×

NIC ASIA

२७–२८ वर्षअघि लेखेको गीत अहिले ल्याएँ : प्रेमराजा महत

काठमाडाैं | जेठ २८, २०८०

Prabhu Bank
NTC
Premier Steels

अग्रज लोकगायक प्रेमराजा महतले केही दिनअघि ‘घर हम्रा हुम्ला जुम्लामा’ बोलको गीत सार्वजनिक गरे ।

Muktinath Bank

शान्तिश्री परियारसँग युगल स्वर रहेको गीतले आइतवारसम्म युट्युबमा १ लाख ४० हजार हाराहारी भ्युज बटुलेको छ । ​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रेमराजाले आफूले यो गीत धेरै हिट होला भनेर तयार नपारेको बताउँछन् । अन्य गीतहरू भन्दा पृथक यो गीत धेरै वर्षअघि तयार पारेको उनले बताए । 


Advertisment
Nabil box
Kumari

​‘धेरै वर्ष पहिले रेडियो नेपालमा लोकगीत प्रबन्धक हुँदा पश्चिम भ्रमणको शिलशिलामा सोँचेको गीत हो’ उनले लोकान्तरसँग भने, ‘त्यहाँको ठेट भन्ने होइन् कि त्यहाँको वातावरणलाई हेरेर गीत बनाएको थिएँ ।’ उनले २७/२८ वर्षअघि यो गीत लेखेको स्मरण गरे । 

Vianet communication

२० वर्षअगाडि नै गीत एरेन्ज गरेको भएपनि तयार पार्न ढलाइ भएको बताए । ‘यो गीतको भिडियो काठमाडौं, तनहुँ, पोखरामा गरेर हुने थिएन । कर्णाली अञ्चलमै, कर्णाली नदीको सेरोफेरो, जुम्ला–हुम्लाको सेरोफेरोमा सुटिङ गर्ने इच्छा थियो’ उनले भने, ‘अहिले त्यो माहोल मिलाएर जुम्ला पुगेर छायाँकन गरे । सानो टिम लगेर सुटिङ गरिएको थियो ।’ 

आफूले जुन ठाउँका लागि सोचेका थिए, त्यही ठाउँमा पुगेर सुटिङ गर्दा सन्तुष्ट मिलेको प्रेमराजाले बताए । 

गीतलाई लिएर राम्रो प्रतिक्रिया आइरहेका छन् । विशेष गरी जहाँ सुटिङ गरियो, त्यहाँका मानिसहरू धेरै खुशी रहेको प्रेमराजा सुनाउँछन् । उनले डेढ वर्षअघि ल्याएको गीत ‘बन्दिपुरैमा’लाई स्रोता दर्शकले निकै रुचाएका थिए । 

उनले आउँदा दिनमा प्रत्येक वर्ष फरक फरक ठाउँको बारेमा गीत बनाउने इच्छा रहेको बताए । ‘गत वर्ष बन्दिपुरको प्रमोसनका लागि गीत बनाएँ । अहिले जुम्लाको लागि बनाएँ,’ उनले भने, ‘आउँदो वर्ष धनकुटालाई जोडर गीत ल्याउँदैछु । त्यसपछि मुस्ताङको गीत पनि ल्याउँदैछु ।’ 

आफ्ना पछिल्लो गीतको भिडियोमा प्रेमराजा स्वयंम देखिन थालेका छन् । ‘घर हम्रा हुम्ला जुम्लामा’मा उनी मोडल रीना थापासँग प्रस्तुत छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x