×

NMB BANK
NIC ASIA

पूर्व दिशा फुर्रर खुल्नासाथ काल्चौरा (कालो चरा बिहानै कराउँछ) चिरचिर गर्‍यो । ‘ओई काले उठ् आज डाँडा कटाउनै पर्छ गोठ । सकेसम्म पुछार भेडिखर्कको खानीमा पुर्‍याउनुपर्छ । त्यहाँ खनेल (खानी खन्ने) मध्ये चनराम थापासँग चिनजान छ । नून होला । खुकुरी र आँसी (हँसिया) पनि जप्नुछ । टिकुरे कामीले आरण पनि राखेको होला,’ बिहानदेखि साँझसम्मको योजना सुनाउनुभयो बाजेले ।

Muktinath Bank

बाजेको कुरा सबै सुनें । आँखा खुले पो ! बाजेको सपना बिग्रिएपछि सबै पूर्खाको कथा सुन्दा निदाउन पाइएन । गाँजा–भाङ्गोको कथा पनि सुनियो । उठें अब ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

३ दिने सुत्केरी भेडीहरूसहित २ वटा भोटे कुकुर र बाजे अघि लाग्नुभयो । पाका गोठाला अगाडि न लागेसम्म भेडाको बथान हिँड्दैनन् । सुईसुई औंलाले सिठी बजाउँदै, हौ..हौ गर्दै भेडा फकाउनुभयो बाजेले । ओहो ? हजार भेडाको लस्कर । ... भ्या... भ्या गरेको आवाज । कुकुरको वनै थर्किने ग्वाङ्गग्वाङ्ग आवाज । पारी देउरालीमा थान धजा र बुकी फूल चढाउनुभयो बाजेले । देउरालीको चिल्लो ढुंगालाई आधा मिनेट जति समाई आँखा चिम्लेर रातिको सपना नलागोस् भनेर फेरि ढोग्नुभयो क्यारे ।


Advertisment
Nabil box
Kumari

देउराली कट्दा भदौरे घाम त्यस्तै पञ्चासेको धुरी सीधातिर पुगेको थियो । चारै दिशातिर पहराले घेरिएको । पारी रातो पहरा । ठूलो चौर । चौरभरी स्याउलाले बारेका गोठ ।

Vianet communication

‘एर्ईई गर्दै’ कुर्लनु भयो बाजे । पारी रातो पहराको तलबाट ‘को होे... ?’ भनेर जवाफ आयो । वारिपारि पहरामा ठोक्किएको आवाज ३ पटक गुञ्जियो । ‘को हौ, को हौ ... ।’

‘बुकीबाट पाक गोठाला आयो ... !’, बाजेले जवाफ फर्काउनुभयो । तामाको धाउ निकाल्न छिनाको ठ्याइँठ्याइँ आवाज बिस्तारै सुनिन थाल्यो । यता छिना र हँसिया, गल, बाँउसो (कोदालो) चप्दै गरेका टिकुरे कामीले फलाम पिटेको आवाज त कडै थियो । 

‘हम ... हम’, टिकुरेले फलाम पिट्दा लगाएको बलको आवाज एक किसिमले म्युजिक जस्तो सुनिन्थ्यो । वैशाख १५ गते औलबाट लेक पसेका बाजे र म । ५ महिनापछि बल्ल २०/२५ जना मान्छेसँग भेट भयो खानीमा । खानी खन्ने खनेलीहरूले अन्न, नून माघसम्म पुग्ने गरी बोकेर आएका रहेछन् । खानी खन्ने खनेलहरू माघे संक्रान्तिमा तमसुक फेर्न र तामा, फलाम औल झार्ने गरी योजना बनाउने भएकाले । सोहीअनुसार रासन पानीको व्यवस्था गर्थे ।

चौरमा भारी बिसाउनुभयो बाजेले । अब भेडाको हुल देउरालीदेखि तल झर्न थाले । चौर वरिपरि कान्लामा प्याँउली र बिले झार झपक्क थिए ।

भेडाका एक हुल आएर प्याँउली र बिले झारमा लपक्कै लागेर चर्न थाले । खोल्साका झ्याउँकिरी कराउन शुरू गर्‍यो । त्यहीबेला एकाएक भेडा फुर्लुकफुर्लुक ढल्न थाले । मुखबाट फिज छोड्दै भ्या ... भ्या ... गरेर छट्पटाउन थाले । १० मिनेटको बीचमा ६० वटा भेडा चौरमा लडे । ‘थुइँक्क, रातिको सपना आजै लाग्यो,’ छट्पटाएको भेडातिर धारे हात लगाउँदै बाजे एकदम अत्तालिनुभयो । 

खनेलका नाइके चनराम कछाड माथि सारेर हर्दुला (भेडाको ऊनबाट बुनेको कोट) कुममा राखेर आए । ‘ओ सम्धी ? के भयो ?’ चनरामले सोधे ।

