×

NIC ASIA

कृषि पूर्वाधार संरक्षण र उपयोगविहीन

भदौ २०, २०७९

Prabhu Bank
NTC
Premier Steels

कृषिउपजलाई बजारीकरण, प्रशोधन र भण्डारणका लागि म्याग्दीमा निर्माण भएका पूर्वाधार संरक्षण र उपयोगविहीन बनेका छन् । 

Muktinath Bank

ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेका तरकारी, फलफूल र खाद्यान्न बालीलाई बजारीकरणमा सघाउने उद्देश्यले निर्माण भएका कृषिउपज, बीउ सङ्कलन केन्द्र र हाटबजारका पूर्वाधार बेवारिसे बनेका हुन् । कृषक सङ्गठित हुन नसक्नु, पर्याप्त मात्रामा कृषिउपज उत्पादन नहुनु, बजार र मूल्यको सुनिश्चित हुन नसक्नु तथा सरोकारवालाको बेवास्ताका कारण प्रयोगमा आउन सकेका छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन कृषि विकास कार्यालय र लद्यु उद्यम विकास कार्यालयले बनाएका आठ वटा कृषिउपज सङ्कलन, बीउ प्रशोधन र भण्डारण केन्द्र र एक वटा हाटबजारको भवन उपयोगविहीन बनेका हुन् । 


Advertisment
Nabil box
Kumari

तीन पूर्वाधार निर्माणमा तत्कालीन अवस्थामा रु दुई करोडभन्दा बढी लगानी भएको थियो । निर्माणलगत्तै केही समय प्रयोग भएका कृषि पूर्वाधारको सञ्चालनका र संरक्षणमा सरोकारवालाको ध्यान पुगेको छैन् । 

Vianet communication

केही ठाउँमा स्थानीय तहले ब्यापारीलाई भाडामा लगाएका छन । केही भवनमा सहकारीको कार्यालय सञ्चालन भएको छ । झाडीले घेरिएका अधिकांश भवन निर्माण सामग्री, घाँस राख्ने, छाडा गाईबस्तुको गोठमा परिणत भएका छन् । खबराका कृषक सोवित शर्माले पर्याप्त उत्पादन र कृषक सङ्गठित नहुँदा कृषिउपजको बजारीकरणका लागि निर्माण भएको पूर्वाधार सदुपयोग हुन नसकेको बताए । 
तत्कालीन लद्युउद्यम विकास कार्यक्रमको सहयोगमा अन्नपूर्ण गाउँपालिकाको खिवाङमा बनाएको कृषिउपज सङ्कलन केन्द्रको भवनमा निर्माण सामग्री भण्डारण गरिएको छ । कृषि विकास कार्यालयले अन्नपूर्णको विरौटा र महभिरमा बनाएको भवन प्रयोगविहीन छ । 

भुरुङ तातोपानीको कृषिउपज बजार सङ्कलन केन्द्रको भवनमा रेष्टुराँ सञ्चालन भएको छ भने ठूलोबगरको खसीबोका सङ्कलन केन्द्र पनि प्रयोग भएको छैन् । मङ्गला गाउँपालिकाको माटेबगरमा हाटबजारका दुई वटा टहरा र कृषिउपज सङ्कलन केन्द्रको दुई वटा भवन छन् । हाटबजारको भवनमा निर्माण सामग्री थुपारिएको छ । कृषिउपज सङ्कलन केन्द्रको एक वटा भवनलाई गाउँपालिकाले भण्डारणमा प्रयोग गरेको छ । अर्को प्रयोग भएको छैन । 

बेनी र बाबियाचौरमा केही समय हाटबजार सञ्चालन भएपनि त्यहाँ कृषकले ल्याएको तरकारी, फलफूल र पशुपन्छी बिक्री नहुँदा त्यसको जिम्मा कसले लिने भन्नेमा समस्या भएपछि निरन्तरता पाएन् । बीउ प्रशोधन र भण्डारणका लागि धौलागिरि गाउँपालिकाको ताकममा अन्नपूर्ण कृषि सहकारीले बनाएको भवनमा कार्यालय सञ्चालन भएको छ । 

बीउ प्रशोधन गर्ने उपकरणसमेत भएका ताकम र मङ्गला गाउँपालिकाको रणवाङको भवन आंशिकरुपमा प्रयोगमा छन् । बीउ प्रशोधन तथा भण्डारण गर्न बेनी नगरपालिका–१ रत्नेचौरमा रहेको भवनमा निर्माण भएदेखिनै ताला लागेको छ । 

सहकारी सञ्चालक समितिले भवन निर्माण गर्दा मजदुरको ज्याला र निर्माण सामग्रीको भुक्तानी नदिएकाले विवादका कारण ताला लगाएको भवन निर्माणको जिम्मेवारी लिएका पुनम पुनले बताउनुभयो । बेनी नगरपालिका–४ तातोपानीको कृषिउपज सङ्कलन केन्द्रको भवनमा हाल योग अभ्यास सञ्चालन हुने गरेको छ । 

करोडाँै लगानीमा बनेका पूर्वाधार बेवारिसे बने पनि कृषकले भने उत्पादितउपजको उचित मूल्य पाउन नसकेको र बजारीकरणका लागि व्यापारीकै भर पर्नुपरेको बताएका छन् । बेनी नगरपालिका–१ लामगराका कृषक महेन्द्र बोगटीले कृषक सङ्गठित नभएको र अस्वस्थ प्रतिस्पर्धा हुँदा त्यसको फाइदा व्यापारिलाई पुगेको बताए । 

मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले कृषक सङ्गठित भएर आएमा कृषि पूर्वाधार प्रयोगमा ल्याउन गाउँपालिकाले सघाउने बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x