×

NMB BANK
NIC ASIA

अमेरिकाका लागि टाउको दुखाइ

अमेरिकी गुप्तचर निकायमा हल्लीखल्ली– गोप्य र संवेदनशील दस्तावेज कसरी भयो ‘लीक’ ?

चैत २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले तयार पारेको गोप्य सैन्य दस्तावेज सामाजिक सञ्जालमा चुहाइएपछि खैलाबैला मच्चिएको छ । 

Muktinath Bank

युक्रेन युद्ध, पश्चिम एसिया, हिन्द–प्रशान्त, चीन लगायतका विषयमा तयार पारिएका ती संवेदनशील दस्तावेजहरू सबैभन्दा पहिला गत मार्च महिनामा माइनक्राफ्ट नामक इन्टरनेट गेमका बारेमा चर्चा गर्ने डिस्कोर्ड नामक सामाजिक सञ्जालको पेजमा चुहाइएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक महिनासम्म त्यसलाई खासै ध्यान दिइएको थिएन भने अप्रिल महिनाको आरम्भमा ४चान, ट्विटर, टेलिग्राम तथा अन्य सामाजिक सञ्जाल वेबसाइटहरूमा दस्तावेज लीक गरिएका थिए । 


Advertisment
Nabil box
Kumari

युक्रेनलाई अमेरिका र नेटोले उपलब्ध गराएको सहायताका साथै रुसी सेनाको गोप्य सूचनामा अमेरिकीहरूले बनाएको पहुँचसम्मका कुरा ती गोप्य दस्तावेजहरूमा उल्लेख गरिएको छ । 

Vianet communication
Laxmi Bank

द न्युयोर्क टाइम्सले शुक्रवार र शनिवार यस लीकका बारेमा विस्तृत सामग्री दिएको छ । कुल १०० पृष्ठको दस्तावेजमध्ये ५० वटा जतिलाई टाइम्सका रिपोर्टरहरूले हेरेको बताइएको छ । 

यस्तो संवेदनशील दस्तावेज कसले लीक गरेको हो भनी पत्ता लगाउन पेन्टागनले जस्टिस डिपार्टमेन्टलाई अनुरोध गरेपछि उसले अनुसन्धान थालेको छ । पेन्टागनमा रहेको कुनै चीन–रुस समर्थकले वा रुसीहरू आफैंले यी दस्तावेज लीक गराएको हुन सक्ने आशंका गरिएको छ । 

तर एकैपटक दस्तावेजका असम्पादित र सम्पादित संस्करणहरू अन्लाइन राखिएकाले यो काम रुसी व्यावसायिक गुप्तचरहरूले गरेकोमा शंका लाग्ने जोन्स हप्किन्स विश्वविद्यालयको स्कूल अफ एड्भान्स्ड इन्टरनेशनल स्टडीजका प्राध्यापक टमस रिडले सीएनएनलाई बताएका छन् । 

न्युयोर्क टाइम्सका अनुसार, लीक गरिएको एउटा दस्तावेज अमेरिकी सेनाको सर्वोच्च निकाय जोइन्ट चीफ्स अफ स्टाफको कार्यालयबाट आएको देखिन्छ । मार्च १ को मिति राखिएको उक्त दस्तावेजमा ‘गोप्य’ भनी लेबल लगाइएको छ र विदेशी सरकारहरूलाई यो दस्तावेज दिन नहुने भनिएको छ । 

न्युयोर्क टाइम्सका अनुसार, लीक गरिएको एउटा दस्तावेज अमेरिकी सेनाको सर्वोच्च निकाय जोइन्ट चीफ्स अफ स्टाफको कार्यालयबाट आएको देखिन्छ । मार्च १ को मिति राखिएको उक्त दस्तावेजमा ‘गोप्य’ भनी लेबल लगाइएको छ र विदेशी सरकारहरूलाई यो दस्तावेज दिन नहुने भनिएको छ । 

