×

NMB BANK
NIC ASIA

सम्पादकीय

जनता झुक्याउने कागजका खोस्टा नबनून् दलका चुनावी घोषणापत्र

बैशाख १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रमुख दलहरूले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । 

Muktinath Bank

नेकपा एमालेले कम्युनिस्ट पार्टीको स्थापना दिवस ९ वैशाख र नेपाली कांग्रेसले वैशाख ११ गतेको लोकतन्त्र दिवस पारेर घोषणापत्र सार्वजनिक गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी केन्द्रको घोषणापत्र आउन बाँकी छ भने जसपाले सार्वजनिक गरिसकेको छ ।


Advertisment
Nabil box
Kumari

राजनीतिक दलका चुनावी घोषणापत्र पढ्दा आगामी ५ वर्षमै देश समृद्ध बन्ने र जनताका समस्या समाधान हुने जस्तो देखिन्छ । गर्न सक्ने, नसक्ने, स्थानीय तहको क्षेत्राधिकारमा पर्ने/नपर्ने सबै कुरा घोषणापत्रमा समेटिएका छन् । स्थानीय तहलाई ‘राम राज्य’ बनाउछौं भन्ने शब्दबाहेक सबै कुरा घोषणापत्रमा लेखिएका छन् । 

Vianet communication
Laxmi Bank

एमालेको घोषणपत्रको अग्रपृष्ठमै रेलदेखि विमानस्थल र धरहरादेखि पूर्वाधार विकासको फोटो राखिएको छ । नेपाली कांग्रेसको घोषणापत्रमा चाहिँ शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा जस्ता विषयलाई पहिलो पृष्ठमा राखिएको छ । नेपाली कांग्रेसले घोषणापत्रलाई ‘संकल्प’ भनेको छ ।

एमालेले तीन वर्षको अवधिमा गरेका कामको फेहरिस्त घोषणापत्रमा समावेश गरेको छ भने कांग्रेसले नेकपा सरकारका गलत कामको चिरफार गरेको छ । ४६ बुँदे घोषणापत्रमा एमालेले पाँच वर्षमा स्थानीय तहमा के गर्ने भन्ने कुरा उल्लेख गरेको छ । 

चुनावमा जनतासँग भोट माग्ने आधार प्रस्तुत गर्न र चुनाव जितेपछि गर्ने कामका लागि राजनीतिक दलले घोषणापत्र बनाउने गर्छन् । चुनावी घोषणापत्र केवल कागज मात्र नभई जनतासँग गरिएको वाचा बन्धन हो । तर, नेपालमा चुनावी घोषणापत्र जनतालाई झुक्याउने कागजको खोस्टो मात्र बन्ने गरेका छन् । चुनाव जितेको भोलिपल्ट घोषणापत्रमा गरिएका वाचा हिउँजस्तै पग्लेर जान्छन् । 

सचेत नागरिक र मतदाताले चुनावी घोषणापत्रमा गरेका वाचाअनुसार काम भए/नभएको विषयमा खबरदारी गर्न सकेमात्र जनप्रतिनिधि जवाफदेही र उत्तरदायी बन्ने हुन् । तर, नेपालमा चुनावी घोषणापत्रलाई आधार बनाएर जनप्रतिनिधिको कामको मूल्यांकन गर्ने परिपाटी नै बस्न सकेको छैन । घर फर्किन लागेका यसअघिका कतिपय जनप्रतिनिधिले आफ्नै घोषणापत्र बिर्सिसकेका छन् । 

नयाँ संविधनअनुसार बसेका स्थानीय तहको पहिलो कार्यकाल सकिँदै गर्दा अपवाद बाहेकका स्थानीय तहले विगतमा जनतासँग गरेको कुनै पनि वाचा पूरा गरेनन् । यसअघिको चुनावमा गरेको वाचा किन पूरा भएनन् भनेर कसैले प्रश्न पनि गरेनन् । त्यसैले अहिले पनि उस्तै कुरा आएका छन् । नहुने आश्वासन देखाएर जनतालाई झुटको आश्वासन देखाउने काम दलहरूले नगरुन् । घोषणापत्रमा गरिएका वाचा इमान्दारितापूर्वक कार्यान्वन होऊन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८०

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x