×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचन

महन्थको कोटामा छोरी मीनाक्षी, राजेन्द्र महतोको कोटामा अर्जुन उप्रेती समानुपातिक उम्मेदवार !

असोज ४, २०७९

NTC
Premier Steels

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लाेसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो छोरीलाई समानुपातिकको बन्द सूचीमा अग्रस्थानमा नाम राखेका छन् ।

Muktinath Bank

लोसपा उच्च स्रोतकाअनुसार मधेशी महिलाको पहिलो स्थानमा ठाकुरले आफ्नो छोरी डा.मिनाक्षी ठाकुरको नाम प्रतिनिधि सभामा समानुपातिकको बन्दसूचीमा समावेश गरेर पठाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि ठाकुरले छोरी मिनाक्षीकी सासु इन्दिरा झा (ठाकुरकी सम्धिनी)लाई समानुपातिक सांसद बनाएका थिए ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी, छोरीकी ससुरा (ठाकुरका सम्धी) उमाकान्त झालाई लुम्बिनी प्रदेशको प्रदेश प्रमुख बनाएका थिए ।

Vianet communication

सम्धी, सम्धिनीपछि उनले अहिले भने छोरीको नाम समानुपातिक सूचीमा समावेश गरेका हुन् । मिनाक्षी उनको एक मात्र छोरी हुन् । यसअघि उनले सम्धी र सम्धिनीलाई महत्वपूर्ण जिम्मेवारीमा लगेपछि मधेशमा ठाकुरकाे तीब्र आलाेचना हुँदै आएकाे थियाे । 

त्यसैगरी, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले खस आर्यको कोटामा चितवनका अर्जुनप्रसाद उप्रेतीको नाम पहिलो नम्बरमा समावेश गराएका छन् ।

समानुपातिकतर्फको बन्दसूचीमा महतोको कोटाबाट उप्रेतीको नाम पहिलो नम्बरमा लेखिएको स्रोतले बताएको छ । यसअघि उनले नरमाया ढकाललाई सांसद बनाएका थिए । त्यसबेला महताेकाे पनि तीब्र आलाेचना भएकाे थियाे ।

‘अध्यक्षले आफ्नी छोरीलाई समानुपातिकमा राख्ने प्रस्ताव गरेपछि पार्टीमा कसैले विरोध गरेन् । अध्यक्षले नै आफ्नो परिवारलाई समेटेपछि बरिष्ठ नेताले पनि आफ्नो कोटाको मान्छे सिफारिस गर्नुभयो । उहाँको सिफारिसमा पनि कसैले विमति राखेन’, लोसपाका एक नेताले लोकान्तरसँग भने । 

मधेशलाई मुख्य आधार बनाएर राजनीति गर्दै आएका दलहरुले आफ्ना परिवार, नातेदार र आर्थिक प्रलोभनका आधारमा लाभका पद वितरण गर्ने गरेको आरोप लाग्दै आएको छ । 

महतोले मधेशी पृष्ठभूमीका व्यक्तिलाई समानुपातिक सूचिमा समावेश नगरी आर्थिक प्रलोभनमा परेर उप्रेतीलाई समानुपातिक सिट दिन लागि परेको भन्दै पार्टी भित्र असन्तुष्टि बढेको छ । ‘चुनाव खर्चको लागि त्यसो गर्नुभएको हो कि हामीलाई स्पष्ट जानकारी भएन । मधेशी पृष्ठभूमीका व्यक्तिलाई नदिएर चितवनका उप्रेतीलाई समानुपातिक लैजाने त्यस्तो के बाध्यता आइपर्‍यो हामीले बुझेका छैनौ’, लोसपाका एक नेताले भने । 

मधेशी समुदायको मुक्ति र अधिकार स्थापना गर्ने भनेर विभिन्न समयमा आन्दोलनसमेत भएको थियो । ती आन्दोलनमा मधेशी समुदायका व्यक्तिले ज्यानको बाजी लगाएर साथ दिएका थिए । त्यसैको बलमा नेताहरू राष्ट्रिय राजनीतिमा स्थापित भएका छन् । तर, आन्दोलनमा ज्यान गुमाउने शहीद परिवार, घाइते तथा आन्दोलनमा लागेका व्यक्तिहरू भने शीर्ष नेताको प्राथमिकता नपर्ने भएपछि जनताको साथ छुट्दै गएको ती नेताले बताए । 

‘आन्दोलनमा सहभागी हुने, सफल बनाउने योद्धाहरुको पार्टीमा मूल्यांकन नै छैन । नेताहरुले मनलाग्दी पदको वितरण गर्दै आएको कारण मधेश आन्दोलन त समाप्त भयो नै । मधेश केन्द्रीत दलको जनाधार नै समाप्त हुने अवस्थामा छ’, ती नेताले गुनासो गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x