×

NMB BANK
NIC ASIA

राजेशलाई प्रस्तुत गर्दै ‘सत्यम’को शीर्ष गीत सार्वजनिक, केही ‘डाइलग’ पनि समावेश [भिडियो]

बैशाख २८, २०७९

NTC
Premier Steels

निर्माण घोषणा भएको लामो समयसम्म छायाङ्कनमा जान नसकेको चलचित्र ‘सत्यम’को शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।

Muktinath Bank

चलचित्र निर्माण हुने निश्चित भएको जानकारी दिलाउन र चलचित्रको माहोल तयार पार्न निर्माण टिमले मंगलवार साँझ लिरिकल भिडियो सार्वजनिक गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रेशम सापकोटाको शब्द रहेको गीतमा राजु महर्जनले स्वर दिएका छन् भने गीतमा कुटुम्ब ब्याण्डको संगीत, योगेश काजीको संगीत कन्सेप्ट रहेको छ । 


Advertisment
Nabil box
Kumari

भिडियोमा अभिनेता राजेश हमाललाई मात्रै फिचर्ड गराइएको छ । गीतमा अभिनेता राजेशकै स्वरमा केही संवादहरू समेत समावेश गरिएको छ । 

Vianet communication

राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक लिरिकल गीतको भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन् । 

चलचित्रका मुख्य अभिनेतामध्येका पल शाह कारागार चलान भएपछि निर्माण टिम छायाङ्कनमा जान सकेको छैन ।  निर्माता रेशम सापकोटाले पल शाहको घटनाको छानबिन निष्कर्षमा नपुगेसम्म यो चलचित्रको छायांकन प्रारम्भ गर्न कठिन रहेको प्रतिक्रिया दिए ।

उनले बजारमा चलेको हल्ला अनुसार चलचित्र निर्माणबाट आफू पछि नहटेको समेत स्पष्ट पारे । ‘हामीले चलचित्र घोषणा गरिसकेपछि दर्शकलाई यसबारे कुनैपनि कन्टेन्ट दिन सकेनौ भन्ने महशुस भयो । सोही कारण यसको शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरेका हौं,’ निर्माता सापकोटाले भने, ‘चलचित्रका लागि दर्शकको पर्खाइ अरु थप बढ्ने पक्का भएपछि यो गीत सार्वजनिक गरेका हौं ।’

निर्माता सापकोटाले यस गीतमा कसैको नाम नराखेको र छिट्टै पत्रकार सम्मेलनमार्फत सम्पूर्ण जानकारी गराउने समेत बताए । उनले भने,‘प्रि–प्रोडक्सनको काम लगभग सकिएको छ । यसमा केही सदस्य हेरफेर हुन पनि सक्छ । हामीले भिडियोमा टिमका म बाहेक अरु सदस्यको नाम नराख्नुमा आफ्नै कारण छ ।’

प्रि–प्रोडक्सनको सम्पूर्ण काम सकेको यो चलचित्रमा अभिनेता राजेश हमाल, पल शाह, अनुप विक्रम शाही, उपासना सिंह ठकुरी लगायतका कलाकारको अभिनय रहने निर्माण टिमले यसअघि नै जानकारी गराइसकेको छ ।

भिडियो

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x