×

NMB BANK
NIC ASIA

जब जोस्सिँदै एकपछि अर्को आगोमा हाम फाल्न थाले [तस्वीरहरूसहित]

बैशाख ५, २०७९

NTC
Premier Steels

साँझ ढल्किँदै गयो । मानिसहरूको चहलपहल बढ्दै गयो । आँगनमा बाजा बज्दै थियो । बाजाको आवाज सुनेर रातको पर्वाह नगरी वारिदेखि पारि गाउँसम्मका महिला, पुरुष, बालबालिकाको भीड बढ्दै थियो । काखमा सन्तान च्यापेर आउने आमाहरूको उपस्थिति पनि बाक्लै थियो ।

Muktinath Bank

चाँगुनारायण नगरपालिका–९ ताथली (साविक वडा नं ६) सौडोलको गिरी बस्तीका सुरेश गिरीको घर पछाडिको बारीको पाटामा वरिपरि बाँसले घेरेर बीचमा राखिएको १०८ भारी दाउराको थुप्रामा तान्त्रिक विधिले पूजा गरी बालेको आगोको राप दन्किँदै थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेतो धोती बाँधिएको, त्यसमाथि कोही सेतो गन्जी, कोही पहेँलो गन्जी त कोही गुलाबी मखमलको दौरा लगाएका एक हुल मानिस बाँसले ठोस्दै दनदनी आगो बालिरहेका थिए ।   


Advertisment
Nabil box
Kumari

दुई घन्टाभन्दा बढी समय बलेको दाउरा सबै आगाका भुङ्ग्रामा परिणत भयो । त्यसपछि सेतो, पहेँलो, रातो वस्त्रधारी पुरुषहरूले तान्त्रिक विधिबाट आगाका भुङ्ग्रामा गाईको घ्यू मोलिएको जौँ र तीलको चरु हालेर पूजा गरी मूल घरतर्फ लागे । 

Vianet communication

मध्यराति करीब ११ बजे गिरीबस्तीसँगै वरिपरिबाट भेला भएका मानिस बारीको डिलमा बसेर निकै कौतुहलताका साथ ‘अग्निकुण्ड’ तर्फ हेर्दै अब के हुन्छ, आगोमाथि मान्छे कसरी नाच्छन् भनी हेर्दै थिए ।  

केहीबेरमा मूलको घरको पूजाकोठाभित्र गुरुदेखि विभिन्न देवदेवी र वायु शरीरमा चढेका एक हुल मानिस काम्दै घरबाट निस्किए । अगाडि बाजा घन्किरहेको, पछिपछि दियो, कलश समातेका पञ्चकन्या र त्यसपछि देवदेवी एवं वायु चढेका सेता, पहेँला गन्जी, रातो दौरा लगाएका, रुद्राक्ष तथा घन्टीको माला शरीरमा छड्के भिरेकाहरू, काम्दै उफ्रँदै दाउराको आगोको भुङ्ग्रो अगाडि पुगे । कोही देवदेवीको जयजयकार गर्दै थिए ।

हातमा थाल बजाउँदै उफ्रिरहेका लामो कपाल भएका मूलगुरु धर्मराज खड्का एकैछिनमा आगाको भर्भराउँदो भुङ्ग्रामा लात्तीले हानेर उफ्रिन थाले । त्यसलगत्तै अर्का गुरु साजन थापा आगामा होमिए र त्यसैगरी लात्तीले हाने । गुरुको आदेशपछि नयाँ तथा पुराना डाङ्ग्रेहरू टाउको निहुराउँदै मुखबाट ‘भुर्भुर्भुर्भुर्भुर’ आवाज निकाल्दै जोस्सिँदै एकमाथि अर्को आगामा होमिन थाले । उनीहरू आगाको भुङ्ग्रामा लात्तीले हान्दै आगोलाई यताउति छर्दै त्यहीँ माथि उफ्रँदै नाच्न थाले । मानौँ त्यो एउटा खेलकुद मैदान हो, आगाका तीन भुङ्ग्रो फुटबल हो र उनीहरू त्यही, त्यहीँ फुटबल खेलिरहेका छन् ।

