मंसिर २, २०८०
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
समय बित्दै गयो । गोपालको जागिरे जीवन पनि चली नै रह्यो । त्यत्तिकैमा १ दिन मध्यरातमा राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्रीलाई असक्षम घोषित गरी सत्ता हातमा लिए ।
भोलिपल्ट त्यसैबारे सम्पादकीय लेख्नुपर्ने भयो । सरकारी सञ्चारमाध्यम सत्तामा बस्नेले जे गरे पनि ठीक गर्यो भन्नुपर्ने । सरकार आफैं प्रकाशक भएकाले यस्तो हुनु स्वाभाविकै थियो तर गोपाल भने धर्मसंकटमा पर्यो । किनकि यसैका कारण छोरीको जागिर गएको थियो ।
उनी एक निजी सञ्चारमाध्यममा कार्यरत थिइन्, जसलाई राजाका सिपाहीले मध्यरातमै बन्द गरी साँचो हातमा लिएर बसेका थिए ।
नलेखौं जागिरको सवाल थियो, लेखौं कसरी लेख्ने ? लेखाइमा एकाध शब्द मात्र तल–माथि पर्यो भने पनि प्रशासन छाड्नेवाला थिएन । यसै पनि गोपालमाथि उनीहरूको नजर राम्रो थिएन । कुन निहुँ झिकेर दुःख दिने भन्ने हुन्थ्यो, यस्तै हुँदै आएको थियो ।
सानै निहुँ पाए पनि कारवाहीको डन्डा चल्न सक्थ्यो । त्यसैले शब्द खेलाएर बीचको बाटो निकाली बचाउ गर्यो । पत्रकार तथा सम्पादकहरू शब्द खेलाउन खप्पिस हुन्छन् । शीर्षकमा खेल्छन्, कन्टेन्टमा खेल्छन् तर, तथापि, किन्तु, परन्तु जस्ता पुच्छर थपेर निष्कर्षमा खेल्छन् । लामो समयदेखि शब्दमा खेल्दै आएकाले उसलाई निष्कर्ष निकाल्न खासै गाह्रो परेन ।
लगत्तै उसको सरुवा सम्पादकीय लेखनबाट लेखरचना शाखामा भयो । थाहा छैन, कारण के थियो ? त्यसैको असर थियो कि संयोग । मानौं एकछिनलाई संयोग नै ! जे भए पनि उ सोही लेखरचना शाखामा बसेर कार्यसम्पादन गर्न लाग्यो । समय बित्दै गयो, केही समयपछि नै तत्कालीन रानी कोमलको जन्मोत्सव आयो । संस्थानले उनको सम्मानमा विशेषांक प्रकाशित गर्ने निधो गरेकाले त्यसको समेत जिम्मा उसकै काँधमा आयो । कोमलका गुणगानमा अपेक्षाकृत बढी नै लेख जम्मा भए । सत्ताको गुणगान गर्ने संसारमा कहाँ पो कमी छन् र !
विकसित मुलुकहरूमा त गोदी मिडिया र ओहोदी मिडियाको कुरा हुन्छन् भने विकासोन्मुख मुलुकको के कुरा ? आएकामध्ये विशेषांकलाई चाहिने जति छानेर सम्पादन गर्यो तर भइदियो के भने एउटा लेखमा श्री ५ बहामहारानी हुनुपर्नेमा ५ छुटेर श्री बडामहारानी मात्र हुन पुगेछ, जसलाई उसले छाप्दाछाप्दै भेट्टायो र सुधार्न लगायो पनि तर त्यतिबेलासम्म केही हजारप्रति छापिइसकेको रहेछ ।
यसैलाई निहुँ बनाइ प्रशासनले कडा स्पष्टीकरण सोध्यो, दरबारले कडा आपत्ति जनायो भन्ने व्यहोरा उल्लेख गरी । भोलिपल्ट बजार पठाउनुपर्ने विशेषांक अघिल्लो दिनै छापिएको छ र छाप्दाछाप्दै गल्ती संशोधन गरिसकिएको छ । तैपनि प्रशासन भन्छ, दरबारले आपत्ति जनायो । सुन्दा अहिले पनि कहिले हाँसो उठ्छ कहिले रिस ! कसले पत्याउँछ कि भोलि बाँडिने विशेषांकमा कहाँ ५ को अंक छुट्छ भनेर आजै दरबारले हेर्दैछ भन्ने कुरा तर यहाँ यस्तै चल्थ्यो, चल्दै आएको थियो ।
अहिले कस्तो छ कुन्नि थाहा छैन । सायद छैन होला तर विगतमा त्यस्तो थिएन । एकपटक रानी रत्नको शुभजन्मोत्सव हुनुपर्नेमा कुजन्मोत्सव शब्द पर्न जाँदा केही अग्रजहरूको जागिर गएको थियो । गोपालले भने यस हदसम्मको नौमत व्यहोर्नुपरेन । कारण प्रष्टीकरण नै यति कमजोर थियो कि कुरा सुन्दा जो पनि हाँस्ने गर्थे । यसैलाई आधार बनाई उसले यस्तो स्पष्टीकरण दियो, जसका कारण प्रशासन तत्काल कारबाहीको फायल तामेलीमा राख्न बाध्य भयो ।
