×

NMB BANK
NIC ASIA

पैसा दिएर भोट मागेको भन्दै भाइरल बनाइएको फोटोको के हो वास्तविकता ?

बैशाख १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

समाजिक सञ्जालमा यतिबेला एउटा तस्वीर निकै भाइरल बनेको छ ।

Muktinath Bank

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. १० मा नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षको उम्मेदवार बनेका अमृत खनालको तस्वीर भाइरल बनेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तस्वीरमा खनालले हजार रुपैयाँको नोट राखेर एक महिलाको खुट्टा ढोग्दै गरेको देख्न सकिन्छ ।


Advertisment
Nabil box
Kumari

फोटो हेरेर तीव्र आलोचना भइरहेका बेला खनालले भने आफूले फुपूलाई ढोगेर गरेको आदरलाई अनावश्यक प्रचार गरिएको बताएका छन् ।

Vianet communication
Laxmi Bank

चुनावी अभियान लिएर अगाडि बढ्ने क्रममा खनाल आफ्नी फुफूको घरमा पुगेका थिए ।

फुफूले टीका लगाएर आशीर्वाद दिएपछि सामान्य शिष्टाचार पूरा गर्दै पैसा राखेर खुट्टा ढोगेको उनको प्रस्टीकरण छ ।

हिन्दू संस्कारअनुसार खाली हात ढोग्ने चलन छैन, खनालले भने त्यसपछि दिदीलाई दक्षिणा दिएको हुँ । 

खनाल भन्छन्– 'हिन्दू संस्कारअनुसार खाली हात ढोग्ने चलन छैन, सोही कारण दिदीलाई दक्षिणा दिएको विषयलाई विपक्षीले प्रोपागाण्डा बनाए । मेरो दिदीको मतदाता नामावली मेरो वडमा छैन । दिदीको मेलम्ची नगरपालिकाको ९ नं. मा घर पर्छ, म १० नम्बरमा उम्मेदवार बनेको छु । यसमा विपक्षीले भ्रम छर्ने काम मात्र गरेका छन् ।'

उनको फुपूको मतदाता नामावली

हुन पनि यसलाई विपक्षीले चुनावी एजेन्डा नै बनाएर प्रचार गरिरहेका छन् ।

उनले सो विषय बाहिर आएपछि सामाजिक सञ्जाल फेसबूकमार्फत पनि स्पष्ट पारिसकेका छन् ।

फेसबूकमा खनालले लेखेका छन्- 

'आफ्नो संस्कृति, हिन्दू परम्पराअनुसार फुपूको खुट्टा ढोगेपछि दक्षिणा दिने चलन परापूर्वकालदेखि नै चलिआएको हो । चुनावको समयमा यसलाई भ्रम छर्न विभिन्न आरोपका साथ विपक्षीले प्रोपागाण्डा बनाउनु नौलो कुरा र नौलो विषय हुँदै होइन । कांग्रेस एकमात्र यस्तो पार्टी हो जसले आफ्नो धर्म, संस्कृति, परम्पराको संरक्षण र सम्मान गर्दै आएको छ । म मेलम्ची वडा नं. १० मा कांग्रेस पार्टीबाट उम्मेदवारको रूपमा चुनावी अभियानसहित घरदैलो कार्यक्रमा फुपूको घर पुग्दा आशीर्वाद लिएको हुँ । फुपूले आशीर्वाद दिएपछि मेरो परम्पराअनुसार खुट्टा ढोग्दै दिदीलाई दक्षीणा दिनु गलत हो ? मेरो परम्पराले फुपूले टीका लगाइदिएपछि खालि हात राख्दैन । तपाईं आफ्नो घरको परम्परा र संस्कृति सम्झनुहोस् । म एक हिन्दू धर्मप्रति आस्था राख्ने व्यक्तिका लागि के यो गलत परम्परा हो ? आफ्नो फुपूबाहेक अन्यत्र कतै पैसा दिएको प्रमाण दिनसक्छ कसैले ? साथै, मेरो फुपू मेलम्ची नगरपालिका वडा नं १० को मतदाता नभएको पनि जानकारी गराउँछु । यसलाई भ्रम छरेर गतल सूचनाको आधारमा तथ्यहीन समाचार सम्प्रेषण नर्गनुहुन सम्पूर्ण सञ्चारमाध्यमा हार्दिक अनुरोध गर्दछु ।'

खनालले आफू मतदाताको प्रिय भएको बताउँदै राजनीतिका नाममा हिन्दू धर्मप्रतिको आस्थालाई गलत प्रयोग नगर्न समेत आग्रहसमेत गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x