१९ जुन, २०१३, २ः३० बजे अस्ट्रेलियाका तात्कालिन प्रधानमन्त्री जुलिया गिलार्डको कार्यकक्षमा नेपाली समुदायका तर्फबाट अस्ट्रेलियाली सरकारलाई शान्तिको प्रतिक वुद्धको मूर्ति उपहार र अस्ट्रेलियाको विकासका साथसाथै अस्ट्रेलियामा शान्ति कायम होस भन्ने शुभः कामनाका साथ लुम्बिनी कपिलवस्तु दिवस अभियानका तर्फबाट पत्र दिन प्रवेश गर्दा सहायकमन्त्री डेभिड ब्राडबरी र सांसद मिशेल रोलान्ड वाहेक कुनै पनि सुरक्षाकर्मी थिएनन् ।
१५ अगस्ट, २०१५ का दिन मेरो आफ्नै निवासमा अस्ट्रेलियाकै प्रभाबशाली नेता, पूर्व मन्त्री एबं तात्कालिन अध्यागमन तथा सीमा सुरक्षा छायाँ मन्त्री रिचार्ड मार्ल्सको प्रमुख र सांसद क्रिस्चिनकौजिन्स र भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनको बिशेष आतिथ्यतामा आयोजित “देशको सम्बृद्धिका लागि“ बिचार गोष्ठिमा कुनै पनि सुरक्षाकर्मी आएका थिएनन् ।
कार्यक्रम सकिँंदा राति भैसकेको थियो, र नेता रिचार्ड मार्ल्स र सांसद् क्रिस्चिन कौजिन्सलाई छाड्न गाडीसम्म जाँदा त्यहाँ पनि सुरक्षाकर्मी देखिएनन् ।
९ अगस्ट, २०१३ का दिन अस्ट्रेलियाको भिक्टोरिया राज्यका बर्तमान मुख्य मन्त्री तथा तात्कालिन प्रतिपक्षी नेता डानियल आन्ड्र्युज, छायाँ मन्त्री जेनी मिकाकोस र सांसद् इयान ट्रेजिज उपस्थित भएको कार्यक्रममा न त कुनै सुरक्षाकर्मी थिए न त उनीहरु आउँदा दाँया बाँया लागेर आउने नै थिए ।
कार्यक्रमको सञ्चालन सांसद् इयान आफंैले गरेका थिए । अतिथिहरु बस्ने ड्यासमा अत्यन्तै सामान्य दुई टेबल, सामान्य मेचहरु, एउटा पानीको बोत्तल र एउटा गिलास देखिन्थे । यी सबै देख्दै गर्दा मेरो मानसपटल यो स्तरका नेताहरुको उपस्थिति हुँदा नेपालमा आयोजना गरिने कार्यक्रमको तामझामको स्मरण भयो ।
२७ फेबु्रअरी, २०१६ का दिन अस्ट्रेलियाकै सबैभन्दा ठूलो बहुसांस्कृतिक महोत्सबहरुमध्येको पाको फेस्टामा बहुसांस्कृतिक र आर्थिक जिम्मेवारी सम्भालेका मन्त्री रविन स्कट र सांसद् क्रिस्चिन कौजिन्स नेपाली समुदायका बीच आउने त निस्चित नै थियो, कथंकदाचित अस्ट्रेलियाकै प्रभाबशाली नेता एबं पूर्व मन्त्री रिचार्ड मार्ल्स वा भिक्टोरियाका मुख्य मन्त्री डानिय आन्ड्र्युज पनि आइहालेको अवस्थाको लागि भनेर मैले तीनवटा खादा बोकेको थिएँ ।
मन्त्री रविन स्कट र सांसद् क्रिस्चिन कौजिन्सको साथमा अर्का एकजना पनि आएका थिए, तर मैले दुई जनालाई मात्रै खादा लगाइदिएपछि मन्त्री स्कटले आफूसंगै भएका अर्का एकजनाको गलामा आफूलाई लगाइदिएको खादाको आधी भाग बेरिदिएपछि एउटै खादामा दुइजना समेटिए । यो दृष्यसहितका केही फोटोहरु खिचिए ।