‘भेडा त सबै मर्ने भए सम्धी,’ बाजेले निराश हुँदै भन्नुभयो । (उनताकादेखि छोरी लेउदेउ नभए पनि सम्धी नाताबाट साथीको नाता जोड्ने चलन थियो । यद्यपि अहिलेसम्म त्यो साइनो लगाउने चलन कायमै छ ।) चनरामले भने, ‘न आत्तिनुस् ओक्टो (औषधि) छ ।’ 

‘प्याउँली र बिले झारमा पँधेरो (हरियो किरा) हुन्छ । त्यसको फिँज खाएपछि गाई/भैंसी त मात्छन्,’ चनरामले बाजेलाई सम्झाए । मैले छट्पटाउँदै गरेको भेडा गणना गर्न लागें ।

त्यहीबेला चनरामले भन्नुभयो, ‘यता आउ कान्छा । उ त्यो गाँजाको हाँगा एकमुठा लिएर आउ ।’ 

ओहो ! यो बेलासम्म मलाई गाँजाको बोटलाई बाजेले चिनाउनु भएको थिएन । अचानक चनरामले गाँजाको बोट चिनाउँदै हाँगा लाछ्न लगाएपछि म उत्साहित भएँ । भर्खर फूल खेल्दै गरेको गाँजाका हाँगा लिएर आएँ । अघिल्लो दिन आफू सञ्चो भएको र बाजेले सुत्नका लागि चिलिममा तानेको धुँवाको झल्को आयो मलाई ।

ठूला पात फ्याँक्न लगाउनु भयो चनरामले । साना पात र फूल खेल्दै गरेका चोप सहितको गाँजाको मुठालाई ठूलो ढुंगामा पिस्न लगाउनुभयो चनरामले । त्यसमा टिमुर पनि मिसाउनु भन्नुभयो । मैले ढुंगामा बेस्सरी लेदो हुने गरी पिसें । नून लिएको एउटा ढुंग्रो खाली रहेछ । त्यही ढुंग्रोमा पिसिएको लेदो पानीमा घोल्न थाल्नुभयो चनरामले ।

ढुंग्रोको झोल चनरामले, बाजेले भेडाको च्यापु समाएर आँ ... गराउनुभयो, मैले भेडाका खुट्टा समाएँ । ढुंग्रामा भरिएका गाँजाको झोल छट्पटाएका भेडालाई खुवाइयो । त्यसको आधा घण्टा जतिमा बिस्तारै भेडाहरू उठेर हल्लिँदै मुखबाट हरियो झोल फ्याँक्न थाले ।
 
बुकीबाट झारेको भेडाको मोटो सुकुटी । बुकी चढेका भेडाका चाम्ले घ्यू । खनेलले लिएका अन्न, नून जमघट, खानपिन राम्रै हुने देखियो । धाउबाट निखारिएका तामाको सानोतिनो पर्खाल जस्तै थियो कुनामा । ‘काँचो ३०० धार्नी ५ बिसौली जति छ सम्धी तामो,’ बाजे र चनरामबीच गफ शुरू भयो ।

खानी खन्ने अन्य सहयोगीहरू पनि खुशी थिए । धेरै दिनपछि भेडाको सुकुटी, दूध, घ्यूसँग खान पाइने साँझ थियो । बाजे र म यसै खुशी थियौं । पेटभर आटो–ढिडो र धित मरुञ्जेल नून लागेको तरकारी खान पाएका थिएनौं ।

हामीले यता ढिडो, मासु पकाउन शुरू गर्‍यौं । त्यहीँ तामा राखेको कुनाबाट ३ माने भुर्की–पुछै (काठको ठेकीको आकार रक्सी राख्ने काठको भाँडो) बाट रक्सी झिकेर फलामका ग्रहुँगा कचौरामा पिउन शुरू गर्नुभयो बाजे र खनेलको मुख्य चनरामले ।

२ बुढाहरूको गफ सुन्न उत्सुक थिएँ । यता ढिडो मस्काउन हतार,  त्यसैमाथि चिसो दाउराको धुँवाले आँखा पिरो भयो । आँसु पुछ्दै दाबिलो समाएर २ बुढाबीच पुराना गज्जबको गफ सुन्न पाइयो ।

पुराना माघे संक्रान्तिको गफ शुरू भयो उनीहरूको । त्यो बेला ठेलो हानेर पहिलो बाजे र दोस्रो चनरामा हुनुभएको रहेछ । बाजेहरूको दोस्त पुरानो रहेछ । ढिडो मस्काउन छोडेर यसो सुनें ।

बाजेको जिज्ञासा थियो, ‘ओ सम्धी ! त्यो डाँडाकी घर्तीकी छोरी थाइँली कहाँ पोइल गयो पछि ?’