नाङ्गो पैतालाले आगामाथि मानिस नाचेको र  उफ्रिएको देखेर कतिका आँखा आश्चर्यले चम्किला भए । भुङ्ग्रामाथि नाच्नेलाई आगोले पोलेको कुनै आभास भएजस्तो देखिँदैनथ्यो । काम्दै र मन्त्र फलाक्दै डाङ्ग्रे भर्भराउँदो आगाको भुङ्ग्रो पूर्णरूपमा निभेर कोइला नबनेसम्म नाचिरहे ।

आगोमा त्यसरी नाचेको डिलमा बसेर हेरिरहेकाहरू चकित मात्रै परेनन्, आफ्ना छोरा र श्रीमान् आगामा नाच्दा आमा र श्रीमतीहरूको मन भने कटक्क खायो । 

शरीरमा वायु धारण गरेर आगामा उफ्रिँदै गरेका रोजिनकी आमा शारदा गिरी डिलमा बसेर भन्दै थिइन्, 'ओहो, आगाको भुङ्ग्रामा उफ्रिँदा तिनीहरूलाई कति पोल्यो होला, त्यो जिउ कति दुख्यो होला ।' 

हेर्नेमध्ये धेरैले जिज्ञासा राखे, यसरी भुङ्ग्रोमाथि नाच्नेको पैतालाको हालत के भयो होला ? कार्यक्रमपछि नाच्नेको पैतालामा आगोले पोलेको कुनै सङ्केत नदेखिँदा भने उनीहरू चकित परे ।

आगो सबै गोलमा परिणत भएपछि त्यही तातो गोलमाथि झन्डै एक घन्टा  बसेर शरीरमा देवदेवी र वायुको कम्पन आइरहेका सबैलाई गुरुले आगामा नाच्दा सुरक्षित भए नभएको एवं काँचो वायु तथा कुलदेवदेवीले पूर्णता पाए नपाएको जिज्ञासा राख्दै पालैपालो सबैलाई सोधे । पूर्णता पाएको र डाङ्ग्रेको शरीर सुरक्षित रहेको बताएपछि भने फेरि जयजयकार गर्दै खुशीको धुनसहितको बाजा बजाउँदै सबै काम्दै शुरूमा निस्किएकै घरमा पसे, बलिरहेको बत्ती मुखमा हाल्दै शरीर कम्पन छाड्दै पुरानै अवस्थामा फर्किए र बाहिर निस्किए ।

आफ्नो कूलदेवतालाई उचित स्थान दिने र अकालमा ज्यान गुमाएर भड्किएको मृतात्माको मुक्तिका लागि भनी पहिलेदेखि चल्दै आएको तान्त्रिक विधिअनुसार गरिने खली प्रथालाई गिरी परिवारले पहिलो पटक पूर्णता दिएको हो । सो प्रथालाई चमत्कार वा अन्धविश्वास भन्न नहुने जनाउँदै गुरुहरूले प्राचीन तान्त्रिक प्रक्रियामार्फत प्रेतात्माको मुक्तिका लागि खली प्रथा चल्दै आएको बताए ।  

 

डाङ्ग्रेले पाए पूर्णता 

त्यसो त यहाँको गिरी कुलमा अकालमा ज्यान गुमाएकाहरूको आत्मा मुक्तिको कर्मका लागि खली खुवाउन धेरै वर्षदेखि छलफल हुँदै आए पनि यस वर्ष पूर्णता पाएको हो । गत माघ पूर्णिमाको दिनमा कुलका सबै दाजुभाइ छलफल गरी वायु उतार्ने काम शुरू भएको थियो । हरेक दिन राति खाना खाएपछि कुलका सबै पुरुष शुद्ध भई जम्मा भएर प्रत्येक रात गुरुमार्फत वायु उतार्ने काम सम्पन्न गरेपछि खली खुवाएर त्यसलाई पूर्णता दिइएको ६० वर्षीय सानुभाइ गिरीले बताए । 

वायु उतार्ने क्रममा ३२ वर्षका युवादेखि १४ वर्षका बालकसम्मको शरीरमा दैवी शक्ति प्रवेश गराई खली पूजा सम्पन्न गरिएको हो । कुलदेवताका रुपमा ३२ वर्षीय सुरेशका शरीरमा दक्षिणकाली, सत्यराजका शरीरमा भाटभटेनी, शिवका शरीरमा राता नरसिंह, १४ वर्षीय निष्छलका शरीरमा बिन्ध्यवासिनी तथा कुबेर, प्रकाश, रोजिन र कुमार गिरीका शरीरमा भने वायुधारण गरी खली पूजा सम्पन्न गरिएको छ ।  

