×

NMB BANK
NIC ASIA

डोनर कबाबको माग पछिल्लो समय विश्वभर छ । युरोप होस् या अमेरिका, एसिया होस् या अस्ट्रेलिया डोनर कबाब नपाउने देश कमै भेटिन्छ ।

Muktinath Bank

शहरका स्ट्रिट–स्ट्रिटमा पाइने डोनर कबाब नेपालमा पनि बिस्तारै भेट्न थालिएको छ । बनाउन सजिलो र छिटो तथा खान स्वादिष्ट हुने हुँदा डोनर कबाब संसारमै मन पराइएको परिकारमा पर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१७औं शताब्दीमा ओटोमन साम्राज्यको पालामा शुरू भएको डोनर कबाब पछि बिस्तारै विस्तारित हुँदै विश्वभर फिजिएको हो । आधुनिक टर्कीको बुर्सा शहरमा डोनर कबाबको जन्मस्थान मानिन्छ । शुरूमा यो कबाब ठाडो रूपमा उनेर पकाउने गरिन्थ्यो । 


Advertisment
Nabil box
Kumari

भेडाको मासुलाई पुच्चरतिरको बोसो मिसाएर बनाइने यो कबाब सन् १८५० मा आएर व्यावसायिक रूपमा रेस्टुरेन्टहरूमा चलाउन थालियो ।

Vianet communication

ठाडो खालाको मशिनमा पातलो गरी काटेको स्लाइस मासुलाई १ रात मोलेर राखेपछि मात्र उनिन्छ । कबाबको लठ्ठीको तल ठूलो प्लेट हुन्छ र तल मोटर जडान गरिएको हुन्छ । २–५ बर्नरसम्मको ग्यास फ्लेम भित्तापट्टि हुन्छ । आवश्यकताअनुसार तल या माथि र ठूलो–सानो बनाउने बटम पनि राखिएको हुन्छ ।

null

के डोनर कबाब, गाइरो र शोर्मा एउटै हो ?

यी तिनै कबाबमा हामीले केही समानता पाए तापनि यी आ–आफ्नै ठाउँमा फरक परिकार हुन् । डोनर टर्की शब्द डोनमेकबाट आएको हो, जसको अर्थ हो घुम्नु या घुमाएर पकाउनु । अरबीमा शोर्माको अर्थ फेर्नु या टर्न गर्नु बुझिन्छ भने ग्रीकमा गाइरोको अर्थ गोल भन्ने बुझाउँछ । गाइरो ग्रीक शब्द हो र आधुनिक अमेरिकनहरू र ब्रिटिशहरूले यसलाई इरो भनेर उच्चारण गरेका हुन्छन् । यी तिनै भूमध्य (मेडिटेरियन) र मध्य पूर्वका विभिन्न भागबाट आएकाले भिन्नता पहिल्याउन सजिलो छ । तिनीहरूको फरक भौगोलिक उत्पत्ति बाहेक, यी लोकप्रिय सडक खानाहरूमध्ये प्रत्येकको आफ्नै अद्वितीय स्वाद पहिचान छ ।

पकाउने तरिका उस्ताउस्तै भए तापनि मासु मोल्ने कुरामा फरक हुन्छ । स्थानीय रूपमा के पाइन्छ, सोही प्रयोग गरेर मोल्ने प्राचीन प्रचलनका कारण आ–आफ्नै स्वाद र तौरतरिका अपनाइएको पाइन्छ । यी तिनै परिकारलाई तपाईंले प्लेट राखेर या रोटीमा बेरेर ससको साथमा खान सक्नुहुन्छ । 

डोनर कबाबसँग दही लसुनको सस, शोर्मासँग तहिनी सस र गाइरोसँग सात्सिकी सससँग खाने प्राचीन प्रचलन छ । डोनर कबाबमा पाप्रिका र एलोपेनो हालेर मोल्न रुचाइन्छ भने गाइरोमा ओरिगानो हालिन्छ । उता शोर्मामा भने जिरा पाउडर हालेर मोल्ने गरिन्छ । केही सामान समान भए तापनि मुख्य बासना दिने इङिडेन्ट भने फरक हुने गर्छ । गाइरो ग्रीक शैली भएका कारण सुकेको ओरिगानोको धेरै स्वाद मन पराउने गर्छन् ।

डोनर कबाब केही पिरो र रातो कलरको हुन्छ भने गाइरो र शोर्मा केही फिक्का र कम स्पाइसी हुने गर्छ तर यी तिनै कबाबलाई छिटो मिठो र स्वस्थकर परिकारमा गणना गरिन्छ ।

null

कसरी बनाउने डोनर कबाब ?