दस्तावेजमा युक्रेन युद्धको चर्चा गरिएको छ । त्यसमा युक्रेनी सेनाले कतिवटा आर्टिलरी शेलहरू प्रहार गरेको भनी बताइएको छ । रुसको कमान्ड पोस्ट र आपूर्ति डिपोहरूमा ती हतियारले पुर्‍याएको क्षतिको विस्तृत विवरण दिइएको छ । 

अनि लीक गरिएका दस्तावेजमा यस युद्धमा युक्रेनले कतिजना सैनिक गुमाएको भनी संख्या पनि दिइएको छ । तर त्यस संख्यामा शंका गर्नुपर्ने ठाउँ छ । पहिला मृत्यु भएका युक्रेनी सैनिकहरूको संख्या १६ हजार ५०० देखि १७ हजार भनिएकोमा पछि त्यो संख्या बढाएर ६५ हजारदेखि ७१ हजार भनिएको छ । अनि रुसीहरूको मृत्युको संख्या पनि निकै घटाइएर प्रस्तुत गरिएकोमा पछि फेरि त्यसमा फोटोशप गरी संख्या बढाइएको छ ।

न्युयोर्क टाइम्सका अनुसार, दस्तावेजमा १ लाख ८९ हजार ५०० देखि २ लाख २३ हजार रुसी सैनिक मारिएको उल्लेख छ । युक्रेनतर्फ भने १ लाख २४ हजार ५०० देखि १ लाख ३१ हजार सैनिक मारिएको भनिएको छ । यी संख्याहरूमा विश्वास गर्ने आधार छैन ।

दस्तावेजमा युक्रेनले पूर्वी भागमा रुसीहरूको नियन्त्रण रहेको क्षेत्रमा प्रत्याक्रमण कारवाही चलाउन खोजेको बारेमा पनि सूचना छ । त्यसमा अमेरिकाले उक्त प्रत्याक्रमणका लागि युक्रेनलाई उपलब्ध गराउने सैन्य सहायताको विस्तृत विवरण दिइएको छ । 

युक्रेन र उसका पश्चिमा साझेदारहरूले केही समययता प्रत्याक्रमणका बारेमा लगातार कुरा गरिरहेका थिए । उक्त प्रत्याक्रमणले युद्धलाई निर्णायक मोडमा ल्याइपुर्‍याउने उनीहरूको भनाइ छ । 

यसमा युक्रेन सफल भई रुसको पराजय हुने छाँटकाँट देखिएमा चीनले रुसलाई घातक हतियार सहयोग गराउन सक्छ र युद्धको आयाम नै बदलिन्छ । यही आकलनका साथ गत फेब्रुअरी महिनामा अमेरिकाले चिनियाँहरूलाई चेतावनी दिएको थियो । 

तर यस प्रत्याक्रमणमा युक्रेन पराजित भएमा चाहिँ युद्ध अघि नबढ्ने विश्लेषकहरू आकलन गर्छन् । बरू रुसले राखेको शर्तलाई मान्दै पश्चिमले युक्रेनलाई सम्झौता गर्न लगाउने र शायद रुसले नियन्त्रणमा लिएका भूभाग युक्रेनले सदाका लागि गुमाउने सम्भावना छ । 

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले चीन भ्रमणमा त्यहाँका राष्ट्रपति सी चिनपिङसँग सम्भावित शान्ति सम्झौताको खाकाका बारेमा चर्चा गरेको हुन सक्ने कतिपय विश्लेषकले अनुमान गरेका छन् । 

यसो हुन नदिनका लागि अमेरिकाले भरपूर प्रयास गर्न खोजेको छ । त्यस प्रयासको विवरण लीक गरिएका दस्तावेजमा उल्लेख भएको छ । त्यसमा प्रत्याक्रमणका लागि के कति हतियार आवश्यक छन् अनि कतिजना युक्रेनी सैनिकहरूलाई तयार पारिएको छ भनी उल्लेख गरिएको छ । 