खली खाने प्रथा 

आफ्नो कुलमा अकालमा ज्यान गुमाएर मोक्ष नपाएका पितृको उद्धारका लागि गरिने प्राचीन र तान्त्रिक विधिलाई खली खाने प्रथा भन्ने गरिएको गुरु गोकुल वन बताउँछन् । 

शुरूमा गुरुमार्फत कुलका सबै जम्मा भएर एक भाइका घरमा वायु उतार्ने कार्य गरिन्छ । वायु उतार्ने क्रममा मृतात्माले आफ्नै कुलभित्रको आफूले चाहेको व्यक्तिको शरीरमा प्रवेश गर्दै आफ्नो मृत्यु कसरी भयो, आत्माले कति दुःख पायो र अब आत्माले कसरी मोक्ष पाउँछ भन्ने गर्छन् । यसमा तान्त्रिक माध्यमबाट प्रेताात्मा ‘वायु’लाई बोलाएर आफ्नो मृत्युबारे बकाएपछि मृतकको इच्छानुसार खली प्रथा गराइन्छ ।

त्यसरी भड्किएको मृतात्माले आफ्नो कुलभित्र दुःख दिने कथन रहँदै आएको र वायु उतारेर खली खुवाएपछि वायुदेवताका रुपमा स्थान दिई हरेक वर्ष दिवालीका दिन कुलदेवता र वायुदेवताको पूजा गरेपछि कुलमा राम्रो हुने विश्वास वर्षौदेखि रहँदै आएको वनले बताए ।  यो प्रथा हिन्दू धर्मावलम्बीमा प्राचीनकालदेखि चल्दै आएको बताउँदै उनी यसलाई धर्म, परम्परा, संस्कृति र तन्त्रसँग जोडेर हेर्नुपर्ने ठान्छन् । 

उनका अनुसार शरीरमा कुलदेवता र वायुदेवता चढेका व्यक्तिलाई डाङ्ग्रे भनिन्छ,  उनीहरूलाई आगोको भुङ्ग्रामा नाचेर पूर्णता दिने कार्यलाई ‘खली खाने’ भन्ने गरिन्छ । 

आफूहरूका शरीरमा धेरै कम्पन हुने र  उफ्रने भएकाले भोलिपल्ट भने शरीर निकै थाक्ने गरेको उनीहरू बताउँछन् । 

आगो बाल्ने स्थानलाई पनि तान्त्रिक विधिले शुद्ध गरिने तथा बडो निगरानीमा राखिएको हुन्छ । कुभलो चिताउने कोही व्यक्ति त्यस ठाउँमा प्रवेश गरेमा तथा सिसा, फलामका टुक्रा, किला वा अन्य अशुद्ध सामग्री राखिदिए अनिष्ट हुन सक्ने मानिन्छ ।   

कठिन परीक्षा 

खली खाने डाङ्ग्रे लामो प्रक्रियाबाट छनोट हुन्छन् । ‘जोसुकै व्यक्ति पनि डाङ्ग्रे हुन पाउँदैनन् । वायु उतार्ने क्रममा गुले धामी बसेर तन्त्रमन्त्रले पूजा गर्दा जसका शरीरमा कुलदेवता र वायु चढ्छ, उनीहरू मात्र डाङ्ग्रे भएर खली खानयोग्य हुने सानुभाइ बताउँछन् । 

तान्त्रिक विधिद्वारा धामीले विशेष पूजा गरेपछि कुलका मानिसका जिउमा कुलदेवता चढ्ने उनको भनाइ छ । कुलदेवता शरीरमा आएपछि  पटकपटक विभिन्न विधिबाट हुने परीक्षण सफल भएपछि अन्तिममा मात्रै खली खुवाएर डाङ्ग्रेलाई पूर्णता दिइने धुपौरे दिनेश गिरी बताउँछन् । डाङ्ग्रे भएपछि शुद्ध भएर बस्नुपर्ने र अशुद्ध खानपान तथा व्यवहार गर्न नहुने उनको भनाइ छ ।  -रमेश गिरी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x