कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
सशस्त्र प्रहरी बल (एपीएफ) का महानिरीक्षक (आईजीपी) राजु अर्यालले सशस्त्र प्रहरीमा राजनीतिक हस्तक्षेप शून्य रहेको बताएका छन् । आज (सोमवार) आईजीपी नियुक्ति भएको एक वर्षको कार्यविवरण प्रस्तुत गर्ने क्रममा आईजीपी अर्यालले सशस्त्र प्रहरीमा राजनीतिक हस्तक्षेप नभएको बताएका हुन् ।
पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै आईजीपी अर्यालले भने, ‘अहिले सशस्त्रमा कुनै पनि राजनीतिक हस्तक्षेप छैन ।’
उनले अहिले सशस्त्र प्रहरीमा हुने सरुवा बढुवा लगायतका विषयमा राजनीतिक हस्तक्षेप नभएर सशस्त्रले आफ्नो हिसाबले गर्दै आएको दाबी गरेका छन् ।
‘अहिले सशस्त्र प्रहरीले आफ्नो हिसाबले सरुवा बढुवा गरेको छ,’ आईजीपी अर्याललेको दाबी थियो ।
यस्तै सशस्त्र प्रहरीले सीमा सुरक्षाका लागि टेन्ट बसेर भए पनि आउट बोर्डर पोष्ट (बीओपी) थप गर्ने बताएको छ । ‘सीमा सुरक्षाको विषयमा सशस्त्रले कुनै कुरामा पनि ‘कप्रमाइज’ गर्दैन हामी टेन्टमा सुतेर भए पनि बीओपी थपेर सुरक्षा दिन्छौं,’ आईजीपी अर्यालले भने । सशस्त्रले आवश्यकता परेको ठाउँमा बीओपी थप्दै जाने उनले बताएका छन् ।
आइतवार मात्रै झापा, बारा, दाङ, बर्दिया र दार्चुलामा २१ वटा बीओपी थप गरेको उनले जानकारी दिए ।
पछिल्लो समयमा गृहमन्त्रालय पनि बीओपीको संख्या बढाउने बताएको थियो । जनशक्ति र भौतिक संरचनाको अभावका बीचमा पनि बीओपी थपिएको उनको भनाइ छ । अहिले पनि धेरै जसो बीओपीहरूमा सशस्त्रका कर्मचारीहरू टिन र पालमुनि बस्नु पर्ने वाध्यता रहेको उनले बताए ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...