शाही शासनकालमै नक्कली शैक्षिक प्रमाणपत्र छानबिनको लहर चल्यो । तिनताका बिहारतिरबाट धमाधम नक्कली शैक्षिक प्रमाणपत्र भित्रिन थालेका थिए । पुनःस्थापित प्रजातन्त्रले दिएको उपहारमा यो पनि थियो । यसैको आधारमा कैयौले नोकरी खाए, कैयौले बढुवा पाए । जनगुनासो बढ्दै गएपछि छानबिनको क्रम शुरू भयो । बिस्तारै त्यसको हावा सरकारी संस्थानतिर पनि आइपुग्यो । प्रशासनले सबैसित सक्कल प्रमाणपत्र माग्यो ।
गोपालको पूर्वमध्यमा द्वितीय वर्षको लब्धांकमा गोपालको सट्टा गोपाला भएको थियो । मूल सर्टिफिकेट लगायत अन्य सबैमा गोपाल नै थियो । यसबाहेक उसले नेसंविबाट लिएको आचार्य तहको प्रमाणपत्रमा पनि गोपाल नै थियो । संस्थानका हाकिमहरूलाई निहुँ चाहिएको थियो, पुगिहाल्यो । यसैका आधारमा शंकाको घेरामा राखी छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठायो । आयोगका कर्मचारी बुझ्नका लागि वनारससम्म पुगेका थिए भन्ने पनि सुनिएको थियो तर सत्य सत्य नै हो, दिउँसै रात पार्न खोजेर किन हुन्थ्यो र ? उनीहरू कुनै कैफियत फेला परेन भन्दै फर्कन बाध्य भएका थिए रे !
राजशासनविरुद्ध ५ दलको जागिरे आन्दोलन चल्दै थियो । हरेक दिन बिहान १० बजे केही नेता तथा कार्यकर्ता रत्नपार्कमा जम्मा हुन्थे र सिठ्ठी फुक्थे अनि बेलुका ५ बजे घरतिर लाग्थे । आन्दोलन महिनौं चल्यो तर केही दर्जन रेलिङ भाँच्ने र केही दर्जन सरकारी भवन तथा गाडी तोडफोड गर्नेबाहेक हात लागी केही भएन । जे गर्दा पनि सत्तारोहणको साँचो नभेटेपछि उनीहरू आफैंले टाउकाको मूल्य तोकेका माओवादी नेतृत्वसँग हारगुहार गर्न दिल्ली पुगे । सायद त्यतिबेलासम्म माओवादी पनि सेफ ल्यान्डिङको खोजीमा पुगिसकेको हुनुपर्छ । उनीहरूसित मिलेर संयुक्त आन्दोलन भयो, जसले राजा ज्ञानेन्द्रको शासन ढाल्ने काम गर्यो । भन्नेहरूले त राजाको हातमा शासन गएपछि खोस्न सजिलो हुन्छ भनेर माओवादीहरूले नै अन्तर्राष्ट्रिय शक्तिसित मिलेर यस्तो षड्यन्त्रको तानाबाना बुनेका थिए भनेका पनि छन् । वास्तविकता के हो उनीहरू नै जानून् तर संयुक्त आन्दोलनबाट राजा विघटित प्रतिनिधिसभा पुनःस्थापित गर्न बाध्य भए, जुन संसदले उनैलाई हटाइदियो ।
आन्दोलन सफल भयो, माओवादीहरू सत्तामा पुगे । सत्ता बाँडफाँटको क्रममा सञ्चार मन्त्रालय माओवादीको भागमा परेकाले नेता कृष्णबहादुर महरा सञ्चारमन्त्री भएर आए । उनी आउनासाथ मन्त्रालयले कृष्णसेन ईच्छुकको नाममा विशेषांक निकाल्न चासो देखायो तर तत्कालीन सम्पादक र गोपालले द्वन्द्वको क्रममा शहीद हुने पत्रकार धेरै भएकाले विशेषांक निकाल्ने भए संयुक्त निकाल्नुपर्छ, होइन भने अन्य पत्रकारहरूप्रति अन्याय हुन्छ भन्ने अडान राख्यो । त्यत्तिकै निहुँमा मन्त्रालयको नजरमा उनीहरू दुवैको रेकर्ड खराब भयो । विशेषांक निकाल्न सम्भव नभएपछि उनको गुणगानमा मोहन वैद्य ‘किरण’को तर्फबाट यस्तो लेख प्राप्त भयो, जसका शब्द नै १० हजारभन्दा बढी थिए । एकातर्फ जस्ताको तस्तै छाप्नपर्छ भन्ने दबाब थियो, अर्कोतर्फ त्यसदिनको पत्रिकाका पाना सबै छुट्याए पनि अट्दैनथ्यो । यो पनि सम्भव छैन भनेपछि रेकर्ड थप खराब हुने नै भयो । यसैका कारण उनीहरू जिम्मेवारी हेरफेरमा परे ।
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...