मिलिटरी क्रोनिकल नामक टेलिग्राम च्यानलमा प्रकाशित एक लेखले यस दस्तावेजमाथि शंका गर्दै गरेको विश्लेषणलाई आरटीले प्रकाशित गरेको छ । उक्त लेखका अनुसार, यो दस्तावेजमा युद्धका लागि तयार युक्रेनी सैनिकहरूको वास्तविक संख्या कम देखाउनका लागि गलत सूचना राखिएको हुन सक्छ । अनि अहिले चलिरहेको सैन्य कारवाहीबाट ध्यान हटाउने यसको उद्देश्य हुन सक्छ । त्यसैले यसलाई सोलोडोलो पत्याएर रुसी सैन्य कमान्डले गल्ती नगर्ने अपेक्षा छ । 

हुन पनि अहिले बाखमुतमा रुसी सेनाले चलाएको कारवाही सफल हुनु नेटोको टाउकोदुखाइको कारण बनेको छ । रुसका युद्ध संवाददाता मारात कैरुल्लिनले बाखमुतमा रुसी सैनिकहरूले जानाजान ढिलो कारवाही चलाउनुको औचित्यका बारेमा चर्चा गरेका छन् । 

गजेटा डट् रुमा प्रकाशित उनको विश्लेषण (गूगल अनुवाद गरी बुझ्दा) अनुसार, रुसी सैनिकहरू युक्रेनी सेनाका उत्कृष्ट रिजर्भ सैनिकहरूलाई ध्वस्त पार्न खोज्दैछन् ताकि प्रत्याक्रमणको सम्भावना मरेर जाओस् । 

रुसीहरूको यो रणनीतिलाई युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीको हठले सघाइरहेको छ किनकि उनी आफ्ना सैन्य कमान्डरको कुरा नसुनी बाखमुतको प्रतिरक्षा गर्नका लागि अडिइरहने भन्दैछन् ।

नेटोले जेलेन्स्कीलाई बाखमुतबाट हट्नका लागि सुझाव दिएको भए पनि उनले सुनिरहेका छैनन् र आफ्ना रिजर्भ सैनिकहरूलाई बाखमुतको भड्खालोमा पारिरहेका छन् । 

बाखमुतमा बसीबसी धेरै जोखिम नमोलिकन रुसी सेनाले युक्रेनीहरूलाई क्षति पुर्‍याउन पाएकै छन् । लीक गरिएको गोप्य दस्तावेजमा हुन सक्ने गलत सूचनाका आधारमा यस सहजतालाई परित्याग गर्ने भूल रुसी सेनाले नगर्ने विश्लेषकहरू बताउँछन् । 

युक्रेन युद्धबाहेक अन्यत्रको सूचना पनि लीक गरिएका गोप्य दस्तावेजमा परेका छन् । ती सूचनाले अमेरिकाका साझेदारहरूलाई चिन्तित बनाउन सक्ने न्युयोर्क टाइम्स लेख्छ । अमेरिकाका ‘फाइभ आईज’ साझेदार बेलायत, क्यानडा, अस्ट्रेलिया र न्युजील्यान्डका गोप्य सूचना पनि यसमा परेका छन् ।

साझेदार दक्षिण कोरियाले अमेरिकालाई युक्रेन युद्धमा उपयोग गर्न आर्टिलरी शेल दिने कि नदिने भन्ने विषयमा आन्तरिक बहस चलेको कुरा दस्तावेजका दुई ठाउँमा उल्लेख गरिएको छ । दक्षिणले युद्धरत पक्षलाई घातक सहयोग नगर्ने नीति बनाएकाले नीतिको उल्लंघन हुने गरी अमेरिकाका राष्ट्रपति जो बाइडनले दक्षिणका राष्ट्रपतिलाई फोन गरी दबाब दिने हुन् कि भनी चिन्ता व्यक्त गरिएको कुरा दस्तावेजमा उल्लेख छ । 

यसबाट स्पष्ट हुन्छ– अमेरिकाले आफ्ना साझेदारहरूमाथि चियोचर्चो गर्ने गरेको छ । हुन त त्यो खासै नौलो कुरा हैन ।