चनराम –हाहाहाहाहा ... लामै हाँसे) । 

‘तपाईं र म पहिला, दोस्रा हुँदा उनीहरूले कति दिन छेकेर राखेका थिए, बिर्सनुभयो र ?’ बाजेले फेरि प्रश्न गर्नुभयो ।

‘हँसिली, रंगेली थिई विचरा ! पोइला त पल्लो गाउँ पोन्थोकेको छोराले लगेको हो । कर्मै दुखिया रैछ । बिहे गरेको ३ महिनामा बुढा खर काट्दा भीरबाट पल्टिएर मर्‍यो । उ माइत मै फर्कियो । अहिले त दाँतसाँत झरेर बुढी भाको छ सम्धी,’ बाजेलाई चनरामले थाइँलीको कथा सुनाउनुभयो ।

खाना पाक्यो । पहिले पाकाहरूलाई खान भन्यौं । थाल पुग्ने थिएनन् । बाजे र चनरामलाई खाना खुवाईवरी हामीले खान शुरू गर्‍यौं । सुत्ने बेला म र ३ जना कामदार चौरमा सुत्न जानुपर्ने भयो । भेडाका पाठाहरू र कुकुरसँग । कुकुर पनि निकै भुके रातभर । धेरै दिनपछि कुकुरले बढी नूनिलो र धेरै मान्छेको कोलो खान पाएको थियो । बिहान उठ्दा भेडा जसकोतस् ।

‘ओ सम्धी देख्यौ गाँजाको चमत्कार ? मान्छेलाई पखाला लागेमा, पेट फुल्लिएपछि, चिसो लागेमा गाँजालाई कंकडमा मिसाएर ताने पछि चट हुन्छ । अब गाँजालाई मानेर अत्तर (चरेश) बनाएर साथमा राख्नुस् । तपाईं जस्तो पाक गोठ्लाले पनि थाहा नपाउने ?’ बिहान सबै भेडा ठीक भएपछि चनरामले बाजेलाई गाँजाको फाइदा र गुणबारे सिकाउँदै सामा (साथमा राख्ने) गर्न सुझाउनुभयो । 

‘२/३ टुक्रा त चरेश हुन्छ सम्धी । हिजो काले दुखालु भयो र खुवाएँ । यहाँसम्म आउने भयो । राति निद्रा लागेन र सर्को तानियो । यत्तिको धेरै भेडा एकैपटक कहिल्यै मातेका थिएनन् सम्धी,’ बाजेले भन्नुभयो ।

चौरको पाखामा साना गरा बनाएर खनेलहरूले छरेका रहेछन् त्यो गाँजा, भाङेगो । फूल खेलेर भर्खर चोप बस्दै गरेको थियो । बिहानीको चिसो सिरेटोसँगैको झुल्के घाममा गाँजाको चोप टल्किरहेको थियो । साना तर रंगीचंगी देखिने रानी चरीको हुल आएर गाँजाका हाँगामा बसेर हल्लाउन थाले । गाँजाको गन्ध वरैसम्म मङ्ग बसायो । यसो सोंचे मेरो पेट सञ्चो गराउने, बाजेको निद्रा लगाउने र हाम्रा भेडा बचाउने गाँजा, भाङ्गो !

बिहानको सल्लाह अनुसार १ हप्ता त्यहीँ बस्नुपर्ने भयो । जेठको कचहरीको सल्लाह अनुसार असोज ५ गते मात्रै औल फुकुवा हुने रहेछ । बाजे र चनरामको १ हप्तासम्म यस्तै गफसँगै बिते । १ दिन बिहानको खाना खानेबेलाको गफले मलाई अलिक बढी चासो लाग्यो । किनभने म १८ मा लागेको थिएँ । अब १०–१२ पाथी नून बोक्न सक्ने भएको थिएँ ।

पुसको ५ गतेतिर भोटतिर नून लिन जाने सल्लाह बाजे र चनरामबीच भयो । हामीले घ्यु पनि त्यहीबेला बेच्नुपर्ने, चनरामले तामा । बेच्दै जाँदा पुसको १२ गते दाना तातोपानी सुनमती थकाल्नीको पसलमा जो पहिले पुग्छ खबर छोड्ने सल्लाह भयो ।
 
‘यो काले पनि यसपालि नून लिन भोट जान्छ मसँगै । यो पन्थे (नयाँ धाकर) हुन्छ । खुट्टा के हुने हो !’ बाजेले मतिर औंला सोझाउँदै चनरामलाई सुनाउनुभयो ।

‘परार साल थाक सात सय कोबाङ थकालीहरूले यताको गाँजा (चरेश) निकै मिठो र औषधि हुन्छ भनेका छन् । सुका–मोहोर पनि पर्ने राम्रोसँग चरेश निकालेर भाङ्ग (गेडा) पनि ५/१० पाथी बोकाउनु होला । थकाल्नीहरूले भाङ्गोको छोप (अचार) साह्रै मिठो पनि बनाउँछन्,’ बाजेले चनरामलाई भन्नुभयो ।

‘चोप असाध्यै राम्रो छ । कात्तिकको १५–१६ हातले माडेर अत्तर बनाउने, गेडा सुकाउनु पर्ला । यसपालि भने जस्तो तामा पनि निस्किएन । यही चरेशबाट केही खेलोमेलो गर्नुपर्ला सम्धी । त्यहीँ दाना तातो पानीमा भेटौंला,’ चनरामले भन्नुभयो । अब पुस १२ कहिले आउला ? थकाल्नीहरू कस्तो होलान् ? भाङ्गो र टिमुरको मिठो छोप बनाउने ? त्यसपछि मेरो मनमा कुरा खेल्न थाल्यो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x