×

NMB BANK
NIC ASIA

द्विअर्थी ‘लाइभ दोहोरी’लाई लिएर स्रष्टाहरूको आक्रोश, प्रतिष्ठान अध्यक्ष बिजी भन्छन् - त्यस प्रकारको निर्लज्जला अत्यन्तै दुःखद् हो

असार १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सर्जक एवं गायक कस्तुप पन्तले शुक्रवार फेसबुकमा एक ‘लाइभ दोहोरी’को अंशमा बनेको टिकटक पोष्ट गर्दै लेखे, ‘हामी अग्रजले सिकाएको बाटोमा छौँ कि अनुजले देखाएको बाटोमा । डलरले दोहोरीको कलर बिगार्न पाइँदैन । अहिले नबोले कहिले बोल्ने ?’ 

Muktinath Bank

उनले पोष्ट गरेको भिडियोमा दोहोरी गाउँदा द्विअर्थी शब्द प्रयोग गरिएको छ । पछिल्लो दुई वर्षयता युट्युबमा लाइभ दोहोरीको बाढी आयो । त्योसँगै विकृति पनि ह्वात्तै बढेको गुनासो सुनिन थालियो । चाँडै चर्चा अनि डलर कमाउने मोहका कारण विशेषगरी नव कलाकारहरू द्विअर्थी दोहोरी गायन उद्देलित देखिए । तर, गीतकार कस्तुपले पोष्ट गरेको भिडियोमा लोकदोहोरीका एकजना अग्रज स्रष्टा पनि देखिन्छन् । खासमा कस्तुपको आक्रोश अग्रज कलाकार भएर त्यसरी द्विअर्थी दोहोरी गाउनुमा रहेको हुनुपर्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कस्तुप मात्र होइन्, सांगीतिक क्षेत्रका अन्य कलाकारहरूले पनि यसप्रकारको क्रियाकलापमा असन्तुष्टि जनाएका छन् । उक्त ‘क्लिप’ १० दिनअघि ‘अर्जुन खड्का’ युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको लाइभ दोहोरीको हो । शीर्षक नै अपाच्य राखिएको उक्त लाइभ दोहोरी द्विअर्थी र अपाच्य शब्दले भरिएको छ । 


Advertisment
Nabil box
Kumari

उसो त द्विअर्थी र अपाच्य शब्दले भरिएको लाइभ दोहोरी यो मात्र होइन् । युट्युबमा उच्छृंखल लाइभ दोहोरीहरू प्रसस्तै छन् । यसअघि पनि लाइभ दोहोरी फोहोरी भएको गुनासो आएपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले अन्तक्र्रिया कार्यक्रमको समेत आयोजना गरेको थियो । तर, द्विअर्थी र अपाच्य लाइभ दोहोरी सार्वजनिक हुने क्रम रोकिन सकेको थिएन । 

Vianet communication
Laxmi Bank

युट्युबमा सार्वजनिक भएका द्विअर्थी र अपाच्य खालका लाइभ दोहोरीलाई लिएर स्रोता एवं कलाकारहरूले समेत गुनासो पोख्ने गरेका छन् । कतिपयले यस्ता क्रियाकलापमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले ध्यान नदिएको भन्दै संस्थाप्रति आक्रोश समेत पोख्ने गरेका छन् । प्रतिष्ठानका अध्यक्ष रमेश बि.जी. लाइभ दोहोरीमा देखिएका विकृतिलाई लिएर शुभचिन्तक एवं स्रष्टामा देखिएको आक्रोशप्रति आफूहरूको ध्यान गइरहेको बताउँछन् ।

लोकदोहोरीका अग्रज स्रष्टा सम्मिलित लाइभ दोहोरीतर्फ संकेत गर्दै बिजीले भनेका छन्, ‘सम्मानित स्रष्टाहरू नै सम्मिलित भएको ठाउँमा त्यस प्रकारको निर्लज्जला अत्यन्तै दुःखद् हो ।’ 

अध्यक्ष बि.जीले संस्थाको तर्फबाट बारम्बार गरिएका अनुनयलाई बेवास्ता गरी मनपरी किसिमले प्रस्तुत हुने कलाकारहरूलाई छलफलका लागि प्रतिष्ठानको कार्यालयमा उपस्थित हुन आग्रह गर्न लागिएको जानकारी दिएका छन् । उनले प्रतिष्ठानको विकृति विसंगति न्यूनीकरण समिति संयोजक शिव हमालमार्फत् तत्काल पत्र काट्दै उपस्थितिका लागि अनुरोध गर्न लागिएको जनाएका हुन् । 

बिजीले फेसकुबमा स्टाटस लेख्दै कसैले डलर मोहका कारण गरिएका कमीकमजोरीलाई लिएर सिँगो संस्थालाई गाली नगर्न समेत आग्रह गरेका छन् । प्रतिष्ठानका पूर्व अध्यक्ष बद्री पंगेनीले पनि लाइभ दोहोरीमा देखिएका विकृतिलाई न्यूनीकरण गर्न संस्थागत विधान र अधिकारले दिएको कुरा आफूहरूले गरिरहको बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x