धेरै अघि अमेरिकाको नेशनल सिक्योरिटी एजेन्सीले जर्मनीकी तत्कालीन चान्सलर अंगेला मर्कलको फोन ट्याप गरी सूचना लिएको खबर आउँदा निकै हल्लीखल्ली भएको थियो । 

संयुक्त अरब इमिरेट्सले रुससँग राखेको सम्बन्धका विषयमा पनि गोप्य सूचनाहरू दस्तावेजमा उल्लेख गरिएका छन् । 

त्यस्तै अमेरिकाको गुप्तचर निकाय सीआईएले गत फेब्रुअरी महिनामा इजरायलको गुप्तचर निकाय मोसादका वरिष्ठ नेताहरूको गोप्य चर्चा थाहा पाएको भनी दस्तावेजमा उल्लेख गरिएको छ । 

मोसादका अधिकारीहरू र सामान्य नागरिकलाई इजरायलको नयाँ सरकारले प्रस्ताव गरेको न्यायिक सुधारको विरोध गर्न निर्देशन दिएको त्यसमा उल्लेख छ । न्यायिक सुधार प्रस्तावको व्यापक विरोध भएपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले त्यसलाई अहिले थाती राखेका छन् । 

यसरी गोप्य दस्तावेजहरू सार्वजनिक भइदिँदा पेन्टागनका अधिकारीहरूको सातो गएको सीएनएन लेख्छ । ती दस्तावेजहरू निगरानी गर्न नमिल्ने ठाउँमा लगेर तस्वीर खिची सार्वजनिक गरिएकाले सरकारभित्रकै कोही मानिसको यसमा हात रहेको आशंका गरिएको छ । 

आफ्ना साझेदारमाथि समेत जासूसी गर्ने अमेरिकाले शत्रुहरूको निगरानी त गर्ने नै भयो । दस्तावेजमा रुसको रक्षा मन्त्रालयका अधिकारीहरूले गरेको गोप्य वार्तालाई पत्ता लगाएको पनि उल्लेख छ । अनि रुसको निजी सैन्य समूह वाग्नरले अफ्रिकामा चलाएको कारवाहीका बारेमा पनि त्यसमा उल्लेख छ । 

यसरी गोप्य दस्तावेजहरू सार्वजनिक भइदिँदा पेन्टागनका अधिकारीहरूको सातो गएको सीएनएन लेख्छ । ती दस्तावेजहरू निगरानी गर्न नमिल्ने ठाउँमा लगेर तस्वीर खिची सार्वजनिक गरिएकाले सरकारभित्रकै कोही मानिसको यसमा हात रहेको आशंका गरिएको छ । 

यस्तै किसिमले सन् २०१० मा इराक र अफगानिस्तान युद्धका बारेमा गोप्य दस्तावेज विकिलिक्सलाई उपलब्ध गराई सार्वजनिक गर्ने चेल्सी म्यानिङलाई ३५ वर्षको कैद सजाय दिइएको थियो यद्यपि पछि उनको सजाय घटाएर सात वर्षमा झारिएको थियो । अहिले गोप्य दस्तावेज लीक गर्नेलाई पनि त्यस्तै सजाय हुन सक्छ । 

अमेरिकी अधिकारीहरूले यसमा रुसको हात रहेको भनिरहँदा सूचना लीक गर्ने व्यक्तिले रुससँग पैसा लिएको हुन सक्ने सम्भावना पनि छ । जस्टिस डिपार्टमेन्टको अनुसन्धानले वास्तविक कुरा खोल्नेछ ।

अमेरिकाको प्रतिगुप्तचरी समुदायलाई यस लीकले कमजोर देखाइदिएको छ । यस्ता किसिमका लीकहरूले अमेरिका र नेटोको गुप्तचरी कारवाहीलाई अवश्य प्रभावित पार्नेछन् । यसबाट अमेरिकाका साझेदारहरूको मनमा पनि चिसो पसेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x