×

NMB BANK
NIC ASIA

सुस्त वैदेशिक लगानी

प्रत्यक्ष वैदेशिक लगानी– प्रतिबद्धता खर्बमा, लगानी अर्बमा सीमित

भदौ २०, २०७९

NTC
Premier Steels

नेपालमा वैदेशिक लगानीको अवस्था निराशाजनक देखिएको छ ।

Muktinath Bank

लगानी प्रतिबद्धता खर्बमा आउँदा लगानी भने अर्बमा आउन पनि मुस्किल हुने गरेको तथ्यांकले देखाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक वर्ष २०७४/७५देखि २०७८/७९ सम्ममा वैदेशिक लगानी प्रतिबद्धता १ खर्ब ९१ अर्ब ७० करोड रुपैयाँ आउँदा प्राप्त लगानी भने ७४ अर्ब मात्रै देखिएको छ ।  


Advertisment
Nabil box
Kumari

उद्योग विभागका अनुसार, गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा करीब ५३ अर्ब ९० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । 

Vianet communication

तर खुद प्रत्यक्ष वैदेशिक लगानी भने १८ अर्ब ५६ करोड रुपैयाँ मात्रै भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २०७८/०७९ मा वैदेशिक लगानीमा ४.९ प्रतिशतले कमी आएको छ । 

उद्योग विभागले गत आर्थिक वर्षमा विभिन्न मुलुकहरूबाट २ सय ९३ परियोजनाका लागि आएका ५३ अर्ब ९० करोड रुपैयाँ बराबरको लगानीलाई स्वीकृत गरेको थियो ।

कुल ५८ अर्ब १४ करोड रुपैयाँ लागतको परियोजनामा ५३ अर्ब ९० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको र त्यसलाई स्वीकृत गरिएको विभागले जनाएको छ । 

विभागका अनुसार, यी परियोजनाहरू सम्पन्न भएमा १६ हजार ६८८ जनशक्तिका लागि रोजगारीको अवसर सिर्जना हुनेछन् । 

कुन वर्षमा कति आए लगानी प्रतिबद्धता ? 

उद्योग विभागले आर्थिक वर्ष २०५०/५१ देखि हालसम्मको लगानी स्वीकृत भएकोबारे एक प्रतिवेदन सार्वजनिक गरेको छ । 

केही दिनअघि सार्वजनिक भएको सो प्रतिवेदन अनुसार, हालसम्म मुलुकमा उद्योग विभागअन्तर्गत ४ हजार ८ सय ५४ परियोजनामा वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

प्रतिवेदनअनुसार, गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा मात्रै २०७ परियोजनाका लागि ४० अर्ब ४९ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । 

यस वर्ष प्रतिबद्धता आएका यी परियोजना सम्पन्न हुँदा १२ हजार २०१ जनशक्तिले रोजगारी पाउने प्रतिवेदनमा उल्लेख गरिएको छ । 

पछिल्लो ५ आर्थिक वर्षलाई हेर्ने हो भने सबैभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता आर्थिक वर्ष २०७४/७५ मा ५५ अर्ब ७६ करोड रुपैयाँ बराबरको स्वीकृत भएको थियो । 

यस्तै आर्थिक वर्ष २०७५/७६ मा २५ अर्ब ४८ करोड रुपैयाँ, २०७६/७७ मा ३७ अर्ब ८० करोड रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा ३२ अर्ब १७ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । 

यस्तै गत आर्थिक वर्ष २०७८/७९ मा ५३ अर्ब ९० करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । 

यसबीचमा लगानी बोर्डले ४ खर्ब ३ अर्ब रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरेको छ । 

बोर्डले आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७८/७९ सम्ममा ४ खर्ब ३ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरेको हो । 

लगानी प्रतिबद्धता अनुसार कति आयो लगानी ? 

