चालनमा ल्यायो । 
 
एसियन होटल्ससँगको साझेदारीमा सन् २००२ बाट ह्यात रिजेन्सी कोलकत्ता र ह्यात रिजेन्सी मुम्बई पनि सञ्चालनमा ल्याएको थियो । 

सराफले आफ्ना छोराहरूसँग मिलेर नेपाल र भारतमा गरी १२ वटा सुविधासम्पन्न होटलहरूको स्वामित्वमा ६ वटा व्यापारिक साम्राज्य खडा गरेका छन् । 
  
नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान

सराफले नेपालमा होटल व्यवसायमा लगानी गरेर विश्वलाई नै नेपाल होटल व्यवसायमा सक्षम बन्दै गएको सन्देश दिए । नेपालको होटल क्षेत्रमा विश्वको भरोसा दिलाउन सराफको महत्त्वपूर्ण योगदान रहेको नेपालका होटल व्यवसायीहरू बताउँछन् । 

उनले सञ्चालनमा ल्याएको याक एन्ड यति होटल अहिले ४४ वर्षको भइसकेको छ । 

होटल एसोसियसन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाह नेपालमा होटल क्षेत्रको विकासमा अतुलनीय योगदान गर्ने व्यक्तिका रूपमा सराफलाई सम्झन्छन् । 

उनी भन्छन्, ‘सुविधासम्पन्न होटल सञ्चालनमा ल्याएर पर्यटन क्षेत्रमा उहाँले ठूलो योगदान दिनुभयो । धेरै व्यवसायहरूमा उनले सफलता हात पारे ।’

एयरपोर्ट होटलका सञ्चालक समेत रहेका शाहले सराफ सफल व्यवसायीको उदाहरण बनेर बिदा भएको बताए । 

समाजसेवामा पनि अब्बल

आफ्नो जीवनकालमा सराफ समाजसेवामा पनि उत्तिकै सक्रिय थिए । याक एन्ड यति होटलका सहायक निर्देशक लोभेन्द्र मल्ल सिंह भन्छन्, ‘सामाजिक काममा उहाँ जतिखेर पनि काम गर्न तत्पर देखिनुहुन्थ्यो ।’ 

सराफलाई सफल होटल तथा पर्यटन व्यवसायी मात्र नभएर कुशल एवम् निष्ठावान समाजसेवकको रूपमा सिंह सम्झन्छन् । उनले आफ्ना कर्मचारी तथा साथीहरूलाई औंधी माया गर्ने र स्थान दिने गरेका थिए ।

सानैदेखि व्यवसायमा

सराफले १७ वर्षको उमेरमै व्यवसायमा हात हालेका थिए । त्यतिखेर उनले भर्खरै प्रारम्भिक तहको अध्ययन पूरा गरेका थिए ।

पश्चिम बंगालको कालिङपोङबाट उनले व्यवसाय शुरू गरेका थिए । पछि कोलकाता, सिक्किम, तिब्बत हुँदै भुटानसम्म आफ्नो व्यवसायको शाखा विस्तार गर्न उनी सफल भए ।

उनले कोरिया, हङकङ, चीन र जापानसम्म व्यापार विस्तार गरे ।
  
समाजसेवाकै रुचिका कारण उनले सन् १९७९ मा काठमाडौंमा मोडर्न इन्डियन स्कूल सञ्चालनमा ल्याएका थिए । 

नेपालमा पर्यटनदेखि शिक्षासम्मको विकास र विस्तारमा उल्लेखनीय  योगदान पुर्‍याएका सराफलाई तत्कालीन राजा वीरेन्द्रले गोरखा दक्षिण बाहुबाट विभूषित गरेको होटल व्यवसायीहरू बताउँछन् । तत्कालीन राजा ज्ञानेन्द्रबाट समेत उनले दोस्रो गोरखा दक्षिण बाहु सम्मान पाएका थिए ।

सराफका २ छोराहरू उमेश र अरुण छन् । उनले स्थापना र सञ्चालन गरेका होटल याक एन्ड यति र ह्यात रिजेन्सीलाई अगाडि बढाउने जिम्मा अब २ छोराको काँधमा आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x