×

NMB BANK
NIC ASIA

स्रोतलाई सार्वजनिक गर्ने कि सूचना ?

साउन २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel
  • सवितुः

पत्रकारले प्रत्यक्ष देखेर तथ्यांक, विवरण संकलन गरेको स्थितिबाहेक समाचारमा प्रयोग भएका हरेक सूचनाका लागि विश्वासिलो स्रोतको उल्लेख गर्नैपर्छ । अपवादको अवस्थाबाहेक ‘नाम नखुलाउने शर्तमा’ दिइएको सूचना सकभर प्रयोग गर्नु हुँदैन तर समाचारमा सञ्चारकर्मीले स्रोतको संरक्षण गर्न नजान्दा सूचनादातालाई नै संकट आइलाग्छ । 

Muktinath Bank

हालै दार्चुलामा एउटा यस्तै प्रकृतिको घटना भएको छ, पत्रकारले समाचारमा प्रयोग गरिएको सूचनाको स्रोतको गोपनीयता कायम राख्न नसक्दा १ जना सुरक्षाकर्मीलाई जेल चलान गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दार्चुला सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरीको ४४ नम्बर गणमा कार्यरत वरिष्ठ हवल्दार नरेशसिंह साहुलाई जेल पठाइएको छ । गणमा कार्यरत जनशक्तिमध्ये आधाजसोलाई बिदामा छाडेर प्रमुखले राशनमा घोटाला गरेको सूचना सञ्चारमाध्यमलाई उपलब्ध गराएपछि उनीविरुद्ध ‘गणको हातहतियार, गोलीगट्ठा तथा जनशक्ति विवरण समेत खुल्ने गरी गोपनीयता भंग गरेको’ फर्जी मुद्दा लगाएर सशस्त्र प्रहरीको आन्तरिक न्यायिक संयन्त्रमा असार २२ गते मुद्दा दायर गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

तर सूचनाको हकसम्बन्धी ऐनको दफा २९(३) मा लेखिएको छ, ‘सूचना दिएका कारणले त्यस्तो सूचनादातालाई पदबाट मुक्त गर्न वा कुनै पनि किसिमको कानूनी दायित्व बहन गराउने गरी सजाय गरिने वा हानि नोक्सानी पुर्‍याउन पाइने छैन ।’ 

Vianet communication
Laxmi Bank

अमेरिकी पत्रिका ‘न्यूयोर्क टाईम्स’मा आचारसंहिता एवं स्तरसम्बन्धी फाँट हेर्ने सम्पादक फील कोर्बेटले ३० जुनमा एउटा लेख लेख्दै समाचारमा प्रयोग गरिने सूचनाका स्रोतहरूबारे उल्लेख गरेका छन् ।

परिचय खुलाउन नमान्ने स्रोतहरूले दिएका सूचना भरपर्दा नहुने हुँदा जोखिम यथावत् रहने अवस्थालाई उनले औंल्याएका छन् । समाचारमा परेका सूचनाका स्रोतहरू सार्वजनिक रूपमा चिनिन नचाहने, कसैलाई चर्चामा आउन मन नलाग्ने, कसैलाई जागिर जाने डर, कसैलाई सामाजिक रूपमा बहिष्कारमा परिन्छ कि भन्ने भय, कसैलाई व्यक्तिगत असुरक्षा हुने त्रास आदिलाई उनले लेखमा खुलाएका छन् ।

समाचारमा प्रयोग गरिने सूचनाका स्रोतहरूबारे जयप्रकाश आनन्दले लेखेको ‘मिडियाका अनेक रंगः पेशागत मर्यादा भुल्ने, स्वार्थ बोक्ने’ शीर्षकको लेखमा सूचनादाता र सञ्चारकर्मीको पेशागत मर्यादाबारे उल्लेख गरिएको छ ।

सूचना दिएबापत नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइएका साहुलाई सूचनाको हकसम्बन्धी ऐन, राष्ट्रिय सूचना आयोग, नेपाल पत्रकार महासंघ, सूचनाको हकका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाले सहयोग गर्ने अपेक्षा गरिँदैछ । 

हालसम्म समाचारमा बेनामी स्रोतहरू उदृत गरिँदा समाचारको विश्वसनीयतामाथि प्रश्न उठ्ने गरेको थियो तर स्रोतले दिएको गोप्य सूचनालाई समाचारमा उल्लेख गर्दा त्यसबारे सञ्चारकर्मीले सावधानी अपनाउनुपर्नेमा असावधानीपूर्वक स्रोतको प्रयोग गरिदिँदा त्यसले स्रोतलाई पुर्‍याएको क्षतिबारे पनि लेखाजोखा गर्नुपर्छ । पत्रकारले सूत्रहरूको उल्लेख गरेर समाचार सामग्री तयार पार्दा संवेदनशील हुँदै सूचना सम्प्रेषणतर्फ विशेष ध्यान दिन जरुरी देखिन्छ ।

तोकिएका प्रवक्ता र सूचना अधिकारीहरू आमनागरिकको जानकारी र सरोकारका लागि सूचना दिनेभन्दा सूचना लुकाएर कार्यालयको अनियमितता ढाकछोप गर्नुपर्छ भन्ने मानसिकताबाट अभिप्रेरित भएर काम गरिरहेका अवस्थामा संगठनभित्र भएको खराब पक्षलाई साहुले सार्वजनिक गर्ने आँट गर्नु प्रशंसनीय छ ।

यस घटनाबारे गम्भीर अनुसन्धान गरी प्रमुखलाई कारवाही हुनुपर्ने हो । सँगसँगै साहुले पनि न्याय पाउनुपर्छ ।

(लेखक कञ्चनपुर निवासी हुन् ।)

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

असोज ८, २०७९

समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x