केही समयपछि पुरै खादा ती नयाँ ब्यक्तिमा देखिन्थ्यो । मनमनै सोचें, मन्त्रीज्यूको रमाइलो ठट्टा । केही समयपछि पहिला आधी र पछी पुरै खादाका भागीदार बनेका ब्यक्ति मेरो नजिक आए र आफ्नो कार्ड दिए । कार्ड हेर्ने वित्तिकै म अचम्भित भएँ, किनकि ती ब्यक्ति त पर्यटन मन्त्री जोन एरेन रहेछन् । नेपालमा हुन्थ्यो भने सँगै हुने सुरक्षाकर्मी र केही अन्य ब्यक्तिका आधारमा नै अनुमान गर्न सकिन्थ्यो कि उनी मन्त्री हुन भनेर । यदि पहिले नै थाहा भएको भए मसँग उनको लागि पुग्ने खादा पनि थियो ।
माथि उल्लेख गरिएका उदाहरणहरु सबै कुनै गरीब देशको नभएर मानब विकास सूचांकका आधारमा विश्वको दोश्रो ९० दशमलव ३३० र जिडिपिका आधारमा दशौं प्रतिब्यक्ति सरदर आय ४४४,३४६० भएको विकसित देश अस्ट्रेलियाका हुन् ।
नेपालमा मन्त्री वा मन्त्री भैसकेका ब्यक्तिहरु जे जस्तो रबाफका साथ हिडडुल गर्ने एउटा संस्कार विकसित भैसकेको छ, त्यो संस्कारमा अभ्यस्त भएकाहरुका लागि उपर्युक्त उदाहरणहरु अपत्यारिला कथा जस्ता लाग्न सक्छन् । गरीब देशका लागि अपत्यारिला कथा जस्ता लाग्ने धनी देशका यस्ता यथार्थताहरुका भुक्त भोगी हामी यस्ता यथार्थताहरुलाई आफ्नै गरीब देशमा पनि भित्राउन पाए देशलाई कायापलट गर्ने एउटा महत्वपूर्ण पक्ष हुन सक्थ्यो भनी यता चिन्तित हुन्छौं ।
वेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनले २०१० को मेमा प्रधानमन्त्री पद गुमाएपछि २०१२ को फेबु्रअरीसम्ममा चौध लाखभन्दा बढी पाउण्ड कमाए भने वेलायतकै अर्का पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले २००७ मा प्रधानमन्त्री पद गुमाएपछि सोही समयसम्ममा एक करोड बीस लाख पाउण्ड । दुबै जनाको आम्दानीको मूल श्रोत अन्तराष्ट्रिय जिम्मेवारी हो भने ब्राउनले साउदी अरेबिया, मस्को र नाइजेरियामा दिएको भाषणबाट मात्रै एक लाख पचासी हजार पाउण्ड कमाए ।
टोनी ब्लेयरले त झन आफ्नो डेढ घण्टाको भाषणबाटै दुई लाख पचास हजार पाउण्डसम्म हात पार्छन् । यदि उनीहरु आफ्नो प्रधानमन्त्री पद गुमाएपछि कतै नगइ सांसद नै भएर बसिरहेका हुन्थे र कुर्सी गुमाउनु परेको रन्कोमा बदलाभावका कारण प्रतिपक्षी बनेर फतफताइ रहेका हुन्थे भने उनीहरुको मर्यादा समाप्त प्रायः हुन सक्थ्यो ।
त्यसो नगरी अन्तराष्ट्रिय एवं सामाजिक जिम्मेवारी पुरा गर्दै प्रधानमन्त्री हुँदाभन्दा धेरै गुणा बढी आम्दानी मात्रै गरिराखेका छैनन्, बरु आफ्नो साख पनि जोगाइराख्न सफल भएका छन । बिकसित देशको यो संस्कारलाई हामीकहाँ भित्र्याउन नसकिउन्जेल न त बिकृत राजनीतिक अवस्थामा सुधार आउन सक्ने देखिन्छ, न त देश अगाडि बढने आशा गर्न सकिन्छ । हामीले दिनदिनै सुन्ने गरिएका नेताहरुका झिज्यारलाग्दा अनाबस्यक भाषण मूलतः राजनीतिमा प्रबेश गरेपछि पदमा आजीवन बसिरहने प्रबृति र संस्कारको परिणाम हो ।