सरकारले हरेक वर्ष वैदेशिक लगानी स्वीकृत गरिरहेको हुन्छ । वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गर्ने कार्य उद्योग विभागले गर्दै गर्दा वैदेशिक लगानीको लेखाजोखा गर्ने निकाय भनेको नेपाल राष्ट्र बैंक हो । 

राष्ट्र बैंकले हरेक महिना अन्य विवरणसँगै वैदेशिक लगानीको अवस्थाबारे समेत जानकारी गराउने गरेको छ । 

राष्ट्र बैंकका अनुसार, गत आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा नेपालमा १७ अर्ब ३५ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ । 

अघिल्लो आर्थिक वर्षको ११ महिनाको तुलनामा यो रकम ७.१ प्रतिशत बढी हो । अघिल्लो वर्षको ११ महिनामा खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब २० करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 

यस्तै आर्थिक वर्ष २०७७/७८ मा खुद प्रत्यक्ष वैदेशिक लगानी १९ अर्ब ५१ करोड रुपैयाँ भित्रिएको थियो । 

राष्ट्र बैंकका अनुसार, २०७६/७७ मा वैदेशिक लगानी १९ अर्ब ४८ करोड रुपैयाँ भित्रिएको थियो । 

यसैगरी आर्थिक वर्ष २०७५/७६ मा खुद प्रत्यक्ष वैदेशिक लगानी १३ अर्ब ७ करोड भित्रिएको थियो । 

आर्थिक वर्ष २०७४/७५ मा भने १७ अर्ब ५१ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।   

वैदेशिक लगानी प्रतिबद्धता र प्राप्त वैदेशिक लगानीबीचको अन्तर

मुलुकमा वैदेशिक लगानी प्रतिबद्धता र प्राप्त वैदेशिक लगानीको खाडल ठूलो देखिएको छ । 

स्वीकृत भएका वैदेशिक लगानी पनि लगानीको रूपमा मुलुकमा नभित्रिँदा परियोजनामा समेत असर पर्ने गरेको विज्ञहरू बताउँछन् । 

तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा ४० अर्ब ४९ करोड रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएकोमा १७ अर्ब ३५ करोड रुपैयाँ मात्रै लगानी भित्रिएको देखिन्छ । 

वैदेशिक लगानी प्रतिबद्धता र प्राप्त लगानीको अन्तर [तालिकामा]

प्रतिबद्धताभन्दा किन कम आउँछ लगानी ?

विगत ५ आर्थिक वर्षलाई तुलना गरेर हेर्ने हो भने वैदेशिक लगानी प्रतिबद्धता धेरै आएको तर लगानी भने निकै न्यून मात्रामा आएको देखिन्छ । 

उद्योग विभाग र लगानी बोर्डले छुट्टाछुट्टै परियोजनामा वैदेशिक लगानी स्वीकृत गर्छन् । 

६ अर्ब वा सोभन्दा बढी बजेटको लगानी प्रतिबद्धता स्वीकृत गर्ने काम लगानी बोर्डले गर्छ भने सो भन्दा कमको उद्योग विभागले गर्ने गरेको छ । तर प्रतिबद्धता जति नै आएपनि लगानी भने नआएको पाइएको हो । 

उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक सुरेश श्रेष्ठ प्रतिबद्धता आए पनि लगानी भने पछिल्ला वर्षहरूमा क्रमशः आउँदै जाने भएकाले वर्षगत रूपमा हेर्दा कम देखिनु स्वभाविक भएको बताउँछन् । 

उनले तुलनात्मक रूपमा यसलाई हेर्न सकिने भएपनि प्रतिबद्धता र स्वीकृति विगतदेखि नै समान नरहेको बताए ।

‘४ वर्ष अगाडि प्रतिबद्धता भएको परियोजनाका लागि लगानी ४ वर्षपछि आउन पनि सक्छ,’ उनले भने, ‘ठूला उद्योग, ऊर्जा, जलविद्युतको लगानी यस्तो हुन्छ । यसो हुँदा शुरूमा धेरै कम लगानी भित्रिन्छ ।’

यस्तै सरकारले न्यूनतम ५ करोड रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धतामात्रै स्वीकृत हुने थ्रेसहोल्ड कायम गरेकाले पनि लगानी र प्रतिबद्धताको अनुपात कतिपय अवस्थामा नमिल्ने उनको भनाइ छ । 

उनले भने, ‘थ्रेसहोल्ड कायम राख्न ५ करोडकै प्रतिबद्धता गर्ने तर उद्योग सञ्चालन गर्ने अवस्थासम्म भने ५ करोड आवश्यक नपर्ने पनि हुन्छ कुनै अवस्थामा ।’

उनले राष्ट्र बैंक र विभागले डाटा विश्लेषण गरेर हेर्दा प्रतिबद्धताको करीब ३० प्रतिशत मात्रै वार्षिक रूपमा लगानी भित्रिने गरेको उल्लेख गरे । 

सरकारले २ वर्षसम्म परियोजनामा लगानी नल्याएमा त्यस्ता लगानीकर्तालाई निष्क्रिय मान्ने गरेको छ । 

