×

NMB BANK
NIC ASIA

तारमा चढ्दिनँ, अब पुग्यो; चान्स पाए कलाकार बन्ने हो- माइला [भिडियो]

असार २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नुवाकोटमा बिजुलीको पोल हुँदै तारमा बसेर चर्चित बनेका ४२ वर्षीया माइला विक अर्थात् हिमबहादुर सुनार यतिबेला काठमाडौंको चन्द्रागिरी नगरपलिका पुरानो नैकापस्थित सूर्योदय नेपाल सुधार केन्द्रमा छन् ।

Muktinath Bank

उनलाई भेट्न सुधार केन्द्रमा पुग्दा उनी प्रहरीको पोशाकमा भेटिए । प्रहरीको पोशाकबारे उनले भने, ‘म तारमा चढ्दा नाङ्गै थिएँ । प्रहरी दाइहरूले मेरो माया लागेर मलाई यो कपडा दिनुभएको हो । मैले जागिर खाएर पाको होइन ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नवजीवन परोपकार समाजमा २ दिन बसेर मानसिक अस्पताल पुर्‍याई उपचार गरी हाल सुधार केन्द्रको संरक्षणमा राखिएका छन् । चिकित्सकको सल्लाहमा उनलाई दैनिक ४ चक्की औषधि सेवन गर्न दिइने गरेको सञ्चालक उदय न्यौपानेले बताए ।


Advertisment
Nabil box
Kumari

‘अहिले उहाँ पूरै रेस्टमा हुनुहुन्छ,’ सञ्चालक न्यौपानेले भने ।

Vianet communication
Laxmi Bank

आइतवार साँझको समयमा भेट्न पुग्दा माइला दाइ अलि गम्भीर देखिन्थे । उनले जीवनमा माया पाए जिउन सजिलो हुने निष्कर्ष सुनाए । ‘जीवनमा सानो कीरालाई पनि माया गरे उसले पनि हामीलाई बचाउँदो रहेछ भन्ने कुरा यो संस्थामा आएर सिक्न पाए,’ उनले भने ।

घर वरिपरि मात्र बसेर कसैले चिन्दैनन्, कि त मरिन्छ कि त फेमस भइन्छ भनेर त्यो तारमा चढेको थिएँ । मर्न त मरिनँ तर फेमस भएँ,’ ठट्यौली शैलीमा उनले सुनाए ।

‘अब पोलमा कहिल्यै पनि चढ्ने छैन । फेमस भइहाले, बरु मौका मिल्यो भने कलाकारिता गर्ने इच्छा छ । नत्र गाउँमा गएर खनजोत गर्ने हो,’ उनले ठट्यौली शैलीमा भने, ‘मेरो कलाहरू के–के छन् ? कस्तो–कस्तो छन् ? त्यो सबै रहर म जन्मेदेखि पूरा गर्न पाएको छैन । अब म जति समय रहन्छु, मेरो सबै रहर मेट्छु । मलाई टीभीमा खेल्न बोलाएदेखि म खेल्न जाने नै हो । कसैको पनि माया नपाएर त्यस्तो गरेको थिएँ, अब उपरान्त कहिल्यै उपद्रो काम गर्ने छैन ।’

स्वास्थ्य अवस्थाबारे बताउँदै उनले भने, ‘मेरो छातीको हड्डी भाँचिएको छ । यसको एक्स–रे गर्ने कुरा चलिरहेको थियो, त्यसपछि अरु खासै केही पनि छैन । खुट्टामा सामान्य घाउ थियो, त्यो पनि औषधि लगाएर बिसेक भइसकेको छ ।’

उनले थपे, ‘यो संस्थामा आएदेखि म दैनिक नुहाउँछु, बिहानै उठ्छु, अरु सबै जना दाजुभाइ अरु–अरु काममा व्यस्त बन्नुहुन्छ, मलाई त केही पनि गर्नु पर्दैन, खाना, नास्ता खान्छु रेस्ट गर्छु, बस्छु रमाइलो भइरहेको छ ।’

संस्थाका सञ्चालक उदय न्यौपानेका अनुसार माइला दाइलाई अहिले माया र रेस्टको खाँचो रहेको छ । उनले भने, ‘त्यो तारमा चढेको दिनपछि यहाँ ल्याएको दिनभन्दा अहिले २६ दिनमा उहाँमा त्यो बेलाको जस्तो मानसिकता नै परिवर्तन भइसकेको छ । सोचाइमा नै परिवर्तन आइसकेको छ अहिले ।’ 

हेर्नुहोस् भिडियोः

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x