नेपालको सन्दर्भमा राजनीतिज्ञहरु देशको महत्वपूर्ण कुराहरुमा ध्यान केन्द्रित गर्नुभन्दा गुमेको पद पुनः कसरी हत्याउने र पाएको पद कसरी जोगाउने भन्नेतिरै संपूर्ण ध्यान केन्द्रित गरिराखेको देखिन्छ । यस्तो अवस्थामा रचनात्मक सोंच र कृयाकलाप खटकिनु स्वाभाबिकै हो, जुन हामीले देखिरहेका छौं, भोगिरहेका छौं । यो संस्कार नतोडिंदासम्म देशले यथास्थितिबाट मुक्ति पाउने संभाबना देखिन्न ।
नालायक र भ्रष्ट भनेर चिनिएका, असफल भनेर प्रमाणित भएकाहरु नै शासन पद्धति फेरिंदा समेत घुमिफिरि बारंबार सत्ता सन्चालन कार्यमा अबसर पाइरहने र जनताद्धारा तिरस्कृत हुँदा पनि राष्ट्रिय राजनीतिलाई प्रभाब पार्ने अबसर दिइरहने अनि देशमा अलि संबेदनशील अवस्था सिर्जना हुने बित्तिक्कै तिर्थस्थल जाँदै दीक्षा लिएर आउनेहरुका गतिबिधिहलाई संधै टुलुटुलु हेरेर बसिरहने हो भने यस्ले देशलाई अग्रगामी दिशातिर उन्मुख गराउने ढोकाहरु बन्द प्रयास गरिदिनु स्वाभाबिकै हो ।
बिदेशमा राष्ट्रिय जिम्मेवारी लिएका ब्यक्ति आफ्नो पुरानो सामान्य काममा फर्कनु सामान्य कुरो हो, तर हामीकहाँ मन्त्री बनेपछि दुई चार जनालाई संधै अघिपछि लगाएर आजीवन राष्ट्रिय राजनीतिज्ञको रवाफमा बस्नु पर्ने र बस्न दिने संस्कार प्रबल देखिन्छ । एक्काइसौं शताब्दीमा पनि यस्लाई कायमै हुन दिनु भनेको देशलाई संधै दबदबे हिलोमा भाँसिराख्नुभन्दा बढी केही हुने छैन ।
कुनै पेशा गरेर बाँच्न सक्ने ब्यक्ति मात्रै राष्ट्रिय राजनीतिमा प्रबेश गर्न सक्ने र बिकसित देशमा जस्तै निश्चित समयभन्दा बढी राष्ट्रिय राजनीतिमा प्रत्यक्ष रुपमा सकृय भैराख्नबाट जोगाउने ब्यबस्था नगर्ने हो भने स्लाइन पानी लिंदै देश हाँक्ने महामारीबाट देश संधैं संधै आक्रान्त हुन सक्ने संभावनालाई नकार्न सकिन्न ।
पूँजिवादी भनिने देशहरुमा समाजवादी भन्न मिल्ने प्रसस्त छनक पाइने जत्ति पनि छनक समाजवादीको रुपमा देखाउन खोज्ने हाम्रा समाजवादीहरुमा देख्न नसकिने पक्ष एकातिर छ भने अर्कोतिर कुर्सीको लागि प्रसस्त रकम खर्चने र आसेपासेलाई राख्ने कार्यले भ्रष्टाचारलाई प्रश्रय दिइरहेको हुन्छ ।
यही परंपराको कारण राजनीतिज्ञहरु आफ्नो पुरानो पेशामा नै फर्कने अथवा सामाजिक कार्यमा लाग्ने भन्ने कुरा हाम्रो सन्दर्भमा ‘आकाशको फल आँखा तरी मर’जस्तै भएको छ ।
अन्तराष्ट्रिय पत्रिका इकोनोमिस्टका अनुसार वेलायत, फ्रान्स, जर्मन र अमेरिकाका नेताहरुको सरदर उमेर ७० बर्षभन्दा माथि देखिन्छ । त्यसरी नै ७० देखि ८० को दशकमा नेताहरुको सरदर उमेर ६० भन्दा कम देखिन्छ ।