विभागका अनुसार लगानी प्रतिबद्धता गर्ने तर लगानी नल्याउने यस्ता निष्क्रिय लगानी पनि करीब १० देखि १५ प्रतिशतकै हाराहारीमा रहने गरेको पाइएको छ । 

 ‘नीतिगतरूपमा सहज छ, तर पनि उल्लेख्य आएन’

उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले कोरोना महामारी जस्ता विभिन्न कारणले कतिपय काम रोकिँदा लगानी प्रतिबद्धता र प्राप्त वैदेशिक लगानीबीच ‘ग्याप’ भएको बताए । 

उनले महामारीपछि पछिल्ला दिनहरूमा लगानी भित्रिन विस्तारै वातावरण बनिरहेको भएपनि प्रर्याप्त भने नदेखिएको बताए । 

‘कतिपय परियोजना बनाउँदै गर्दा स्थानीयसँग झगडा पर्ने, कतिपय राजनीतिक कारणले बिच्किने अवस्था पनि देखिन्छ,’ महानिर्देशक तिवारीले लोकान्तरसँग भने, ‘यसो हुँदा कतिपय प्रतिबद्धता गरिसकेकाहरूले पनि अन्य मुलुकतर्फ डाइभर्ट  भएको पाइन्छ ।’

यद्यपि ठूलो लगानी आउँदा केही प्रतिशत लगानी फिर्ता हुनु स्वाभाविक भएको उनको भनाइ छ । 

उनले भने, ‘ठूलो लगानी आउँदा न्यून प्रतिशत अन्य मुलुकमा पनि हुन्छ । कतिपय जेन्युन लगानी प्रतिबद्धता आएपनि पछि अन्य क्षेत्रमा राम्रो हुँदा उता जाने परिपाटी पनि छ ।’

उनले पछिल्लो समय वैदेशिक लगानी भित्र्याउनका लागि नीतिगत प्रक्रिया निकै सरल रहेको सुनाए । 

नीतिगत रूपमा समस्या नभएको भन्दै अन्य व्यवस्थामा कसको कति योगदान भन्ने नै स्पष्ट नभएको उनको भनाइ छ । 

वैदेशिक लगानी भित्र्याउनु सबैको दायित्व भएपनि हरेक निकायले बीचबीचमा अवरोध सिर्जना गर्दा पनि समयसमयमा लगानीको वातावरण नबन्ने गरेको उनको बुझाइ छ ।

पछिल्ला दिनहरूमा लगानीमा बिस्तारै सुधार हुँदै गएपनि उत्साहजनक हुन नसकेको महानिर्देशक तिवारीको भनाइ छ ।  

राष्ट्र बैंक भन्छ: दीर्घकालीनरूपमा सहयोग पुग्नेगरी वैदेशिक लगानी आएको छैन  

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले वैदेशिक लगानी अहिले केही घटेर आएको बताए । 

उनले यस्तो लगानी कस्तो क्षेत्रमा आएको छ भन्नेले पनि अर्थ राख्ने बताए । 

‘हाम्रो अर्थतन्त्रको क्षमता बढाउने, निर्यात वृद्धि गर्ने गरी आउने हो भने दीर्घकालीन फाइदा हुन्छ,’ उनले भने, ‘लगानी सही ठाउँमा आएन भने त्यसले अर्थतन्त्रलाई समस्या पनि हुन्छ ।’

निर्देशक श्रेष्ठका अनुसार, अहिलेसम्म आएको लगानी अर्थतन्त्रलाई दीर्घकालीन रूपमा सहयोग पुग्नेगरी आएको देखिँदैन । 

‘सैद्धान्तिक रूपमा हेर्ने हो भने लगानीले वित्तीय साधन मात्रै हैन, बजारमा सम्बन्ध, आधुनिकीकरण, प्रविधि ल्याउँछ र अन्तर्राष्ट्रिय सम्बन्ध पनि बढाउँछ,’ उनले भने, ‘तर अहिलेसम्म आएको लगानीले धेरै क्षेत्रमा सहयोग पुर्‍याएको देखिँदैन ।’

उनले वैदेशिक लगानी धेरै भित्रिएमा तत्कालका लागि पनि अर्थतन्त्रलाई केही फाइदा हुने बताए । ‘विदेशी विनिमय सञ्चिति र शोधानान्तर बचत गर्न पनि यसको महत्त्व हुन्छ,’ उनले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x