×

NMB BANK
NIC ASIA

मध्यबर्खामा पनि काठमाडौंमा धूलोको महामारी, व्यापारी भन्छन् – धूलोले व्यवसाय चौपट

कात्तिक २०, २०७४

NTC
Premier Steels


काठमाडौं १६ साउन–दिउँसोको चर्को घाममा बाल्टिनमा पानी लिएर सडकमा छ्याप्दै थिए रातोपुलमा व्यवसाय गर्दै आएका व्यपारी शंकर कार्की ।

१७ वर्ष अघिदेखि रातोपुलमा फलफुल व्यपार गर्दै आएका कार्की सडकमा उड्ने धुलोबाट आजित बनेका छन् । पानी छम्किदै उनले भने,‘मेलम्ची खानेपानी आयोजनाले सडक भत्काएपछि सडकमा धुलो उडेर यहाँ बसिसक्नु छैन ।’

छेऊमै रहेको आफ्नो पसल देखाउदै उनले थपे, ‘पहिला पहिला राम्रो व्यपार हुन्थ्यो । अहिले धुलोले गर्दा यो बाटोमा मान्छे कम हिड्छन्, व्यपार नै छैन ।’ पशुपति मन्दिर र एयरपोट नजिकै रहेकाले पहिला पहिला दैनिक १० हजार भन्दा बढिको व्यपार हुने गरेको भएपनि अहिले दैनिक ५ हजारको पनि व्यापार नहुने उनले बताए । देशका उच्च सरकारी अधिकारीहरु दैनिक सोहि बाटोबाट हिड्ने भएपनि बाटो मर्मतमा भने कसैको ध्यान नगएको उनको गुनासो छ ।

रातोपुलमै होटल व्ययावसाय गर्दै आएका अर्का व्यपारी शेष बहादुर पहरी पनि आफ्नो होटल अगाडि सडकमा पानी छ्याप्दै थिए । पानी परे हिलाम्मे हुने र घाम लागे धुलोले बस्नै नसकिने उनले बताए । ‘सडकमा उडेको धुलो होटलको भित्र सम्म पुग्छ । धुलोको कारण होटल नै चल्ल छोडेको छ’ उनले भने । दैनिक यसरी धुलो खाएर बस्नु पर्दा व्यापार भन्दापनि स्वास्थ्यमा बढि असर गरेको उनको ठम्याइ छ । उनले भने,‘ सर्वसाधारणले दैनिक यसरी धुलो सहेर बस्नु परेको छ । सरकारले छिटै पिज गरीदिए हुन्थ्यो ।’

मेलम्चीको खानेपानी वितरणको लागि पाइप विछ्याउन भत्काईएको सडक मर्मत भएको छैन । जसको कारण राजधानीका अधिकांश स्थानको अवस्था विग्रिएको छ । घामलाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने काठमाडौंको सडकले राजधानी बासी बाक्क÷दिक्क बनेका छन् ।

काडमाडौंको सडकमा मेलम्ची खानेपानी वितरण, ढल मर्मत र सडक विस्तारको कामले गर्दा सडकमा हिलो र धुलो छ । सडक व्यवस्थीत र समयमा सम्पन्न नहुदा राजधानी बासी हैरानी खेपीरहेका छन् ।

राजधानीबासी मात्र हैन सडकको अस्थव्यस्थता कम गर्न सडकमा खटिएका ट्राफिक प्रहरी पनि यसबाट पीडित छन् । भत्किएको सडकमा दैनिक सवारी आवागमन सहज बनाउन निकै कठिन भएको ट्राफिक प्रहरीको भनाइ छ ।

महानगरीय ट्राफिक प्रहरी वृत बौंद्धका प्रहरी निरीक्षक दामोदर भट्टले बौद्धदेखि चावहिल सम्मका बाटोमा रहेको खाल्डाखुल्डीका कारण सवारी व्यबस्थापनमा कठिनाइ परेको बताए । ‘घाम लाग्दा दिनभरी सडकमा खटिएर सवारी आवागमन व्यवस्थीत गर्न निकै चुनौति छ, तर पनि हामीले गरीरहेका छौं’ उनले भने, ‘हामीलाई हाम्रो भन्दा पनि सर्वसाधारणलाइ सहज होस् भन्ने चिन्ता छ ।’

धुलोको कारण मात्र हैन पानी पर्दा पनि उतिकै समस्या हुन्छ । घाम लाग्दा धुलो मात्र सहनु पर्छ, तर पानी पर्दा पैदल यात्री र मोटरसाइकल चालकहरु ठूला सवारी साधनले छ्याप्ने फोहोर पानीको सिकार बन्नु पर्छ । सवारी साधनले हिलो छ्यापेको घटना लिएर सर्वसाधरण प्रहरीकोमा समेत पुग्ने गरेका प्रहरी निरीक्षक भट्टले जानकारी दिए ।

तर भत्किएको सडकमा दुर्घटनाको क्षति भने कम हुने प्रहरी निरीक्षक भट्टको भनाइ छ । भत्किएको सडकमा सवारी साधनले आफ्नो सवारीको गति कम गर्ने भएका कारण पनि दुर्घटना कम हुने उनले बताए । ‘दुर्घटना भईहाले पनि पिच सडकमा जस्तो ठूलो क्षती हुदैन ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x