२०१० सम्मका नेताहरुको सरदर उमेर ६० भन्दा कम देखिन्छ । यी चार देश बाहेक अन्य बिकसित देशहरुमा समेत नेताहरुको उमेर प्रायजसो ६० भन्दा कम देखिन्छ । हरेक कुरा तिब्र गतिमा परिवर्तनशील आजको बिज्ञान र प्रबिधिको युगमा राष्ट्रिय, अन्तराष्ट्रिय र बिभिन्न पुस्ताहरुका बीच सन्तुलन कायम गर्न पनि यो उमेरका ब्यक्तिहरुको नेतृत्वदायी भूमिका उपयुक्त देखिन्छ ।
प्राप्त जिम्मेवारी पुरा गर्नुपर्ने जिम्मेवारी बोधका कारण पश्चिमा देशहरुमा सकभर पाएको जिमेवारीबाट समेत पन्छनेहरु प्रसस्त पाईन्छन, तर हामीकहाँ अधिकारमुखी मात्रै भएर व्यबहारमा कर्तब्यबोध नभएकाहरु बलेको आगो बन्न र केही गर्न नसके पनि राष्ट्रिय सुबिधाको उपभोग गर्न बिना संकोच तछाड मछाड गर्नेहरुको हावी छ ।
पार्टीहरुका बीच र पाटीभित्र पदका लागि च्याँखेका लागि साइत र जोखना हेर्ने परिपाटीले जन चाहना बिपरितका अनुहारहरु प्राथमिकतामा पर्ने वा पारिने परिपाटीको प्रबलताले प्रजातन्त्र उपहास हुने र कमजोर हुने काम भएको छ जस्ले देशलाई यथास्थितिमा नै जकड्याइराख्ने काम भएको छ ।
त्यस्तै अनावश्यक किसिमले देखा परेका अनगिन्ति पार्टीहरुका कारण समानुपातिक मार्फत पुराना अनुहारहरु नै संसदमा देखा पर्ने संभावनालाई नकार्न सकिन्न । यसरी समयानुकूल मान्न नसकिने असफल र अयोग्य प्रमाणित भैसकेकाहरुकै राष्ट्रिय राजनीतिमा प्राचुर्यताबाट देशलाई जोगाउन नसकिंदासम्म देश संधै यस्तै दलदलमा फँसिराख्ने कुरामा सन्देह छैन ।
अतः लोकप्रिय हुन नसक्नु र सभ्य राजनीति गर्न नसक्नाले नेताहरु तीब्र आलोचना र प्रतिकूल बातावरणका बाबजूद सुरक्षा र सुबिधामुखी बनिरहेका छन । गरीब देशका धनी नेताहरु र पार्टीहरुको देशले थाम्न नसक्ने यस्ता असान्दर्भिक र नसुहाउँदो तडक, भडक र रबाफलाई धनी र बिकसित देशका उपर्युक्त व्याबहारिक संस्कारले प्रतिस्थापन नगरेसम्म देश अगाडि बढन सक्तैन ।
एकचोटी सांसद र मन्त्री भएपछि राज्यको ढिकुटीको दुरुपयोग गर्दै तयार पारिएका अगाडि पछाडि गर्नेहरुको रबाफमा आजीवन जिउने हाम्रो संस्कारको अन्त्य आफूआबद्ध नभएको पार्टीको मात्रै बिरोध गरेर आ–आफ्नो झुण्डमा रमाउनेहरुमा पनि परिवर्तन नआएसम्म सम्भब छैन ।
त्यसैले आफ्नाहरुको तालीमा रमाउने र हराउने नेताहरु जति देशको दुर्गा्तिको लागि भागीदार छन त्योभन्दा कम उनीहरुलाई स(साना स्वार्थका लागि ताली र हजुर रुपी गजुर दिएर उक्साउनेहरु पनि छन भन्न सकिन्न ।
आदर गर्न लायक नेताहरु खटकिएको बर्तमान अवस्थामा सबै पार्टीभन्दा माथि उठेर सोच्न सकिएन भने नेताहरु बोत्तल फेरिएका पुराना रक्सी बनिरहने भएकोले देशले थेग्न नसक्ने गरीब देशका महंगा नेता र कार्यकर्तालाई सही दिशामा ल्याउन हाम्रो सोंच पनि फराकिलो बनाउनै पर्छ ।
(लुम्बिनी-कपिलवस्तु दिवस अभियान विश्व संयोजक इं श्रेष्ठ अष्ट्रेलियामा बसोबास गर्छन्)
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...