×

NMB BANK
NIC ASIA

तिलाठीका बाढीपीडित : पाँच दिनदेखि पकाएको खान पाएका छैनन्, राहतको चामल कुहिएको

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं १ भदौ–सप्तरीको तिलाठी निवासी दामोदर मुखिया अहिले ठूलो पीडामा परेका छन् । अविरल बर्षासँगै आएको बाढी घरमा पसेपछि मुखिया परिवार शनिवारदेखि घरवासविहीन बनेको छ । मुखियाको ७ जनाको परिवार अहिले त्रिपालमुसन ओत लागेर बसेको छ ।

बाँस काटेर त्रिपालको टहरा बानाएर बसिरहेका मुखियाले आफू दुई दिनसम्म भोकै बसेको बताए । ‘गाउँभरी बाढी पस्यो, घरमा भएको अन्न, खानेकुरा केहि पनि छैन, बाढीले सबैथोक बगायो’ पीडित मुखियाले लोकान्तरसँग टेलिफोनमा भने, ‘अन्नपात नै छैन कसरी चुल्लो बाल्नु ? ५ दिनदेखि चिउरा र मुरहीको भरमा बाँचिरहेका छौं ।’

बाढिले गाउँ डुवानमा परेर भोकभोकै बस्नुपर्दा पनि सरकारले केहि गर्न नसकेको उनले गुनासो गरे । बाढिले घर बगाएपछि त्रिपालमा बसिरहेका मुखियाले अहिलेसम्म पकाएको खाना खान नपाएको बताए ।

मंगलबारबाट पानी पर्न रोकिएपनि कतिपय क्षेत्र अझै डुवान मै रहेको त्यहाँका स्थानीयहरुले बताएका छन् । पानी पर्न छाडेपनि मुखिया जस्तै तिलाठीका सयौं घर परिवारको बास त्रिपालमुनि छ ।

एउटा त्रिपाल पाँच घरलाई

गत शुक्रबारको वर्षाको कारण डुवानमा परेका बाढी प्रभावितहरु कष्टकर जीवन विताईरहेका छन् । केहि घर सुरक्षित भएपनि तिलाठीमा अघिकांश कच्ची घरहरु बाढीले बगाएको छ । तिलाठीमा नेपाली सेनाले मंगलबार र बुधबार केहि खाद्यान्न र त्रिपाल वितरण गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तर बाढीको कारण घरबार विहीन बनेका तिलाठीका पीडितहरुलाई सरकारले वितरण गरेको राहत सामाग्री हात्तिको मुखमा जिरा जस्तै मात्र भएको छ । एउटा त्रिपालले ५ घरको परिवार संम्म कोचिएर बस्नुपरेको पीडितहरुले गुनासो गरे ।

बाढीले ढलको पानी खानेपानीको कलमा मिसिदा तिलाठीका स्थानीयले शुद्ध पानी समेत पिउँन पाएका छैनन् । जसको कारण बालबालिका र वृद्धवृद्धामा झाडापखला र रुघाखोकीको समस्या देखिन थालेको स्थानीय महेन्द्र खङ्ग खत्रीले बताए । ‘पानी रोकिएपनि सबैठाउँ हिलाम्मे छ, बालबच्चा र बुढाबुढीहरु विरामी पर्न थालेका छन्’ खत्रीले लोकान्तरसँग भने ।

पाँच दिनसम्म खाना खान नपाउँदा स्थानीय प्रशासनले केही नगरेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । बाढी पीडितहरुले सबैबाट सहयोगको आश्वासन मात्रै पाएका छन् ।

बाढीपीडितलाई कुहिएको चामल वितरण

सप्तरीको तिलाठीका बाढी पीडितलाई रेडक्रस लगायतका संस्थाले कुहिएको चामल वितरण गरेको स्थानीयहरुले गुनासो गरेका छन् । तिलाठीका १ सय ८० जना बाढी पीडितलाई मंगलबार बाढी प्रभावित क्षेत्रमै पुगेर रेडक्रसले वितरण गरेको चामल विग्रीएको स्थानीय निरज मुक्ति झाले लोकान्तरलाई बताए ।

‘१० किलोको दरले १ सय ५० जनालाई चामल वितरण गरिएको थियो तर कुहिएको चामल रहेछ’ उनले भने, ‘यो त पीडितलाई थप पीडा दिएजस्तो भयो । त्यो चामल प्रयोग गरिको छैन, अहिले एकै ठाउँमा जम्मा गरिएको छ ।’

सप्तरीबाट निरज मुक्तिको सहयोगमा

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x