चाहिने सामग्रीः हड्डी नभएको कुखुराको थाइ पार्ट ७५० ग्राम, कोसर सल्ट स्वादअनुसार, लेबना या ह्याङ्ग कर्ड आधा कप, कालो मरिचको धुलो आधा चम्चा, टोम्याटो पेस्ट ७ टबल चम्चा, लेमन ३ पिस, लेमन जेस्ट (कागतीको बोक्रा) आधा टबल चम्चा, बहारत मसला ( अरबिक मिक्स मसला) ३ चम्चा, पाप्रिका पाउडर १ टेबल स्पुन, अलिपो पेपर फ्लेक्स १ टेबल स्पुन, पिता ब्रेड ७ पिस, गर्लिक योगहर्ट सस १ कप, साह्रो र ठूलो साइजको गोलभेडा ३ पिस, प्याज २ पिस, काक्रो मध्यम साइजको १ पिस, बटर पेपर ७ पिस ।

बनाउने विधिः चिकनलाई डिफ्रोस्ट गरेर ड्राइ गर्ने र कोसर नून र कालो मरिच हाली १ साइडमा छोपेर राख्ने । एउटा बाउलमा दही र अन्य सामग्री हालेर मसला बनाउने । मसला चिकनमा राम्ररी दलेर मोल्ने र छोपेर १ रात फ्रिजमा राखिदिने । अब दोस्रो दिन मिसिनमा उनेर सबै मासु मिलाउने । यसरी मासु मिलाउँदा पिरामिड तरिकाले सानोबाट मास्तिर ठूलो बनाउँदै उन्ने । सम्पूर्ण मासु उनिसकेपछि एउटा सिंगो सुन्तलाले टुप्पोमा फिनिसिङ गर्ने । सुन्तलाले एक त मासुमा फ्लेबर बढाउँछ भने अर्को मासुलाई टाइट बनाएर राख्छ । अब बर्नर र मोटर चालु गर्न लगाउने । बिस्तारै मासुको थुप्रो घुम्दै जान्छ र पाक्दै पनि जान्छ । 

बाहिरी आवरणमा गोल्डन ब्राउन भएर मासु पाक्न थालेपछि लाग्ने पातलो ब्लेड भएको लामो डोनर कबाब नाइफले काटेर पाकेको मासु तलको बेस प्लेटमा झार्ने । मासु पाक्दा झरेको जुस र मासु राम्ररी मिक्स गरेर पिता ब्रेडमा सस दलेर काटेको प्याज, टोम्याटो, काक्रो हालेर मासुलाई रोलमा बेर्ने र तातेको ग्रिलरमा च्यापेर मार्क बनाउने । अब तयार भएको रोललाई बाटर पेपरमा बेरेर साइडमा सस र फ्रेन्च फ्राई हाली तातो–तातो सर्भ गर्ने ।

पछिल्लो समयमा खानाको क्रेजसँगै परिकारहरूमा पनि परिमार्जन हुँदै गएको छ । डोनर कबाब पनि झिरमा उनेर चारग्रिलमा सेकाउने, ओभनमा बेक गर्ने र ग्रिलरमा डामेर दिने सजिलो उपाय पनि खुब चलेको छ । डोनर कबाब र्‍याप गरेर रोल मात्र नभई पिता पोकेटमा भरेर पनि सर्भ गर्ने चलन चलेको छ । डोनर कबाब राइसको माथि राखेर पनि सर्भ गर्न सकिन्छ ।

null

कसरी बन्छ पिता ब्रेड ?

आधा किलोग्राम मैदा, १ कप मनतातो पानी, १ चम्चा चिनी, १ कप आटा, नून स्वादअनुसार, जैतुनको तेल ३ चम्चा, १ कप दूध हालेर पिठो मुछ्ने र कम्तीमा आधा घण्टा छोपेर रुम टेम्प्रेचरमा राख्ने । ठीक्क–ठीक्कको डाला काटेर ट्रेमा गोलो गरी फिजाउने र २० देखि २५ मिनेट कपडा या प्लास्टिकले छोपेर प्रुफ हुन छोडिदिने । अब बेलना या हातले तन्काएर फिजाउने र तातेको ओभनमा पकाउने । पिता ब्रेड पकाउँदा रोटी बाक्लो र फुलेको हुनुपर्छ । ओभनमा पकाउने हो भने फर्काउन पर्दैन र ननस्टिक तावामा बनाउने हो भने फर्काउनुपर्छ । ब्राउन कलर आएर पाकेपछि रुम टेम्प्रेचरमै चिस्याएर प्लसिटको सिल ब्यागमा राखेर आवश्यकताअनुसार डोनर कबाब र्‍याप या डोनर कबाब पकेटका लागि प्रयोग गर्न सकिन्छ ।

गर्लिक योगर्ट ससः यो सस बनाउन ह्याङ कर्ड या लबना १ कप लिने र त्यसमा क्रस गरेर कुटेको लसुन, कागती, नून राम्ररी घोल्नासाथ तयार हुन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

बैशाख २२, २०८१

प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...

भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x