कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
मंसिर १८, २०७९
प्रदेश १ मा प्रत्यक्षतर्फ चुनाव जित्ने सबैभन्दा कान्छा सांसद बनेका छन्, जीवन आचार्य । आचार्य नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ हुन् ।
निर्वाचन आयोगमा पेस गरेको कागजात अनुसार जीवन ३६ वर्षका मात्रै भए । उनले एमालेकी रिता न्यौपानेलाई पराजित गरेका हुन् । रिता ४४ वर्षकी भइन् ।
जीवनपछि कम उमेरका सांसद एमालेका छविलाल चुडाल हुन् । ३९ वर्षीय चुडालले झापा ३(२) मा माओवादी केन्द्रका पूर्णप्रसाद राजवंशीलाई हराएका छन् । यस्तै पाँचथरबाट दोहोरिन लागेका माओवादी केन्द्रका इन्द्रबहादुर आङ्वो पनि कम उमेरका सांसदको सूचीमा पर्छन् ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री समेत रहेका आङ्वोले एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई पराजित गरेका थिए । आङ्वो ४० वर्षका हुन् भने नेम्वाङ ४४ वर्षका भए ।
ताप्लेजुङबाट पनि युवा सांसद प्रदेशसभामा आउँदै छन् । कांग्रेसका खगेनसिंह हाङ्गाम ४० वर्षका भए । उनले एमालेका गोपाल थोप्रालाई पराजित गरेका हुन् । थोप्रा ६२ वर्षका हुन् ।
तेह्रथुमको निर्वाचन क्षेत्र १(२)मा पनि युवा उम्मेदवार निर्वाचित भएका छन् ।
माओवादीबाट उम्मेदवार बनेका ४० वर्षीय दुर्गाप्रसाद चापागाईं निर्वाचित हुँदा ६८ वर्षीय एमाले उम्मेदवार तेजमान कन्दङ्वा पराजित भए । प्रदेशसभामा दोहोरिने तेजमानको धोको पूरा भएन ।
प्रदेशसभामा निर्वाचित भएकामध्ये सबैभन्दा ज्येष्ठ सदस्य कांग्रेसका गयानन्द मण्डल गनगाईं रहेका छन् । मण्डल ७९ वर्षका हुन् । उनले एमालेका सन्तोष शाह पराजित गरे । उनीहरूको उमेरमा २५ वर्षको अन्तर छ । देशमा युवाहरूको कुरा उठे पनि मोरङ ५(१)का मतदाताले भने युवालाई छाडेर वृद्धलाई चुनाव जिताए ।
सुनसरी ३(१) बाट निर्वाचित एमालेका रोहितबहादुर कार्की ७१ वर्षका भए । उनले ४७ वर्षकी सरस्वती पोख्रेलेलाई हराएका थिए ।
सुनसरी २(२) मा एमालेबाट निर्वाचित भएका रामप्रसाद महतो ६७ वर्षका हुन् । उनले कांग्रेसका राजीव कोइराला (६० वर्षीय)लाई पराजित गरे ।
कोइराला यसअघि नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता समेत थिए ।
मोरङ १(१) बाट निर्वाचित भएका एमालेका खड्गबहादुर बस्नेत पनि ६७ वर्षका हुन् । उनले एकीकृत समाजवादीका उपेन्द्रप्रसाद घिमिरेलाई पराजित गरेका थिए । घिमिरे ५९ वर्षका हुन् । घिमिरे प्रदेश १ का बहालवाला यातायात तथा सञ्चार मन्त्री समेत हुन ।
यस्तै संघीय निर्वाचन क्षेत्र १ र प्रदेशतर्फ २ वटा क्षेत्र रहेको तेह्रथुममा पनि युवा उम्मेदवार पराजित हुँदा वृद्धले चुनाव जितेका छन् । कांग्रेसबाट उम्मेदवार बनेका ४४ वर्षीय सन्तोष सुब्बाले चुनाव हार्दा एमाले उम्मेदवार ६५ वर्षीय किशोरचन्द्र दुलाल विजयी भए ।
प्रदेश १ मा ३६ वर्षदेखि ४० वर्षसम्मका ६ जना मात्रै सांसद प्रदेशसभामा निर्वाचित भएका छन् । ४१ वर्षदेखि ५० वर्षसम्मका १३ जना छन् । ५० वर्षदेखि ६० वर्षसम्मका सबैभन्दा बढी २२ जना छन् । १२ जना भने ६० देखि ७० वर्ष उमेर समूहका रहेका छन् ।
दुईजनाको वृद्धभत्ता खाने उमेर भइसकेको छ । कांग्रेसका गयानन्द मण्डल (७९) र एमालेका रोहितबहादुर कार्की (७१) वृद्धभत्ता पाउने ६८ वर्षको उमेर पार गरिसकेका सांसद हुन् ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...