×

NMB BANK
NIC ASIA

सेनाको हाइयर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्सका उच्च अधिकृतद्वारा सशस्त्रको मुख्यालय भ्रमण

बैशाख २१, २०८०

NTC
Premier Steels

नेपाली सैनिक वार कलेज, नगरकोटमा सञ्चालित ‘सि.सं. ११ हाइयर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्स’ का उच्च अधिकृतहरूले सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयको स्थलगत अवलोकन गरेका छन् ।

Muktinath Bank

सो अवसरमा कोर्सका शिक्षार्थी अधिकृतहरूसँगको अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षा संगठनहरूबीच भएको आपसी सहकार्य तथा सहयोग आदानप्रदान र आत्मीयताले गर्दा एक-आपसबीच सम्बन्ध थप मजबुत एवं प्रगाढ हुँदै गइरहेको बताएका थिए । उनले राज्य प्रदत्त विविध जिम्मेवारी निर्वाहको क्रममा शुरुवातदेखि नै विविध तालिम तथा साधन स्रोत व्यवस्थापनमा नेपाली सेनासँग समन्वय भइरहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले यस खालका अन्तरक्रिया तथा भ्रमणले एक आपसमा सुमधुर सम्बन्ध कायम राख्दै आगामी दिनहरूमा कार्यक्षेत्रमा कार्यसम्पादन गर्ने क्रममा सहजता आउने विश्वास व्यक्त गरे। उनले राष्ट्र र आम नागरिकको सुरक्षा, सीमा सुरक्षा, विपद् उद्धार तथा व्यवस्थापनलगायतका कार्यहरू सबैको सामूहिक प्रयासले विशिष्ट तवरले सम्पादन गर्न सकिने बताए।


Advertisment
Nabil box
Kumari

null

Vianet communication

सो अवसरमा महानिरीक्षक अर्यालले सो कोर्सका प्रशिक्षक सहायक रथी हिम्मतबहादुर विष्टलाई संगठनको तर्फबाट मायाको चिनोसमेत प्रदान गरे।

सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ठाडा मगरले सशस्त्र प्रहरी बल, नेपालको बारेमा कोर्सका शिक्षार्थी अधिकृतहरूले राखेका विविध जिज्ञासाहरूबारे प्रस्ट पारे।

सशस्त्र प्रहरी बल, नेपालको पृष्ठभूमि, सांगठनिक संरचना, काम(कर्तव्य र अधिकार, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा परिचालन, सुरक्षा संगठनहरूबीच समन्वय र सहकार्यका क्षेत्रहरू, विद्यमान चुनौतीलगायतका विविध विषयहरूबारे शिक्षार्थी अधिकृतहरू समक्ष प्रस्तुतीकरणमार्फत सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी गराएका थिए।

null

त्यस अवसरमा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल, नेपालले प्रयोगमा ल्याएको विविध सामग्रीको अवलोकन, सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयस्थित संग्रहालय र केन्द्रीय समन्वय कक्षको काम कारबाही र सो कक्षले हाल प्रयोगमा ल्याइरहेको सूचना तथा सञ्चार प्रविधिबारे समेत शिक्षार्थी अधिकृतहरूले जानकारी लिए।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललगायत नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरूको उपस्थिति रहेको थियो।

null

null

null

null

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x